×

NMB BANK
NIC ASIA

काठमाडौंमा फेरि चिनियाँ गिरोह सक्रिय : अवैध 'अनलाइन गेम'देखि इन्टरनेट अपराधसम्मका धन्दा !

कात्तिक ७, २०७७

NTC
Premier Steels

काठमाडौंसहित देशका मुख्य शहरमा फेरि केही चिनियाँ टोली इन्टरनेटमार्फत अवैध गतिविधिमा संलग्न रहेको पाइएको छ । स्रोतका अनुसार टोली अवैध ‘अनलाइन गेम’ खेलाउनेदेखि विभिन्न इन्टरनेट अपराधमा संलग्न छन् ।

Muktinath Bank

चीनबाट पर्यटक भिसामा नेपाल आएर उपत्यकालगायत देशमा विभिन्न ठाउँमा समूह बनाई अनलाइन गेम खेलाउने तथा इन्टरनेट अपराधमा संलग्न रहेको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं उपत्यकाको बौद्ध क्षेत्रमा ५ वटा समूह, चक्रपथ क्षेत्रमा २ वटा समूह, कलंकी क्षेत्रमा केही समूहले अनलाइन गेम खेलाउँदै आएको प्रहरी स्रोतले लोकान्तरलाई बतायो । 


Advertisment
Nabil box
Kumari

यस्तै चितवन, पोखरा लगायतका देशका मुख्य शहरमा पनि यस्तो टोली सक्रिय रहेको प्रहरी स्रोतको दाबी छ ।

Vianet communication

स्रोतका अनुसार काठमाडौंका अलिक राम्रा घर/फ्ल्याट भाडामा लिएर ४ देखि २० जनाको समूह बनाएर अवैधरूपमा गतिविधि चलाइरहेका छन् ।

‘पछिल्लो समय अनलाइन गेम खेलाउने समूह अति नै सक्रिय देखिएको छ,’ एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘उनीहरूलाई हामीले रेकी गरिरहेका छौं ।’

उपत्यकाको प्रहरीलाई कुन–कुन ठाउँमा गेम खेलाइरहेको छ भन्ने पूर्ण सूचना छ । प्रहरीका अनुसार उनीहरूले हप्ता–हप्तामा ठाउँ परिर्वतन गरिरहन्छन् । 

प्रहरीले केही सक्रियता बढाएको खण्डमा उनीहरूले त्यो ठाउँ परिर्वतन गर्छन् । कतिपयले ग्रुपले प्रहरीलाई आर्थिक प्रलोभनमा समेत पार्न खोज्ने गरेका छन् । प्रहरीले कुनै समूहलाई रेकी गरेको सूचना नेपालका उच्च प्रहरी अधिकारीसहित राजनीतिक दलका नेता र राजदूतावाससम्म पुग्ने गरेको एक प्रहरी अधिकृतले लोकान्तरसँग बताए ।

‘उनीहरूको पहुँच यति माथिसम्म छ कि हामीले उनीहरूको ठाउँमा रेकी गर्‍यौं भने सूचना दूतावासदेखि राजनीतिको माथिल्लो निकायसम्म पुग्छ,’ ती अधिकृतले भने ।

चिनियाँहरूको गतिविधिलाई निगरानी गरिरहेका एक प्रहरी अधिकृतका अनुसार माथिल्लो निकायलाई पनि यसको जानकारी छ । तर एक्सनमा जानका लागि आदेश आउँदैन ।

प्रहरीका एक उच्च अधिकारीले भने– ‘हामीले आईजी (प्रहरी महानिरीक्षक) सा’बलाई पनि जाहेर गरेका छौं तर माथिबाट केही नगर्नू भन्ने आदेश आउँछ । हामीले कसरी कारवाही प्रक्रिया बढाउने ?’

‘माथिको आदेश आउने हो भने हामीले एकैचोटि ती समूहलाई कर्‍यापझ्याप पार्थ्यौं,’ ती अधिकृतले थपे ।

प्रहरी अधिकारीहरूको भनाइलाई आधार मान्ने हो भने उपत्यकालगायत देशभरमा २ सय जना चिनियाँले समूह बनाएर अवैध अनलाइन गेम खेलाइरहेका छन् ।

उनीहरूको पहुँच माथिसम्म रहेको कुरा अनुसन्धानमा खटिएका प्रहरी अधिकृत र उच्च अधिकृतले आदेश माग्दा समेत कारवाही गर्न नपाउनुले पुष्टि गर्छ ।

प्रहरीले २०७६ साल पुस ९ गते काठमाडौंको तारकेश्वर नगरपालिका– १ मनमैजुमा रहेको आलिशान घरमा उच्च प्रविधि र सुरक्षासहित बसेका १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

त्यो बेलामा प्रहरीले ‘चार्ली फोक्सर’ नामको अपरेसन चलाएको थियो । 

नेपालमा ६ देखि ३ हजारसम्म चिनियाँ नागरिकहरू इन्टरनेटमार्फत् अपराधमा संलग्न रहेको तथ्यांक प्रहरीसँग छ, तर अहिलेसम्म उनीहरू कानूनको दायरामा आउन सकेका छैनन् ।

चिलीको स्यान्टियागोमा ९४ देशका प्रहरीहरूको संगठन इन्टरपोलको ८८ औं महासभा भइरहेको समयमा चीनको इन्टरपोल शाखा एनसीबी बेइजिङका प्रमुख र नेपाल इन्टरपोलको शाखा एनसीबी काठमाडौंका तत्कालीन प्रमुख सर्वेन्द्र खनालबीच भेट भएको थियो ।

भेटमा एनसीबी बेइजिङका प्रमुखले नेपालमा बसेर चीनका नागरिकहरूले चीनकै विरुद्धमा इन्टरनेटमार्फत अपराध गरिरहको जानकारी दिएपछि प्रहरीले पक्राउ गरेको जानकारी दिएको थियो ।

पक्राउ परेका चिनियाँ नागरिकबाट प्रहरीले ठूलो संख्यामा मोबाइल र ल्यापटप बरामद गरेको थियो ।

प्रहरीले त्यो समयमा काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी ७ सय ४७ मोबाइल र ३३१ ल्यापटप बरामद भएको जानकारी दिएको थियो ।

यस्तै ९८ वटा सीपीयू, ९९ मोनिटर, २२ पेनड्राइभ र ३२७ सीमकार्ड बरामद गरेका थियो ।

पक्राउ परेका चिनियाँ नागरिकबाट ६७ राहदानी पनि बरामद गरेको थियो ।

प्रहरीले राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x