×

NMB BANK
NIC ASIA

वाग्मती सभागृह र प्रदेशसभा भवन शिलान्यास

मंसिर १०, २०७७

NTC
Premier Steels

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राज्यका साझा सम्पत्ति तीनै तहका सरकारले सदुपयोग गर्न सक्ने बताएका छन् ।

Muktinath Bank

वाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयको सभागृह निर्माणको आज बिहान शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले बन्दै गरेको भवन प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयका लागि निर्माण गरे पनि सरकारी निकायले आवश्यकतानुसार उपयोग गर्न सक्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेटौँडा उपमहानगरपालिका –२ स्थित कार्यालयको जमीनमा भवन निर्माण प्रारम्भ भएको हो । मुख्यमन्त्री पौडेलले स्थायी राजधानी घोषणासँगै अस्थायी मानसिकता हट्दै गएको उल्लेख गर्दै प्रदेश सरकारले अब स्थायी संरचना निर्माण गर्दै जाने बताए ।


Advertisment
Nabil box
Kumari

उनले निर्माण कम्पनीलाई निर्धारित समयअगावै काम सक्न अनुरोध गर्दै काम चाँडो सके पुरस्कृत गरिने तथा तोकिएको समय कटाए आवश्यक कारवाही गरिने चेतावनी दिए ।

Vianet communication

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले मोटरबाटो नपुगेका स्थानमा मोटरबाटो, आवासविहीनका लागि घर, पानीका लागि धारा तथा कुलो एवं अन्य आवश्यकता पूरा गर्ने गरी काम भइरहेको बताए  ।

उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले प्रदेश सरकारसँग सहकार्यमा काम गर्दा धरै उपलब्धि हात पार्न सकिएको बताए ।

प्रदेशसभा भवन शिलान्यास 

हेटौंडा –१० मा निर्माण हुन लागेको प्रदेशसभा भवनको पनि आज शिलान्यास गरिएको छ । भवन शिलान्यास गर्दै वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा भवन, मुख्यमन्त्री कार्यालय, विभिन्न मन्त्रालयलगायत संरचना एकैस्थानमा निर्माण गर्नका लागि प्रदेश सरकार लागिपरेको बताए ।

सभामुख श्रेष्ठले सामरिक हिसाबले उपयुक्त स्थानमा राजधानी तोकिएको र त्यो महत्वलाई कायम राख्दै संरचना निर्माण गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री फुयाँलले हरेक विकासनिर्माणका काम तीन तहका सरकार र जनसहभागितामा  दु्रतगतिमा अगाडि बढेको बताए ।

प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको काम गराइप्रति खुशी व्यक्त गर्दै आगामी निर्वाचन अगावै  संसदीय क्रियाकलापमा प्रयोग गर्न सक्ने गरी छिटो सभागृह निर्माण सक्न आग्रह गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x