कात्तिक २०, २०७४
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
नेपाललाई विश्वमा पहिचान गराउने खाद्यवस्तुमध्ये ‘अकबरे खुर्सानी’लाई पनि प्रमुख मानिन्छ । अकबरे खुर्सानी संसारमा कहीँ पनि नपाइने, कतै–कतै पाइए पनि नेपाल जस्तो पिरो र स्वादिलो पाइन्न ।
अकबरे खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि चिनिन्छ । आवश्यकताभन्दा ज्यादा खाँदा ज्यान समेत जाने हुनाले पहाडतिर यसलाई ‘ज्यानमारा’ भनेर चिनिएको हो ।
खुर्सानी साधारणतया पिरो स्वाद दिने फल हो । खुर्सानीको पिरो तत्वलाई ‘क्याप्सिसिन’ र त्यो वनस्पतिलाई ‘क्याप्सिकम’ भनिन्छ । यसलाई अकबरे भनेर पनि चिनिन्छ । अरु खुर्सानीको तुलनामा यो अझ पिरो र स्वादिलो हुन्छ ।
डल्ले खुर्सानीलाई विदेशीले पनि निकै चाख दिएर खान्छन् । यसले खानालाई पिरो मात्र बनाउने होइन, एक किसिमको छुट्टै खालको स्वाद दिने हुँदा खानाको स्वादमा नै भिन्न मिठास ल्याइदिन्छ । यो खुर्सानीले खानालाई स्वादिलो मात्र बनाउने होइन, स्वाथ्य सम्बन्धी पनि फाइदा छ । नेपाली समाजमा यो खुर्सानीलाई ग्यास्टिकको दबाइ भनेर नै चिनिन्छ । वैदेशिक रोजगारी र अध्ययनमा विदेशिएका नेपालीले सबैभन्दा ‘मिस’ गर्ने चिज नै यो डल्ले खुर्सानी हो भनिन्छ । त्यसैले त जोकोही आफन्त नेपालबाट जाँदा उनीहरूले यही अकबरे मगाएका हुन्छन् ।
नेपालका प्रायः सबै भूभागमा अकबरे खुर्सानीको खेती हुने भए पनि अकबरे खुर्सानी नेपालको पहाडी जिल्लामा राम्रो उत्पादन हुन्छ । नेपालको पूर्वी पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर लगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गर्छ ।
तेह्रथुमबाट २०७५ सालमा मात्र ६ करोडको डल्ले खुर्सानी निर्यात गरिएको थियो । भारतका विभिन्न स्थानमा निर्यात गरिने डल्ले खुर्सानी बहुप्रायोजनका लागि हुनाले बजार सहज पाइन्छ । प्रतिकिलो ३०० देखि ४५० रुपैयाँसम्ममा बिक्री हुने हुँदा किसानहरू पनि यो नगदे बालीमा आकर्षित भएका छन् ।
खुर्सानीको वैज्ञानीक नाम ‘क्याप्सिकम फ्रुटेसेन्स’ हो भने यसलाई अंग्रेजीमा रेड सभिना पेपर हवानो पेपर भनेर चिनिन्छ । प्रायः भेडेखुर्सानीबाहेक सबै खुर्सानी पिरो नै हुन्छ । कुनै ज्यादा पिरो हुन्छ त कुनै कम पिरो तर लामो खालको माछा खुर्सानी पनि खासै पिरो हुन्न । खुर्सानी खानु पेटका केही बिमारीका लागि बेफाइदा भए पनि यसका फाइदा धेरै छन् ।
सामान्यतया नेपाली भन्सामा खुर्सानी व्यापक प्रयोग हुन्छ र योभित्र पनि दर्जनौं जात हुन्छन् । यो समय नेपालमा पनि डल्ले खुर्सानीको सिजन भएका कारण जहाँतहीँ यही खुर्सानी देख्न सकिन्छ । यो खुर्सानी काँचो (हरियो), पाकेको, सुकेको र अचार हालेको जुन हिसाबले पनि खान सकिन्छ । यो खुर्सानी सलादमा मिसाएर खान सकिन्छ । ‘स्पाइसी ड्रिंक’ भनेर ‘हार्ड ड्रिंक’मा समेत मिसाएर खान थालिएको छ ।
अन्य खुर्सानीको तुलनामा यो खुर्सानीमा अलि भिन्न स्वाद हुने हुँदा जसरी खादा पनि उत्तम मानिन्छ । जिब्रोलाई पिरो लागे पनि अन्य खुर्सानीले जस्तो यो खुर्सानीले पेटमा कुनै असर गर्दैन । नेपालबाट अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसिया लगायतका देशमा निर्यात हुँदै आएको छ । साथै यो खुर्सानी ग्यास्ट्रिक तथा चिसो लागेका मानिसको लागि औषधिको रूपमा पनि प्रयोग हुँदै आएको पाइन्छ ।
अकबरे खुर्सानी नियमित सेवन गर्दा हुने स्वास्थ्य सम्बन्धी फाइदाहरू
– खाना पचाउने काममा विशेष सहयोग पुर्याउने काममा अकबरे खुर्सानीले सहायता पुर्याएको हुन्छ ।
– माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ ।
– नियमित यो खुर्सानी सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ ।
– कोल्ड फ्लुबाट बचाउन पनि धेरै हदसम्म मद्दत पुर्याउँछ ।
– हाडजोर्नीमा हुने दुःखाइ कम गराउन पनि यो खुर्सानी नियमित खान सकिन्छ ।
– कार्डियोभास्कुलर र हार्टको समस्या हुनबाट जोगाउन पनि अकबरे निकै फाइदाजनक साबित छ ।
– डायबिटिज हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ ।
– शरीरमा रेड ब्लड सेल बढाउन विशेष मद्दत पुर्याउँछ ।
– रगतमा चिनीको मात्रा घटाउन मद्दत पुर्याउँछ र सुगर रोगबाट बचाउन मद्दत गर्छ ।
– ग्यास्टिक तथा अल्सर रोग निदान हुन मद्दत पुर्याउँछ ।
– पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग पुर्याउँछ ।
– अकबरे हालेर पकाएको खाना किटाणुरहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ ।
– थकान घटाएर शरीरमा चंगा बनाउन विशेष भूमिका खेलेको हुन्छ । तसर्थ तपाईंलाई अल्छी लागेका बेला अकबरे खुर्सानी र नुन पिनेर कुनै पनि चिजसँग खान सक्नुहुन्छ ।
– यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ । जसका कारण पेट सम्बन्धी मात्र होइन अन्य रोगी निको पार्न समेत फाइदा पुर्याउँछ ।
– एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्दत गर्छ ।
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...