×

NIC ASIA

कोरोनाको कहर

दोहोरो मारमा राजधानीवासी : निषेधाज्ञापछि अचाक्ली बढ्यो तरकारी तथा फलफूलको मूल्य

भदौ ७, २०७७

Prabhu Bank
NTC
Premier Steels

कोरोना महामारीका कारण आर्थिक समस्यामा परेका उपत्यकावासी दैनिक उपभोग्य वस्तुमा भएको अत्यधिक मूल्यवृद्धिको मारमा समेत परेका छन् । 

Muktinath Bank

काठमाडौं उपत्यकाका तीन जिल्लाले बुधवारदेखि निषेधाज्ञा जारी गरेसँगै उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्दा उपभोक्ता मारमा परेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा बुधवार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएसँगै तरकारी, फलफूल लगायतमा चरम मूल्यवृद्धि भएको छ ।


Advertisment
Nabil box
Kumari

निषेधाज्ञापछि उपत्यकामा अत्यावश्यकबाहेक सबै क्रियाकलाप बन्द गरिएको छ । तरकारी तथा फलफूल अत्यावश्यक सामग्रीअन्तर्गत राखिएको छ भने आयातमा पनि कुनै रोक लगाइएको छैन । 

Vianet communication

यद्यपि बजारमा भने तरकारी तथा फलफूल आयात नभएको भन्दै व्यवसायीहरूले मूल्यवृद्धि गरेका छन् । केही व्यवसायीहरूले काठमाडौं उपत्यका छिर्ने मुख्य नाका नागढुंगामा फलफूल तथा तरकारी रोकिँदा मूल्यवृद्धि गर्नुपरेको बताएका छन् । 

कीर्तिपुरस्थित एक तरकारी तथा फलफूल व्यवसायी नागढुंगामा तरकारी रोकिएको बताउँदै माग धान्न मूल्य बढाउनुपरेको बताउँछन् । 

लोकान्तरसँग उनले भने,‘नागढुंगामा तरकारी रोकिएको छ, आयात नरोक्ने भनेपनि प्रहरीले रोकेका छन्, त्यसकारण तरकारी अभाव छ, अनि मूल्य त बढ्ने नै भयो ।’

यता त्रिपुरेश्वरमा फलफूल बिक्री गर्दै आएका अर्का व्यवसायी पनि निषेधाज्ञाका कारण बजारमा फलफूल अभाव रहेको र मूल्य बढाउनुपरेको बताउँछन् । 

कालिमाटी फलफूल तथा तरकारी बजारले भाद्र ४ गते न्यूनतम १९० देखि अधिकतम २०० रुपैयाँ अनारको मूल्य कायम गरेको थियो । तर ती व्यवसायीले बजारमा अनार अभाव रहेको भन्दै प्रतिकेजी ३३० देखि ४०० रुपैयाँ हाराहारीमा निकै जोडतोडका साथ बिक्री गरिरहेका थिए ।

अनारको मूल्य किन यति धेरै ? लोकान्तरको प्रश्नमा उनले भने, ‘कालिमाटीमा भन्दा यहाँ थोरै त बढी हुन्छ नै, तर अहिले फलफूल अभाव छ, आयात छैन भन्छन्, यो मूल्यमा त सबैले लगेका छन् ।’

बजारमा स्याउको मूल्य पनि उस्तै महंगो छ । बजारअनुसार व्यवसायीले एक सय वा सोभन्दा बढी मूल्य बढाएर तरकारी तथा फलफूल बिक्री गरिरहेका छन् भने उपभोक्ता पनि किन्न बाध्य छन् । 

कालिमाटीमा नै बढ्यो ९० रुपैयाँसम्म मूल्य 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले नै तरकारी तथा फलफूलको मूल्यमा १० देखि ९० रुपैयाँसम्म वृद्धि गरेको छ । 

उपत्यकामा निषेधाज्ञा जारी गर्नुअघि भाद्र २ गते न्यूनतम १२० देखि १३० रहेको हरियो लसुनको थोक मूल्य भाद्र ६ गते १० रुपैयाँले बढेको छ । 

यस्तै रायो, पालुंगो तथा चम्सुरको सागको मूल्य पनि १० रुपैयाँले बढेको छ । यस अवधिमा हरियो प्याजको मूल्य ३० रुपैयाँले बढेको छ भने परबलमा पनि ३० देखि ३५ रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । 

यस अवधिमा कागतीको मूल्य सर्वाधिक उचाइमा पुगेको छ । कागतीको मूल्य ९० रुपैयाँले वृद्धि भई न्यूनतम २४० देखि अधिकतम २५० रुपैयाँसम्म कायम भएको छ । 

बजार विकास समितिका उपनिर्देशक एवं सूचना अधिकारी विनोद श्रेष्ठले १०/१५ रुपैयाँ मूल्य वृद्धि हुनु सामान्य भएको बताउँदै बजारमा त्यतिधेरै मूल्यवृद्धि नभएको जिकिर गरे । उनले भने, ‘१०/१५ रुपैयाँ मूल्यवृद्धि सामान्य नै हो, केही वस्तुमा बाहेक अरूमा त्यस्तो ठूलो मात्रामा मूल्यवृद्धि भएको छैन ।’

उनका अनुसार निषेधाज्ञाले तरकारी तथा फलफूलको आयातमा बाधा उत्पन्न भएको छैन । बीचमा केही बिचौलियाहरू सक्रिय हुँदा बजारमा मूल्यवृद्धि भएको हुनसक्ने उनी बताउँछन् । 

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बिचौलिया सक्रिय हुँदा पनि अधिकारप्राप्त स्थानीय निकाय मौन रहँदा उपभोक्ता मूल्यवृद्धिको मारमा पर्ने गरेको बताउँछन् । 

स्थानीय तहमा संविधानले बजार अनुगमनको अख्तियारी दिएपनि उनीहरूले त्यसलाई बेवास्ता गर्दा उपभोक्ता दिनहुँ ठगिएको उनको भनाइ छ । 

लोकान्तरसँग उनले भने, ‘स्थानीय निकाय, काठमाडौं महानगरपालिका वा अरूलाई पनि अधिकार छ बजार अनुगमन गर्ने र नियन्त्रण गर्ने, तर उनीहरूले न कानून बनाउन सके न काम गर्न नै ।’ 

उनले थपे, ‘वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अनुगमनमा धेरै सक्रिय छैन, अधिकार पाएको सरकारले नै काम गर्दैन भने विभागलाई कति गाली गर्ने ? अब कानून बनाएरै अगाडि बढ्नेतर्फ ध्यान दिनुपर्छ ।’

यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी निषेधाज्ञाको शुरूआती दिनमा बजार खुल्ने समय निर्धारण नहुँदा अनुगमनमा समस्या परेको बताउँछन् । 

‘बजार कुन बेला खोल्ने ? यसबारे केही भनिएन, अहिले बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्ने भनिएको छ, अब अनुगमन सहज होला,’ उनले भने ।

उनले आफूहरू नियमित अनुगमनमा खटिएको बताउँदै अनुगमनका क्रममा कसुर भेटिए तत्काल कारवाही गरिने दाबी गरे । उनले बजार अनुगमनमा स्थानीय निकाय पनि सक्रिय ढंगले लाग्नुपर्नेमा जोड दिए । 

मूल्यसूची :

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x