×

NMB BANK
NIC ASIA

घरेलु हतियार प्रहारबाट ३ जना गम्भिर घाइते

असोज ८, २०७७

NTC
Premier Steels

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका एकै घरका दुईसहित तीन जनालाई एक युवकले धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएका छन् । गएराति स्थानीय २२ वर्षीय लाक्पा भोटेले नजिकैका ६० वर्षीया फुटि भोटे, ३६ वर्षीय पाशाङ भोटे र अर्का १८ वर्षीय छिरिङ भोटेलाई धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएका हुन् । 

Muktinath Bank

तीनै जनालाई घरेलु हतियार बाम्फोकले टाउको, गर्धनलगायत भागमा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनापछि लाक्पा भने फरार छन् । गम्भिर घाइते तीनै जनाको स्थानीय प्राथमिक स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालका लागि स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहे भए पनि त्यहाँ उपचार सम्भव नदेखिएकाले हेलिकप्टर चार्टर गरी अन्यत्र लैजाने तयारी भईरहेको स्थानीय पेम्बा भोटेले जानकारी दिए। घाइते फुटि भोटे लाक्पाकी ठुलीआमा हुन् भने पाशाङ तिनै ठुलीआमाकी छोरा हुन् । अर्का पाशाङ भने काकाको छोरा रहेको स्थानीयले बताएका छन् । 


Advertisment
Nabil box
Kumari

बेलुकी ठुलीआमाका पुगेका लाक्पा त्यही खाना खाएर बसेका थिए । त्यसपछि अचानक हतियार प्रहार गरी घाइते बनाएको स्थानीयले बताएका छन् । घटनाका सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ । घटना स्थलमा प्रहरी चौकी याम्फुदिनबाट प्रहरीको टोली पुगेको छ भने इलाका प्रहरी कार्यालय तेल्लोकबाट समेत प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x