अन्याय सहनु अन्याय गर्नुभन्दा ठूलो अपराध हो !

  • सुन्दर पन्थी

भारत सयौं वर्ष अग्रेजको दास रह्यो तर जब प्रतिरोध शुरू भयो पछि हट्नुबाहेक के विकल्प रह्यो र ? जहानियाँतन्त्र पनि प्रतिरोधसामु घुडा टेक्न बाध्य भयो । जबसम्म अन्याय र अत्याचारको प्रतिरोध हुँदैन, दासत्व समाजले स्वीकार गरेको ठहर्छ । समाज कस्तो बनाउने नागरिकको विवेकले डोर्‍याएको हुन्छ । 


Advertisement

यस सन्दर्भमा स्वामी विवेकानन्दको प्रसंग जोड्न चाहन्छु । त्यस समयमा भारत बेलायतको दास थियो । अंग्रेजहरूले भारतीयलाई दुर्व्यवहार गर्नु सामान्य कुरा थियो । भारतीयहरू अंग्रेजको विरोध गर्ने साहस गर्दैन्थे । विरोध नभएकाले अंग्रेजको मनोबल उच्च थियो । उनीहरू भारतीयलाई कतिससम्म हेप्थे भने सार्वजनिक उद्यानमा लेखिएको हुन्थ्यो, ‘कुकुर र भारतीयलाई प्रवेश निषेध !’

स्वामी विवेकानन्द रेलयात्रा गर्दै हुनुहुन्थ्यो । रेलको डिब्बामा अंग्रेजहरू निकैबेरदेखि एउटा महिलाको बारेमा अपशब्दहरू र उट्पट्याङ कुराहरू गर्दै थिए । उनीहरू अंग्रेजीमा कुरा गरिरहेकाले ती भारतीय नारीले अंग्रेजी नजानेकाले चुपचाप थिइन् । 


Advertisement

अब उनीहरू महिलालाई जिस्काउन थाले, कहिले उनको बच्चाको कान चिमोट्थे त कहिले महिलाका कपाल तान्दथे । स्वामी विवेकानन्द उनीहरूका कुरा सुनिरहेका थिए र बुझिरहेका पनि थिए । यात्रा जारी थियो, अर्को स्टेसनसम्म त उनले केही बोलिनन्, अति भएपछि एउटा कुनामा बसेको भारतीय सिपाहीलाई सबै कुरा भनिन् ।

सिपाही अगाडि त आयो तर गोरो छाला देख्ने बित्तिकै पछाडि फर्कियो, केही भन्न सकेन । स्टेसनबाट रेल पुनः हिँड्न थालेपछि गोरेहरूले फेरि महिला र बच्चालाई दुःख दिन थाले । स्वामी विवेकानन्दको धैर्यता टुट्यो । उनी आपm्नो स्थानबाट उठेर गोरेहरूको बीचमा गएर उभिए । उनको बलियो शारीरिक बनावटका कारण अंग्रेजहरू झस्किए । विवेकानन्दले पहिले आँखामा आँखा जुधाएर खाउँलाझै गरेर हेरे, केही भनेनन्, मात्र उनले आफ्नो बलियो कसिएको पाखुरा सुर्काएर देखाए र आपm्नो सिटमा फर्किए । अब गोरेको हिम्मत हरायो, तत्कालै उक्त महिला र उनको बच्चालाई दुःख दिन बन्द गरिदिए । यति मात्र होइन, अब यात्राभरि नै रुझेको बिरालोझैं चुपचाप अर्को डिब्बामा यात्रा गरे ।

भागवत गीतामा भगवान् श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ, ‘अन्याय गर्नु पाप हो तर त्योभन्दा महापाप अन्याय सहनु हो ।’ यो आजको दिनमा पनि त्यतिकै सत्य प्रतित हुन्छ । यदि कसैले अन्याय चुपचाप सहन्छ भने यसले आततायीहरूको हिम्मतलाई थप बल प्रदान गर्दछ र थप अन्याय र अत्याचार बढ्छ र पापीहरूको कर्मको अन्त्य हुँदैन । जबसम्म कसैले आवाज उठाउँदैन्, इमान्दारी, सत्य र दयाको, अन्याय, लोभ र झूटको विरुद्धमा, अवस्था आफैं परिवर्तन हुनेवाला छैन । कोही न कोही त अगाडि आउनैपर्छ, बोल्नैपर्छ, मधुरै स्वरमा भए पनि । अन्याय सहेर प्रतिरोध नगरेर आवाज नउठाएर शान्तिप्रेमी भइँदैन । त्यो त नालायकी हुन्छ । अन्याय गर्नेलाई ऊर्जा थपिदिएसरह हुन्छ । 

अथ चैत्त्वमिमं धर्म्यं संग्रामं न करिष्यसि।
ततः स्वधर्मं कीर्तिं च हित्वा पापमवाप्स्यसि।।द्द।घघ।।

श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ, ‘यदि तिमी यो अन्याय विरुद्धको युद्धबाट पछि हट्दछौं भने तिमी केवल स्वधर्म र कीर्ति गुमाउने मात्र छैनौ, साथै निश्चित रूपमा पापको भागिदार पनि बन्नेछौ । अधर्मीको प्रतिकार नगर्नु निर्दाेष व्यक्तिको हत्या गरे समान पाप हो । मान्छेले अन्याय, अत्याचार, भष्टाचार र अपराध अरु कसैमाथि भएको छ भने खासै मतलब गर्दैन तर आफू वा आफ्नोमाथि हो भने मात्र मतलब राख्छ तर अन्याय जहाँ होस्, जोसुकैमाथि होस् अन्याय भयो भनेर आवाज सबैको लागि उठाउनुपर्छ चाहे आफू वा अन्य ।

आफूले विश्वास गरेको कुरामा उभिन यसको लागि निकै नै ठूलो साहस र प्रयासको, हिम्मतको आवश्यकता पर्दछ र जोखिम पनि मोल्नुपर्ने हुनसक्छ । तपाईंले जे अनुमति दिनुहुन्छ त्यही जारी राख्नुहुन्छ । कहिल्यै पनि चुपचाप सहन नगरिदिनुहोस्, किनकि तपाईं आफैंलाई शिकार बनाउने अनुमनि दिनुहुनेछ । यदि हामी र हाम्रो सामुन्ने कहिल्यै कसैको साथ कुनै अन्याय, अत्याचार वा अनाचार भइरहेको छ भने त्यसविरुद्ध तत्काल आवाज उठाउनुपर्छ । यदि हामी त्यस अत्याचारलाई सहने कार्य गर्‍यौं भने अत्याचारीलाई थप प्रोत्साहन हुन्छ र उसको अत्याचार बढ्दै जान्छ ।

एक देशको तथा समाजको नागरिकको नाताले हाम्रो कर्तव्य हो कि अन्याय नसहने तथा त्यसविरुद्ध लड्ने । समाज कस्तो बनाउने, संस्था कस्तो बनाउने यो त्यसकै सदस्यको हातमा छ । मौन रहनु अपराधीको दासता स्वीकार्नु हो । हाम्रो लाचारीलाई इतिहासले माफी दिने छैन । प्रश्न आफैंलाई गरौं – कतै म अपराधीको दासता स्वीकारिरहेको त छैन ? सबैलाई चेत आओस् !

कमेन्ट गर्नुहोस्