×

NMB BANK
NIC ASIA

उद्योग वाणिज्य महासंघको साधारण सभा

'आर्थिक वृद्धिदर शून्यमा पुगेका बेला सरकारसँग गच्छे अनुसार मात्रै अपेक्षा गर्नुस्'

मंसिर ११, २०७७

NTC
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण मुलुकको आर्थिक वृद्धिदर शून्य अवस्थामा पुगेको भन्दै गच्छे अनुसारको मात्रै अपेक्षा गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

Muktinath Bank

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभालाई बिहीवार सम्बोधन गर्दै उनले कोरोना महामारीका कारण मुलुकको आर्थिक वृद्धिदर शून्य अवस्थामा पुगेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकार मनको मात्रै धनी भएको बताउँदै गच्छे अनुसारको अपेक्षा गर्न उनले आग्रह गरे । 


Advertisment
Nabil box
Kumari

‘यतिबेला हामी एउटा असहज परिस्थितीमा उभिएका छौं, सामना गरिरहेका छौं, नत्र आज धेरै भव्यता, ठूलो सहभागिताका साथ यो साधारण सभाको उद्घाटन सत्र सम्पन्न हुने थियो’, उनले भने, कोभिड १९ का कारणले यसरी बसेका छौं ।’

Vianet communication

उनले आफ्नो सचिवालयमा उद्योगी व्यवसायीहरूलाई स्वागत गर्न पाउँदा खुसी लागेको समेत सुनाए । 

महामारीका कारण अर्थतन्त्रमा परेको दुस्प्रभावले कसरी छुटाउने र कसरी माथि उठ्ने, पहिलेकै अवस्थामा कसरी फर्काउने र अगाडि बढाउने भन्ने प्रश्न अगाडि आएको उनले बताए । 

उनले यो साधारण सभाले कोभिड १९ र अबको अर्थतन्त्रबारे सरकारलाई समेत उपयोगी हुने निस्कर्ष निकाल्ने विश्वास लिए । 

उनले भने,‘हामी साझा समस्या भोगिरहेका छौं र समस्या निराकरण पनि संयुक्त प्रयासबाट नै सम्भव हुन्छ ।’

उनले सरकार र निजी क्षेत्र मिलेर नै समस्यासँग जुध्न सक्ने र पार पाउन सक्ने बताए । 

‘खुसीको जानकारी आइरहेको छ, कोभिड १९ का विरुद्ध खोप विभिन्न मुलुकले पत्ता लगाएका छन्, जसले मानव जातिलाई यसको विरुद्धको लडाइँमा सफलता दिने छ’, उनले भने ।

भ्याक्सिनको आविस्कार मानव जातीका निम्ति ठूलो उपलब्धी भएको र साझा उपलब्धी हुनुपर्नेमा उनले जोड दिए  ।

यसले अर्थतन्त्रमा पारेको असरलाई पराजित गर्दै अर्थतन्त्रलाई फेरि माथि उठाउनुपर्ने भन्दै आर्थिक वृद्धिदर ८.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको भन्दै उनले अहिले शून्यको अवस्थामा आएको बताए । 

उनले भने,‘बचत नहुनेहरूलाई यसले असर पार्ने बताए । 

उनले भने,‘उद्योगहरूलाई लाग्छ होला, कतिपय देशका सरकारले आर्थिक उत्थानका लागि राहत दिइरहेका छन्, नेपाल सरकारले किन दिँदैन ? उनले थपे, नेपाल सरकार मनको धनी नभएको हैन, गच्छेअनुसार दिने गरेको छ । रिजर्भ तथा बचत नभएका कारण सिमित मात्र सहयोग गर्न सकिने छ ।’ 

उनले अभिभावकको गच्छेअनुसार नै निजी क्षेत्रले अपेक्षा गर्नुपर्ने बताए । 

उनले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार लागिपरेको बताएका छन् । 

बजारमा प्रधानमन्त्रीले दलाल पूँजीवादलाई प्रश्रय दिएको भन्दै उद्योगीलाई त्रसित बनाउने अभिव्यक्ति सुनेर द्विविधा भएको हुन सक्छ । म स्पष्ट पार्न चाहन्छु, सरकार, उद्यमी व्यवसायीहरूमा मेरो र तेरो भन्ने हुँदैन, राष्ट्रका निम्ति योगदान गरिरहका, राष्ट्रका साझा सम्पत्ति हुन् , सबै समान छन् ।’

उनले राज्यले सबैलाई कानून सम्मत ढंगले संरक्षण दिने भन्दै व्यवसायीहरूले कारोबारमा मितव्ययिता अपनाउन् भन्ने मात्र सरकारले चाहने बताए । उनले भने,‘स्वच्छताका साथ अगाडि बढ्न सरकारले सबैलाई प्रेरित गर्छ । मन नपरेकालाई दलाल पूँजीवाद, मन नपरेकालाई नवउदारवाद, आदि कुराहरूले विभिन्न विशेषणहरू भिराएर आतंकित गर्नुपर्ने कुनै आवश्यकता छैन ।’

हामीले हाम्रैलाई सबल बनाउन नसकेका कारण बाह्य लगानी आवश्यक हुने गरेको बताउँदै उनले ठूला ठूला आयोजनामा लगानी गर्न सक्ने गरी विकास गर्न आग्रह गरे । 

उनले पूँजी यहाँ कमाउने र लगानी बाह्य गर्ने काम नगर्ने सुझाए  ।  देशप्रति माया गर्न सिक्न उनले सबैको ध्यानाकर्षण गराए । 

उनले मुलुकमा लगानी गर्न सहज भएको भन्दै बढी मुनाफा लिन सकिने बताए । 

उनले भने, आवश्यक पर्ने सुविधा छुट कानूनबमोजिम दिन सकिन्छ, जे न्यायोचित छ त्यसलाई कानून बदलेर पनि अगाडि बढाउन सकिन्छ ।’

उनले ठूलो परिमाणमा उत्पादन गर्न र निर्यात गर्नु अहिलेको आवश्यकता भएको भन्दै यसमा सरकार सहयोग गर्न तयार रहेको बताए । 

उनले भने, ‘कसैले आफ्ना काँचा कार्यकता ल्याउनका लागि, हुन सक्छ विभिन्न प्रकारका कुराहरू बोल्छन्, यो लोकतान्त्रिक मुलुक हो , यहाँ जिम्मेवारी वहन गर्नुभन्दा स्वतन्त्र हुन बढी बोल्ने गरेका छन्, उनीहरूको बोलीमा नपर्न म आग्रह गर्न चाहन्छु ।’

सरकार आर्थिक विकासका लागि सबै क्षेत्रसँग सहकार्य गर्न तयार भएको उनको भनाइ छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x