×

NMB BANK
NIC ASIA

यसपालि गाउँमा छैन दशैंको रौनक

कात्तिक ९, २०७७

NTC
Premier Steels

पर्वतको मोदी गाउँपालिका स्थायी घर भइ हाल पोखरा–१२ मा बसोबास गर्दै आएकी शिला पौडेल जसरी पनि विगत वर्षमा दशैंमा आफ्नो घर पुग्थिन् । घटस्थापनादेखि छोराछोरीको विद्यालयमा दशैं बिदा शुरू हुने भएकाले उनी त्यसको १–२ दिनमै गाउँ पुग्थिन् । तर यसपटकको दशैंमा भने उनी गाउँ गइनन् ।

Muktinath Bank

कोरोना महामारीको त्रासका कारण पौडेलले पहिलो पटक पोखरामै बसेर दशैं मनाउँदै छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चाडवाडमा रमाइलो त आफ्नै गाउँमा हुन्थ्यो तर कोरोना संक्रमणको त्रासले यस पटक घर जान पाइएन,’ उनले भनिन्, ‘बजारमा संक्रमण बढिरहेकाले गाउँ जाँदा जोखिम हुने तथा आफ्ना कारणबाट अरुले दुःख नपाउन् भनेर सरकारको आग्रह मानेर पोखरामै दशैं मनाउने निर्णय गरेको हुँ ।’


Advertisment
Nabil box
Kumari

विगत वर्षमा दशैं शुरू भएलगत्तै शहरबाट गाउँघर फर्किने क्रम शुरू हुन्थ्यो । शहरमा रोजगारी तथा विभिन्न पेशा व्यवसायमा आवद्ध भएकाहरू दशैंमा गाउँ फर्किदा शहर सुनसान हुन्थ्यो । गाउँमा चहलपहल बढ्ने गर्दथ्यो । विदेशमा भएका समेत वर्ष दिनमा एक पटक घर फर्केर दशैं मनाउने चलन थियो । गाउँघरमा घटस्थापनादेखि नै चहलपहल हुने गरे पनि यस वर्ष भने गाउँमा दशैंको खासै रौनक छैन ।

Vianet communication

कोरोना महामारीका कारण सरकारले जारी गरेको चाडपर्व मनाउने मापदण्डका कारण जो कोही पनि घरभित्रै सीमित भएका छन् । शहरबाट गाउँ फर्किने थोरै मात्र छन् भने गाउँमा समेत कोभिड १९ को त्रास कायम रहेकाले अत्यावश्यक बाहेक घरबाहिर निस्कने कमै छन ।

चियापसल र चौतारी सुनसान छन् । दशैंलाई लक्ष्य गरी आयोजना गरिने महोत्सव र खेलकुद प्रतियोगिता लगायत यस वर्ष आयोजना भएनन् । पिङ तथा दशैंका अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान कार्यक्रमको रौनक नभएको माछापुच्छ«े गाउँपालिका ३ का वडाध्यक्ष सूर्यप्रसाद लम्सालले बताए ।

‘सरकारले आग्रह गरेकाले समेत होला यसपटकको दशैंमा गाउँघरमा समेत चहलपहल छैन, बजारबाट गाउँ आएका सर्वसाधारण समेत घरभित्रै सीमित छन्,’ वडाध्यक्ष लम्सालले भने, ‘यस पटक गाउँमा पिङ पनि हालिएका छैनन्, चहलपहल पहिला जस्तो छैन, हामीले आग्रह गरे अनुसार नै भएको छ ।’

विगतमा गाउँका टोलैपिच्छे खुला स्थान र चौतारीमा हालिने रोटेपिङ र लठ्ठे पिङमा बालबालिकादेखी वृद्धवृद्धासम्मको चहलपहल हुन्थ्यो । पिङ खेल्नका लागि लामो समय बालबालिका पालो पर्खिएर बसेका हुन्थे । यस वर्ष त्यस्तो दृश्य कतै देखिदैन । सरकारले आफू बसेकै स्थानमा चाडपर्व मनाउन आग्रह गरेपछि यस वर्ष दशैंमा गाउँ जानेहरु कम भएका हुन् । कोरोना संक्रमणको त्रास सर्वत्र छ ।

गाडीमा हिँड्न समेत यात्रु डराएका छन् । कतिपय त शहरबाट जाँदा गाउँमा संक्रमण फैलने डरले बजारमै बसेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x