×

NMB BANK
NIC ASIA

कोरोनाको कहर

महामारीको चपेटामा वायुसेवा प्रदायक: आन्तरिकतर्फ मात्र १६ अर्ब गुम्यो, कयौंको रोजीरोटी खोसियो

भदौ २, २०७७

NTC
Premier Steels

कोरोना महामारीका कारण सरकारले चैत ११ गतेदेखि मुलुकमा लकडाउन जारी गरेपछि नेपालको हवाइ उडान प्रभावित बन्यो । 

Muktinath Bank

सुरक्षा मापदण्डसहित भदौ १ गतेदेखि उडान पुनः शुरू गर्ने तयारी गर्दैगर्दा अन्तिम समयमा आएर त्यो मिति कोरोनाकै कारण पछाडि धकेलियो । अब भदौ १५ गतेपछि मात्रै मुलुकभित्र उडान शुरू हुने भनिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाभाइरसको महामारीसँगै उडान क्षेत्रले ठूलो नोक्सानी व्यहोर्नुपरेको छ ।


Advertisment
Nabil box
Kumari

यसबीचमा कुनै कम्पनीले आफ्नो कर्मचारीको तलब कटौती गरेका छन् भने केही कर्मचारीको त रोजीरोटी नै गुमेको अवस्था छ । 

Vianet communication

‘बुद्ध एयरको मासिक ८ करोड खर्च’

हवाइ उडान नहुँदा पनि मासिक ८ करोड खर्च हुने गरेको बुद्ध एयरका मार्केटिङ विभाग प्रमुख रुपेश जोशीले लोकान्तरलाई बताए ।

उडान नहुँदा इन्धन खर्च भने बचेको छ । विभाग प्रमुख जोशी भन्छन्, ‘कुल खर्चको ४० प्रतिशत हाराहारीमा इन्धन खर्च लाग्छ, अन्य खर्च यथावत छ ।’

उडान नहुँदा कर्मचारी, बीमा लगायतमा खर्च हुने गरेको उनी बताउँछन् । 

उनका अनुसार, मासिक ८ करोड खर्च भने उडान नहुँदा पनि भइरहेको छ । 

‘कर्मचारीको तलब पनि कटौती गर्नुपरेको छ, शुरूको २ महिना तलब कटौती नगरेपनि अहिले कूल तलबको ५० प्रतिशत कटौती गरिएको छ,’ उनले भने ।

कर्मचारी कटौती

नेपाल वायुसेवा निगमले त लकडाउनको शुरूआती चरणमै करारमा रहेको कर्मचारी कटौती गरेको छ । असार मसान्तसम्मको तथ्यांकमा निगमलाई ४ अर्ब हाराहारीमा नोक्सानी भएको देखिएको निगमका प्रवक्ता अर्चना खड्काले लोकान्तरलाई जानकारी दिइन् । 

लकडाउनका कारण अन्य वायुसेवा प्रदायकहरू जस्तो निगम ठप्पै भने भएको छैन । विभिन्न मुलुकमा उसले उद्दार तथा चार्टर्ड उडान भरिरहेको छ । लकडाउनका बीच गरिएको उडानबाट करीब डेढ अर्ब बराबर आम्दानी गरेको प्रवक्ता खड्का बताउँछिन् । 

आर्थिक वर्ष २०७६/७७ को अन्तिम ४ महिनामा ६ अर्ब आम्दानी गर्ने लक्ष्य लिएकोमा सो लक्ष्य चुम्न लकडाउन बाधक बनेको उनको भनाइ छ । 

यस्तै, निगमले लकडाउनकै कारण करारमा रहेका १ सय ४५ जना कर्मचारी कटौती गरेको छ । ‘कर्मचारी कटौतीसँगै करारमा रहेका क्याप्टेनहरूको पनि तलब ४० देखि ५० प्रतिशतसम्म कटौती गर्नुपर्‍यो,’ उनले भनिन् । 

वायुसेवा सञ्चालक भन्छन् : ‘१६ अर्ब गुमायौं’

मुलुकमा लकडाउन शुरू भएसँगै कुनै पनि जहाज नउड्दा हेली क्षेत्रले मात्रै ९० प्रतिशत गुमाएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल बताउँछन् । ५ महिनाको अवधिमा करीब १ सयवटा मात्रै हेलिकप्टर उडान भएको उनले बताए । 

सबै किसिमका उडानहरू नहुँदा आन्तरिक उडानतर्फ मात्रै १६ अर्ब रुपैयाँ नोक्सानी वायुसेवा सञ्चालकहरूले व्यहोरिरहेको उनले बताए ।

उनले भने, ‘सबै कुरा ठप्प हुँदा उडान पनि बन्दकै अवस्थामा छ, यसबाट हामीलाई १६ अर्बको हाराहारीमा प्रत्यक्ष नोक्सानी भएको छ ।’

अप्रत्यक्ष घाटा करीब ४० अर्ब बराबरको रहेको उनले बताए ।

क्यान भन्छ : ‘मासिक ९० करोड राजस्व गुमायौं’

नेपाल नागरिक उड्डयन प्राधिकरणले लकडाउनका कारण मासिक ९० करोड राजस्व नउठेको बताएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले मासिक ९० करोड राजस्व उठाउन नसकिएको बताए । उनले भने, ‘अन्य समस्या त त्यस्तो देखा परेनन्, राजस्वकै कुरा गर्दा मासिक ९० करोड हामीले गुमायौं ।’

यता, पर्यटन बोर्ड तथा राष्ट्रिय योजना आयोगले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असरबारे अध्ययन गरिरहेका छन् । यद्यपि उनीहरूले अध्ययन प्रतिवेदन सार्वजनिक गरिसकेका छैनन् । 

यसबीचमा पर्यटन विभागले एक अध्ययन गरेको थियो । जसमा पर्यटन क्षेत्रमा करीब १२ लाखले रोजगारी गुमाएको पाइएको पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x