×

NMB BANK
NIC ASIA

विगतका तिहारभन्दा यस वर्षको तिहार अलि भिन्न छ । कोरोना महामारीका कारण सबैमा एक किसिमको त्रास हुँदा हर्षाेल्लासका साथ चाड मनाउने समय पनि छैन ।

Muktinath Bank

बाहिर निस्केर मिठाइ किन्ने र मगाउनेभन्दा आफैंले सानो बजेटमा घरमै तयार गरेर सामान्य रूपमा मनाउँदा उत्तम देखिएको छ । नेपालीको दोस्रो महान् चाडको रूपमा तिहारलाई मानिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसपालि तिहारमा पनि कोरोना कहरको त्रास नै रहने हुँदा बाहिरको मिठाइ किन्न जानु पनि निकै डर छ । तिहार, झिलिमिलीको चाड, मिठाइको चाड जे भन्दा पनि अधुरो रहन्छ, जस्तैः माघे संक्रान्तिमा तरुल, तिजमा खीर, दशैंमा मासु भनेजस्तै तिहारमा खाइने परिकार हो, मिठाइ र त्यसमा पनि सेलरोटी ।


Advertisment
Nabil box
Kumari

बजारमा किनेका मिठाइहरू ताजा र स्वस्थकर नहुने हुँदा साथै विभिन्न अखाद्य पदार्थ मिसावट गरेर बनाइने हुँदा घरमा केही समय खर्चेर आफूलाई आवश्यक केही सामान्य र ताजा बनाउनु उत्तम मानिन्छ । यहाँ सेलरोटी लगायत तिहारमा प्रयोग हुने केही मिठाइका परिकारका विवरण र बनाउने तरिका छोटकारीमा पेश गरिएको छ 

Vianet communication

सेलरोटी 

सामग्रीः चामलको पिठो १ किलोग्राम, चिनी २५० ग्राम, सोडा अथवा बेकिङ पाउडर आधा चम्चा, काजु १५० ग्राम, दूध आवश्यकता अनुसार, केरा २ कोसा, घ्यू ५०० ग्राम, तेल आवश्यकता अनुसार

विधिः चामललाई घटीमा २ घण्टा पानीमा भिजाएर राख्नुस् र दूध हालेर ब्यालेन्डरमा केही खस्रो हुने गरी बल्यान्ड गर्नुस्, चिनी, काजु, केरा र पगालेको २ चम्चा घ्यू पनि हालेर एकछिन अरु बल्यान्ड गर्नुस् र सोडा र मैदा हालेर १ रात छोडिदिनुस् । भोलिपल्ट तातेको तलमा बाँकी घ्यू हालेर सेल बनाउन थाल्नुस् । सकेसम्म नरम सेल राम्रो मानिन्छ ।

फिनिरपत्रे रोटी

सामग्रीः १ किलोग्राम मैदा, ५० ग्राम घ्यू, २ कप पानी, आधा कप चिनी पाउडर, एक र आधा लिटर तेल (तार्नको लागि), साठोको लागि २०० ग्राम बटर वा घ्यू, १ कप चामलको पिठो ।

विधिः मैदा घ्यू हालेर बिस्तारै–बिस्तारै मुछ्दै जाने र पानी पनि थप्दै जानुपर्छ र पिठो मुछिसकेपछि एक साइड लगाएर राख्ने । केही समयपछि पिठोको डल्लालाई ठीक्कठीक्कको पेडा बनाएर मिलाउने र बाटर या घ्यूलाई एउटा कचौरामा मुछेर चामलको पिठो मिसाउने जसलाई साठो भनिन्छ र यो रोटीलाई पत्रपत्र पार्न प्रयोग गरिन्छ । पेडालाई राम्ररी बेलानाले बेल्ने र साठो लगाएर रोल गर्ने अनि चक्कुले काटेर फेरि दोहोर्‍याएर बेल्ने र तातो तेलमा १–१ गरी तार्ने अनि चिनीको धुलो छरी दिने फिनी तयार हुन्छ र तातो–तातो वा धेरै दिन राखेर पनि खान सकिन्छ ।

काजु बर्फी

सामग्रीः काजुको पेस्ट ४०० ग्राम, खुवा ४०० ग्राम, चिनी १८० ग्राम, पानी आवश्यकता अनुसार, नेपाली घ्यू चम्चा, गुलाब जल २ ड्रप
 
विधिः नन स्टिक प्यानमा घ्यू तताउनुस् र काजुको पेस्ट हालेर मज्जाले भुट्नुस् । केही समयपछि खुवा हालेर पज्जाले चलाउनुस् । अर्को प्यानमा चिनी र पानी मिसाएर बाक्लो खालको चास्नी तयार गर्नुस् । चास्नीलाई काजु र खुवा भुटेको भाडोमा मिसाउनुस् र अन्त्यमा जुलाब जल हालेर चलाउनुस् । एउटा सफा ट्रेमा मिक्चरलाई सम्याएर राख्नुस् र फ्रिजमा चिस्याउनुस् । भोलिपल्ट लाग्ने चक्कुले आफूले चाहेको साइज र सेभमा काट्न सक्नुहुन्छ र १–१ पिसमा आधा–आधा रोस्ट गरेको काजुले गार्निस गरेर सर्भ गर्न सकिन्छ । काजुको बर्फी चिनी विना सुगर फ्री पनि बनाउन सक्नुहुन्छ । 

बुन्दीको लड्डु

सामग्रीः डेढ कप बेसनको पिठो, १ कप पानी, २ पिन्च साफ्रन कलर, ६ पिस सुकमेल, १ कप चिनी, १ टेबल चम्चा मेलन सिड्स, डेढ कप शुद्ध घ्यू

विधिः बेसनमा पानी र सफरन कलर हालेर मजाले चलाउने र केही समय राख्ने । त्यसपछि घ्यू तताएर सानो–सानो प्वाल भएको झाजरको सहायताले बेसनको लेदोलाई फ्राई गर्ने र एउटा प्लेटमा राख्दै जाने अर्को भाडोमा पानी र चिनी हालेर चास्नी बनाउने र मज्जाले पाकेपछि सुकमेल, मेलन सिड र फ्राइ गरेको बेसनको बुन्दीलाई हालेर चलाउने केही समयपछि आगोको रापबाट निकालेर चिसो हुन दिने र गोलो–गोलो गरी लड्डु बनाउन थाल्ने एवं तरिकाले बुन्दीको लड्डु तयार गर्न सकिन्छ र यो लड्डु धेरै दिनसम्म चोसोमा राखेर पनि खान सकिन्छ ।

गुलाब जामुन

सामग्रीः १ कप दूध पाउडर, १ कप मैदा, आधा कप खुवा, ५० ग्राम पनिर, २ चम्चा घ्यू वा तेल, आधा कप दूध, २ चम्चा दही वा कागतीको रस, आधा चम्चा सोडा, फ्राइका लागि तेल या घ्यू आवश्यकता अनुसार, गार्निसका लागि चप पिस्ता २ चम्चा, सुगर सिरपका लागि १ कप चिनी, ३ कप पानी, आधा चम्चा सुक्मेलको धुलो, १ चम्चा गुलाब जल

विधिः माथिका सम्पूर्ण सामग्रीलाई एक साथ मिक्स गरेर डो बनाउनुस् र केही समय छाडी दिनुस् । केही समयपछि ठीक्कठीक्कको गोलो बनाएर तेल वा घ्यूमा सानो आचमा खैरो हुने गरी फ्राइ गर्नुस् र अर्को भाडोमा सुगर र पानी हालेर सिरप पकाउनुस्, सुकमेलको धुलो र गुलब जल हालेर उमालेपछि फ्राइ गरेका डल्लालाई सिरममा केही बेर पकाउनुस् र पिस्ता गार्निस् गरेर तातो–तातो सेर्व गर्नुस् ।

रसबरी

सामग्रीः ४ कप दूध, कागतीको रस वा भिनेगर १ चम्चा, २ कप चिनी, ७५० एमएल पानी, थोरै मैदा

विधिः दूधलाई उमाल्नुस् र कागतीको रस हालेर फटाउनुस्, जाली वा सफा कपडामा छान्नुस् । यसरी दूध फटाएर निस्केको छोक्रालाई छिना भनिन्छ । छिनामा मैदा हालेर १० मिनेट मज्जाले रगडेर मुछ्नुस् र गोला–गोला गुच्चा बनाउनुस् र अर्को भाडोमा चिनी हालेर तयार गरिएको सिरममा पकाउनुस् । केहीबेर पकाएपछि रसगुल्ला तयार हुन्छ । अन्त्यमा जाफरन लिफ गार्निस् गारेर सर्ब गर्न सकिन्छ । रबरीमा रसबरीलाई मिसाउँदा रसमलाइको रूपमा पनि पस्कन सकिन्छ । 

जेरी

सामग्रीः ३ कप मैदा, २ कप दही, आधा कप घ्यू, ३ कप चिनी, आधा चम्चा सुक्मेल, आधा कप कर्न फ्लोर, साफ्रन पाउडर पिन्च, थोरै बेकिङ पाउडर, २ कप फ्राइ वयल, ४ ड्रप रोज एसेन्स, पिन्च फूड कलर अरेन्ज, पानी आवश्यकता अनुसार

विधिः माथि उल्लेखित सम्पूर्ण सामग्री मिक्स गरेर ८ देखि १० घण्टा वा १ रात रूम टेम्प्रेचरमा छाडी दिनुस् र भोलिपल्ट तेलमा जेरी फ्राइ गर्नुस् र पाकेको चास्नीमा डुबाएर तातो तातो खुवाउनुस् ।

गाजरको हलुवा

सामग्रीः गाजर १० पिस, २ कप दूध, ४ टेबल चम्चा घ्यू, ३ टेबल चम्चा चिनी, ३० ग्राम काजु, ५ वटा इलाइची, ५० ग्राम किसमिस
 
विधिः गाजरलाई राम्ररी सफा गरेर, ग्रेटरले ग्रेट गर्नुस् र दूधमा मज्जाले पकाउनुस् । ७५ प्रतिशत दूध घटेपछि घ्यू चिनी र अन्य सामग्री हालेर चलाउनुस् । राम्ररी गाजर बानिँदै गएपछि तातोको रापबाट हटाउनुस् र तातो–तातो खुवाउनुस् । गाजरको हलुवा जस्तै चुकन्दर, सुजी, दाल, पालक, भेडे खुर्सानीको पनि हलुवा बनाउन सकिन्छ । 

थेकुआ 

सामग्रीः १ कप (२५० ग्राम) गहुँको आटा, ८० ग्राम  गूद, ७० ग्राम नरिबल, ५ टेबल चम्चा घ्यू, ५ वटा इलाइची पिठो मुछ्नका लागि आवश्यक दूध वा पानी, सोप एक चम्चा, तार्नको लागि तेल आवश्यकता अनुसार 

विधिः माथि दिएका सम्पूर्ण सामग्रीहरू हालेर आटा मज्जाले मुछ्ने र साइड लगाएर राख्ने । केही समयपछि ठीक्कठीक्कको गोलाइ बनाउने र काटाको सहायताले बुट्टा भर्ने त्यस लगत्तै तातो तेलमा खैरो हुने गरी तार्ने र तातो–तातो वा लामो समयपछि पनि खान सकिन्छ । यो मिठाइ तराईमा निकै प्रसिद्ध मानिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x