×

NMB BANK
NIC ASIA

काभ्रे जिप्रकाको १० महिना, फैसला कार्यान्वयनबाट १२ करोड राजश्व संकलन

असोज १२, २०७७

NTC
Premier Steels

गत बिहिवार (असोज ८ गते) बैंकिङ कसुर मुद्दामा ११ करोड ८२ लाख जरिवाना सुनाइएसँगै फरार भएकी काभ्रेकी जयन्ती केसीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको गर्‍यो । 

Muktinath Bank

२०७१ वैशाख २९ गते उच्च पाटन अदालत पाटनले बैंकिङ कसुर मुद्धामा ९ करोड ४७ लाख र २ करोड ३५ लाख रुपैयाँ गरी ११ करोड ८२ लाख ९२ हजार ११६ रुपैयाँ जरिवाना र ३ बर्ष कैद सुनाएकी बनेपा नगरपालिका ६ की केसीलाई पक्राउ गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै गत भदौं २४ गते एक जना महिलालाई अपहरण गरी ५० हजार फिरौती माग्ने ३ जनालाई पक्राउ गर्‍यो । 


Advertisment
Nabil box
Kumari

पाँचखाल नगरपालिका– १२ देवभूमीका २३ वर्षीय राजकुमार दनुवारलाई उपहरण तथा शरिर बन्धक बनाई फिरौती माग गर्ने पाँचखाल– १२ तीनघरेका आकाश परियार, काभ्रेको तेमाल गाउँपालिका– ७ माईती भएकी सविना तामाङ र काभ्रे कै रोशी गाउँपालिका– १२ माईती भएकी उमा परियारलाई पक्राउ गरेको गरेको थियो ।

Vianet communication

यस्तै ९ लाख ४ हजार रुपैयाँ चोरी गरेर फरार रहेका २ जनालाई २४ घण्टा नबित्दै पक्राउ गरे । जेठ २८ गते राती तेण्डेल हार्डवयरको काउण्टरबाट चोरी गर्ने प्रकास जंग कुँवरलाई नवलपरासी सुनवलबाट जिल्ला प्रहरी कार्यलय नवलपरासीको समन्वयमा पक्राउ गर्‍यो भने अर्का फरार अभियुक्त ३६ बर्षीय प्रकाश भण्डारीलाई लुकिछिपी बसेको अवस्थामा काठमाडौं टोखाबाट पक्राउ गर्‍यो । 

पछिल्लो १० महिना जिल्ला प्रहरी कार्यलय काभ्रेले विभिन्न अपराधमा संलग्न अपराधीहरूलाई पक्राउ गरी कानूनको दायरामा ल्याएको छ । 

‘हामीले जिल्ला शान्ति सुरक्षा कायम गर्नको लागि काभ्रे जिल्लामा अपराधमा संलग्न मानिसहरुलाई पक्राउ गरी कानूनको दायरामा ल्याएको छौं,’ जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवी पौडेले भने ।

एसपी पौडेलले जिल्लामा प्रमुखको रुपमा कार्यभार सम्हालेपछिको १० महिनामा काभ्रेपलाञ्चोक जिल्लामा मुद्धा फर्छयौट र फर्छयौट हुन बाँकीको संख्या लगभग बराबर देखिन्छ । २ सय ९८ वटा मुद्धा दर्ता भएका मध्ये १ सय ४९ मुद्धा फर्छयौट भएका छन् भने त्यति नै संख्यामा फर्छयौट हुन बाँकी छन् । 

‘हामीले जनालाई छिटो र छरितो तरिकाले सेवा दिइरहेका छौं । त्यसकारणले गर्दा पनि मुद्धा फर्छयौट संख्या बराबर जस्तो देखिन्छ, एसपी पौडेलले भने,‘आगामी दिनमा मुद्धा फर्छयौट संख्यालाई बढाएर लैजान्छौँ ।’
काभ्रे जिल्लामा पछिल्लो १० महिनामा विभिन्न दुर्घटना लगायत विभिन्न कारणले  ९७ पुरुष, ५६ जना महिला र १७ जना बालबालिका गरी १ सय ७० जनाले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी काभ्रेले विभिन्न अपराधमा संलग्न १ सय ८० पुरुष र ७ महिला गरी १ सय ८७ जना अभियुक्तलाई पक्राउ गरेको छ । भने फरार रहेका ६३ जनालाई पक्राउ गरेको एसपी पौडेलले बताए ।
पछिल्लो १० महिनामा जिल्ला प्रहरी कार्यलयले फैसला कार्यान्वयनबाट मात्रै ११ करोड ८४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । 

पक्राउ परेका २५ जना अपराधीबाट १५ बर्ष ७ महिना कैद फर्छयौट गरी ११ करोड ८४ लाख ३७ हजार ५२६ रुपैयाँ राजश्व संकलन गरेको जिल्ला प्रहरी कार्यलय काभ्रेपलाञ्चोकको तथ्याङ्कले देखाउँछ । 

यस्तै जिल्लामा विभिन्न समयमा जुवा तास खेल्ने र खेलाउने ५४ जनालाई पक्राउ गरेको छ भने उनीहरुबाट २१ लाख ३८ हजार रुपैयाँ बरामद गरी आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा पेश गरेको छ । 

यस बिचमा कार्यलय सुधार तर्फ पनि धेरै काम भएको देखिन्छ । प्रमुख एसपी पौडेलका अनुसार नागरिक सहायता कक्षको पुनःनिर्माण, अपाङ्ग मैत्री सेवाग्राहीका लागि शौचालयको निमार्ण, कार्यलयमा गाडीको ग्यारेजको निमार्ण, जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवान हवल्दाको लागि मेशमा स्तरिय फर्निचरको व्यवस्थापन, समीक्षालय निमार्ण, सभाहल निमार्ण, चमेना गृहको निर्माण, हिरासतको व्यवस्थापन सुधार र आन्तरिक सीसीटीभी जडान जस्ता काम भएको एसपी पौडलले लोकान्तरलाई बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x