×

NMB BANK
NIC ASIA

गैंडाको मृत्युबारे प्राकृतिक स्रोत समितिले थाल्यो छलफल

मंसिर १५, २०७७

NTC
Premier Steels

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय गैंडा मर्नेक्रम बढेसँगै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले छलफल थालेको छ ।

Muktinath Bank

छलफलका लागि समितिका सभापति पूर्णकुमारी सुवेदी नेतृत्वको ७ सदस्यीय टोली निकुञ्जको कार्यालय कसरा आइपुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टोलीले गैंडाको संरक्षणमा काम गर्ने संघसंस्था तथा संरक्षणकर्मीसँग अन्तक्र्रिया गर्नेछ । 


Advertisment
Nabil box
Kumari

चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा मात्रै विभिन्न कारणबाट १६ गैंडाको मृत्यु भइसकेको छ । यसमध्ये ४ गैंडा चोरी शिकारबाट मरेको निकुञ्जको तथ्यांक छ ।

Vianet communication

विश्वमै दुर्लभ मानिने एकसिङ्गे गैंडाको मृत्यु हुने क्रम बढेपछि संरक्षणकर्मी चिन्तित बनेका छन् । वन र वन्यजन्तुको संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्जले काम गरिरहेका छन् । 

सन् २०१५ मा भएको गैंडा गणना अनुसार निकुञ्जमा ६०५ गैंडा थिए । यो बीचमा १५६ गैंडाको विभिन्न कारणबाट मृत्यु भएको छ । निकुञ्जले केही वर्ष शून्य चोरी शिकार वर्ष मनाए पनि अहिले भने गैंडा मर्ने क्रम रोक्न निकुञ्ज विशेष रणानीतिका साथ अगाडि बढ्ने भएको छ । कालगतिबाट गैंडा मर्ने कुरा सामान्य भए पनि चोरी शिकारबाट गैंडा मर्नुमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता रहेको आशंका गरिएको छ । 

निकुञ्जसँग जोडिएका विपन्न समुदायका लागि निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षणकोष सौराहाले आयमूलक सीपका लागि तालिम दिने काम गरिरहेको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्ज गैंडाको मृत्युबारे गम्भीर भएर यसको समस्या पत्ता लगाई समाधानमा लाग्ने बताए ।

कोरोनाका कारण भएको बन्दाबन्दीले निकुञ्जमा चोरी शिकार बढेको आशंका गरिएको भए पनि यसले कुनै प्रभाव नपारेको निकुञ्ज प्रमुख बरालको भनाइ छ । निकुञ्जले गैंडाको चोरी शिकार नियन्त्रणका लागि यस आसपासका बस्तीमा विषेश निगरानी समेत बढाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x