रोकिराखेको मिनीट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

धनगढीमा रोकिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

गएराति धनगढी–अत्तरिया सडकको बोराडाँडी खण्डमा मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


Advertisement

मृतकको पहिचान भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लालबहादुर रोकायाले बताए ।

मृतकका आफन्तको खोजी कार्य हुँदैछ । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । 


Advertisement

से १ प ८७६१ को नम्बरको मोटरसाइकल से १ त ६१७ नम्बरको मिनीट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्