यी हुन् सर्वाधिक कोरोना संक्रमित विश्वका १० देश (विवरणसहित)

शुक्रबार अबेरसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ५ लाख ४९ हजार नाघिसकेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ । जसमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ६८ लाख ९३ हजार बढीमा संक्रमण पुष्टि भएको छ भने त्यसपछि भारतमा ५२ लाख ७४ हजार बढीमा संक्रमण पुष्टि भएको छ । 

यस्तै तेस्रोमा ब्राजिलमा ४४ लाख ६६ हजार, चौथोमा रहेको रसियामा १० लाख ९१ हजार बढीमा संक्रमण पुष्टि भएको छ । 


Advertisement

यसैगरी पाँचौ स्थानमा रहेको पेरुमा ७ लाख ५० हजार, छैटौँ स्थानमा रहेको बोलोम्बियामा ७ लाख ४३ हजार, सातौं स्थानमा रहेको मेक्सिकोमा ६ लाख ८४ हजार, आठौं स्थानमा रहेको स्पेनमा ६ लाख ५९ हजार, नवौँ स्थानमा रहेको साउथ अफ्रिकामा ६ लाख ५५ हजार तथा दशौँ स्थानमा रहेको अर्जेन्टीनामा ६ लाख १ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । 
विवरण हेर्नुहोस्


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्