×

NMB BANK
NIC ASIA

कृषिमा उन्नतिका लागि आधुनिकीकरणको खाँचो

भदौ २, २०७७

NTC
Premier Steels

– बलिराम गुप्ता

Muktinath Bank

तथ्यांकले देखाउँछ कि ६७ प्रतिशत नेपाली कृषि पेशामा आवद्ध छन् । नेपालमा विभिन्न तथ्यांकले के पुष्टि गर्छन् भने कृषकहरू पेशागत आबद्धतामा मात्रै भुलेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसरी हामी सुन्दछौं, युरोपेली मुलुकमा कूल जनसंख्याको ५ वा ६ प्रतिशत मात्रै कृषि पेशामा आवद्ध हुन्छन् र पनि देशको सबै जनसंख्यालाई खाद्यान्न पुग्छ । तर हाम्रो मुलुकमा ६७ प्रतिशत व्यक्ति कृषिमा संलग्न भए पनि विदेशबाट खाद्यान्न ल्याउनुपर्ने हुन्छ । त्यसको मूल कारण भनेकै कृषिमा आधुनिकीकरण नहुनु हो ।


Advertisment
Nabil box
Kumari

धान रोपाइको बेला कृषकहरू २–३ दिनसम्म लाइनमा बसेर मल लिनुपर्ने अवस्था थियो । अब हामी कल्पना गरौं त के यसरी हामीजस्तो अल्पविकसित मुलुकले कृषिमा छलाङ मार्न सक्छ ? विज्ञले पनि के भन्छन् भने नेपालमा कृषि, जलविघुत् र पर्यटनमा जोड दियो भने चाँडै समृद्ध हुनसक्छ । नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरणमा जोड दिनु अपरिहार्य छ ।

Vianet communication

मलको लागि अलपत्र पार्ने गरिएका किसानहरू आधुनिकीकरणमा जोड दिन सक्छन् ? यो सन्दर्भमा सरोकारवालाको ध्यान जानु जरुरी छ । कोरोनाको कहरले पनि हामीलाई के सिकाएको छ भने कृषि पेशा उत्तम पेशा हो । कोरोनाको कहरले सबैतिर आक्रान्त पार्‍यो तर कृषिलाई केही हदसम्म मात्रै पारेको देखिन्छ ।

हामीले सुन्ने गर्दछौं किसानले उखुबापतको झण्डै १० करोडभन्दा बढी रकम नपाएको । के यसरी फस्टाउँछ नेपालमा कृषि ? के यसरी देश समृद्ध हुन्छ ? भनिन्छ कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हो तर कृषि क्षेत्रमा यस्ता समस्याहरू व्याप्त छन् । कहिलेकाहीँ कृषकहरू मलिन अनुहार बनाएर सोध्ने गर्छन्, हाम्रो सरकार खै ?

यी र यस्ता प्रश्नको उत्तरको प्रतिक्षामा कहिल्यै नथाक्ने यात्री जस्तै आफ्नो यात्रामा छन् कृषकहरू । कृषकहरू बर्सेनि कहिले मलखादको नाममा त कहिले उत्पादित वस्तुको बजारको नाममा विभिन्न किसिमका समस्या भोगिरहेका छन् ।

कसरी समाधान गर्न सकिन्छ कृषि क्षेत्रका समस्या ?

विश्वका सबै जनसंख्यालाई खाद्यान्न पुर्‍याउन आधुनिक र उन्नत प्रविधिको प्रयोग गर्ने दुरदृष्टि राखिएन भने भोलिका दिनमा बढ्दो जनसंख्या वृद्धिले खाद्यान्नको लागि हाहाकार हुनसक्छ ।

तसर्थ अब हामीले नविनतम प्रविधिको प्रयोग गरी कम लगानीमा धेरै उत्पादन र फाइदा लिन सकिन्छ । अहिलेको परिस्थिति सहज र सरल छ । किनभने सबै स्थानीय तहले मध्यस्तता गर्न सक्छन् । यदि सबै स्थानीय तहले सम्बन्धित स्थानीय तहको कूल बजेटको १५–२० प्रतिशत कृषिमा लगानी गरी सहकारितामा जोड दिने र त्यसको नियमन गर्ने हो भने सुधार गर्न सकिन्छ । 

कृषकको उत्पादित वस्तुको बजारीकरणको व्यवस्था मिलाएर उचित रुपले वितरीत गर्नेतर्फ स्थानीय तह, प्रदेश र केन्द्रले उचित प्रबन्ध मिलाइदिने हो भने अहिलेको जस्तो अवस्था रहँदैन । अहिले वर्तमान अवस्थालाई नियाल्दा कृषकले सरकारसँग धेरै अपेक्षा पनि गरेका छैनन् । कृषकका केही कुरालाई सरोकारवालाले सुनिदिने हो भने धेरै हदसम्म समाधान हुनसक्छ ।

कृषि क्षेत्रलाई आधुनिकीकरणतर्फ लैजान र कम लागतमा बढी उत्पादन गर्न प्रत्येक वडामा कृषक सीप उत्थानको लागि तालिम प्राप्त स्वयंसेवक परिचालित गर्ने र ती स्वयंसेवकले कृषकको खेतमै समेत गई कृषि क्षेत्रमा आएको समस्या समाधान गर्ने । कृषकलाई जग्गा, कामको प्रकृति हेरी सहुलियतमा ऋणको व्यवस्था गर्ने । मलखादको समस्या समाधान गर्नकै लागि देशमै कम्तिमा एउटा उद्योगको स्थापना गर्ने ।

देशमा उत्पादित वस्तुले राम्रो मूल्य पाउन उचित मूल्य निर्धारण गर्ने र प्रत्येक प्रदेशमा फरक–फरक खाद्य वस्तुको प्रशोधनको लागि कृषक र सरकारको संयुक्त लगानीमा उद्योगहरू खोल्ने । कम्तिमा प्रत्येक प्रदेशमा बिउबिजन बैंक सञ्चालन गर्ने र त्यहीँमार्फत उचित समयमा स्थानीय तहमार्फत किसान कहाँ पुर्‍याउने ।

‘भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय’ । सम्बन्धित निकायको इच्छाशक्ति हुनु धेरै जरुरी छ र त्यहीँबाट समाधान हुन्छ । अहिलेको विश्व परिवेशलाई हेर्ने हो भने आधुनिक कृषिमा हामी धेरै पछाडि छौं । हामीले आधुनिकतामा जोड नदिएर हाम्रो लागत बढी पर्न जान्छ र हामी बजारसँग प्रतिस्पर्धा नै गर्न सक्दैनौं । त्यसकारणले हेर्दा सम्बन्धित निकायले ध्यान दिनु अपरिहार्य आवश्यक छ ।

(लेखक शिक्षा, कृषि, अर्थसँग सम्बधित विषयमा कलम चलाउँछन् ।)
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

बैशाख २२, २०८१

प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x