×

NMB BANK
NIC ASIA

निषेधाज्ञाको पहिलो दिन कस्तो रह्यो काठमाडौं ? [फोटो र भिडियोमा हेर्नुहोस्]

भदौ ४, २०७७

NTC
Premier Steels

कोरोना भाइरस संक्रमण उपत्यकामा फैलिएपछि उपत्यकाका ३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बुधवार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेका छन् ।

Muktinath Bank

पछिल्लो समयमा उपत्यकाका महाबौद्ध, न्यूरोड, असन, बानेश्वर, घट्टेकुलो लगायतका ठाउँमा कोरोना भाइरसको संक्रमण देखिएपछि उपत्यकामा निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निषेधाज्ञाको बिहीवार पहिलो दिन उपत्यका सबैजसो ठाउँ सुनसान देखिए । अत्यावश्यक सवारीसाधनबाहेक अन्य कुनै पनि सवारीसाधन चलेका छैनन् भने मानिसको आवतजावत ठप्प जस्तै छ ।


Advertisment
Nabil box
Kumari

सडकमा प्रहरीहरू तैनाथ गरिएका छन् । प्रहरीले एम्बुलेन्स, खाद्यान्न ढुवानी गर्ने गाडी, पत्रकारका सवारीसाधनबाहेक अन्य सवारीसाधनलाई पूर्णरूपमा निषेध गरेको छ ।

Vianet communication

निषेधाज्ञालाई अटेर गरेर बाहिर निस्केका सवारीसाधन तथा मोटरसाइकललाई ‘होल्ड सेन्टर’ स्थापना गरेर बिहानदेखि साँझसम्म राख्ने आदेश आएको बालाजुमा खटिएका एक प्रहरी जवानले लोकान्तरलाई जानकारी दिए ।

‘निषेधाज्ञा उल्लंघन गर्ने सवारीसाधनलाई साँझसम्म होल्ड गरेर राख्न आदेश आएको छ,’ ती प्रहरी जवानले भने ।

उपत्यकाका बालाजु, नारायणगोपाल चोक, ठमेल, सिंहदरबार गेट, दरबार मार्ग, माइतीघर, बानेश्वर लगायतका मुख्यचोकमा प्रहरीले चेकपोस्ट राखेर सवारीसाधन चेकजाँच गरिरहेको छ ।

दिउँसो २ बजेसम्म उपत्यकामा कसैले पनि निषेधाज्ञा उल्लंघन नगरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीले बताए ।

‘काठमाडौंमा हालसम्म कुनै त्यस्ता उल्लंघनका घटना भएका छैनन् । अवस्था सामान्य छ,’ एसएसपी ज्ञवालीले लोकान्तरसँग भने ।

हेर्नुहोस् भिडियो - 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x