मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
मंसिर २८, २०७७
आइतवार बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरेपछि पुस १ गतेसम्मका लागि बैठक स्थगित गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १ महिनाअघि सचिवालय बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि दर्जन बढी आरोप लगाउँदै पेश गरेको १९ पृष्ठको प्रतिवेदन फिर्ता नभएसम्म बैठकमा नआउने अडान लिएका ओली आइतवारको बैठकमा सहजै उपस्थित भएका छन् ।
१ हप्ताअघि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा ‘राजनीतिक कारण’ देखाउँदै ओली उपस्थित भएनन् । उनले बैठकमा पत्र पठाएर आफूमाथि लागेको फौजदारी आरोपबारे छलफल हुन लागेको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए ।
तर मंसिर २१ गते प्रचण्डको अध्यक्षतामा बसेको बैठकले प्रचण्डको प्रस्तावमाथिको छलफललाई स्थगित गरेर कार्यसूचीका रूपमा ‘पार्टीको आन्तरिक संकट समाधानको बारेमा’ तय गर्यो ।
प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका स्थायी कमिटी सदस्य विष्णु रिमालका अनुसार त्यही कार्यसूचीका आधारमा ओली बैठकमा उपस्थित हुने वातावरण बनेको हो ।
तर प्रचण्ड–नेपाल पक्षका नेताहरूले ओलीलाई बैठकमा उपस्थित गराउनका लागि मात्र त्यो कार्यसूची तय गरिएको र छलफलका क्रममा प्रतिवेदन आफैं आउने दाबी गरिरहेका छन् ।
ओलीलाई बैठकमा उपस्थित हुन बाध्य पार्ने त्यो ‘कार्यसूची’ !
‘बैठकमै उपस्थित नहुने अडान लिएकालाई हामीले के गर्न सक्थ्यौं र ?’ प्रचण्ड–नेपाल पक्षका एक नेताले लोकान्तरसँग भने, ‘ओली उपस्थित होलान् भनेर हामीले मुख्य कार्यसूचीमा सामान्य परिवर्तन गरेका हौं । पार्टीको आन्तरिक संकटकै बारेमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनमा उल्लेख छ । छलफलका क्रममा दुवै अध्यक्षका प्रतिवेदनहरू आइहाल्छन् नि !’
उनले स्थायी कमिटी बैठकका एजेण्डाहरू थप ४ वटा रहेको बताए । ‘एमसीसी पनि छ, ओलीले भारतीय गुप्तचर प्रमुखसँग भेटेको कुरा पनि छ, पार्टी एकतालाई पूर्णता दिने विषय पनि छ, सरकारका कामकारवाहीको समीक्षा पनि छ,’ उनले भने ।
‘बैठकमै जान नचाहेको भन्दै प्रचार गरियो तर त्यसो होइन,’ गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले भने, ‘विधि, पद्धति र प्रक्रिया बाहिरबाट बोलाइएको बैठकमा उपस्थित किन हुने भन्ने प्रधानमन्त्री ओलीको तर्क हो, जुन सही छ । तर अब उहाँ पनि बैठकमा सहभागी हुनुहुन्छ र भइरहनुभएको छ । भदौ २६ गतेको स्थायी कमिटी बैठकले गरेको निर्णयमै आधारित रहेर पार्टीलाई चलाउनुपर्छ ।’
‘टाइम बाइ’ गर्दै ओली
तर आज आइतवारको स्थायी कमिटी बैठक ती कुनै कार्यसूचीमा प्रवेश गरेन । केन्द्रीय कमिटी सदस्य लामाको निधनमा शोक प्रस्ताव पारित भयो । लामासँगै जोडिएर आर्थिक लेनदेनको विवादमा परेका प्रवक्ता नारायणकाजी श्रेष्ठको बचाउमा प्रचण्डले केही मिनेट बोलेका थिए । ओली भने चुप रहे ।
ओली पक्षीय नेताहरूले सकेसम्म बैठकलाई पर सारेर अध्यक्षद्वयबीच सहमति गर्नुपर्ने भनाइ सार्वजनिक गरिरहेका छन् । मंसिर २१ गते बसेको स्थायी कमिटीले १ हप्ता ‘कुलिङ पिरियड’ दिएको थियो भने आजको बैठकले थप ३ दिनको समय ओलीलाई दिएको छ ।
ओलीनिकट मानिने स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ समय लिएरै भए पनि अध्यक्षद्वयबीच सहमति जुटाउनुपर्ने तर्क गर्छन् । ‘पार्टी विधानले २ अध्यक्षकै सहमतिमा पार्टीलाई महाधिवेशनसम्म लैजाने भन्दै क्लियर म्यान्डेट दिएको छ,’ नेम्वाङले भने, ‘त्यसैले दुवै अध्यक्ष सहमत नभईकन सुखै छैन । अहिले संवादहीनता तोडिएको छ, २ अध्यक्षबीच कुराकानी पनि हुने गरेको छ ।’
सकेसम्म बैठकअघि नै सबै सहमति होस् भन्ने ओलीको मान्यता छ । त्यसैले ओलीले आफूनिकट नेताहरूलाई निरन्तर प्रचण्डनिवास खुमलटार पठाइरहेका छन् ।
४ दिनअघि मात्र ओलीले प्रचण्डलाई बालुवाटार बोलाए । गत बुधवार भएको छलफलमा ओलीले प्रचण्डलाई वरिष्ठ नेता माधवकुमार नेपालसँगको समीकरण तोड्न आग्रह गरेका थिए । तर प्रचण्डले नेता नेपालसँगको आफ्नो दोस्ती ओलीसँगको भन्दा पुरानो रहेको भन्दै नेता नेपालको प्रशंसा गरेका थिए ।
दुवै अध्यक्षबीच कुनै सहमति भने भएन । प्रचण्डले मंसिर २० गते बसेको सचिवालय बैठकअघि पनि ओलीसँग ‘वान टू वान’ वार्ता गरेका थिए ।
सहमतिका लागि दौडधूप !
सहमतिकै लागि भनेर मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकले ७ दिनको समय दिएको थियो । त्यो बीचमा ओली र प्रचण्डबीच जम्मा एकपटक भेट भयो भने दुवै तर्फका नेताहरूले दौडधूप तीव्र बनाएका थिए ।
आजको स्थायी कमिटी बैठकअघि नेम्वाङ खुमलटार पुगे । ‘कमरेड प्रचण्डले बोलाएपछि म बिहान खुमलटार गएको थिएँ, लगभग १ घण्टा छलफल भयो,’ नेम्वाङले लोकान्तरसँग भने, ‘विवाद मिलाउन म सकारात्मक छु, टुंगोमा पुर्याउन सकारात्मक भूमिका खेल्छु भनेर अध्यक्ष कमरेडले भन्नुभयो ।’
प्रचण्डले बैठकमा ओलीको उपस्थितिको सुनिश्चितता खोजेका थिए । ‘पहिलो कुरा ओली बैठकमा आउनुपर्यो,’ प्रचण्डको भनाइ उदृत गर्दै खुमलटार स्रोतले लोकान्तरसँग भन्यो, ‘त्यसपछि कमिटी बैठकले गर्ने निर्णयहरू मान्छु भन्नुपर्यो । त्यसो भयो भने आधा समस्या समाधान हुन्छ ।’
नेम्वाङले प्रचण्डलाई आजको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने र दुवै अध्यक्षले सहमतिका लागि थप समय लिने प्रस्ताव गरेका थिए । प्रचण्डले धेरै समय कुर्न नसकिने जवाफ दिएको स्रोतको दाबी छ ।
शनिवार साँझ लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल पनि प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । उनी बैठक केही दिन स्थगित गरेर सहमतिको प्रयास गर्नुपर्ने ओलीको सन्देश बोकेर खुमलटार पुगेका हुन् । आइतवारको स्थायी कमिटी बैठकले शोक प्रस्ताव पारित गरेर केही दिनका लागि स्थगित गर्नुपर्ने ओलीको मागलाई सम्बोधन गरेको छ ।
प्रचण्डमाथि नेता नेपालको बढ्दो भरोसा !
प्रचण्ड–नेपाल समीकरणको बटमलाइन ओलीलाई प्रधानमन्त्री वा अध्यक्ष कुनै एक पदबाट ‘स्टेप डाउन’ गराउने हो । बिहीवार प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको वागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भनेका थिए, ‘पार्टी र शीर्ष नेतामाथि ओलीद्वारा गरिएको अपमानका शृंखला रोकिएका छैनन् । हामीले पार्टी एकताका लागि हदैसम्म लचकता देखाएका छौं तर अब अपमान सहन सकिन्न । कठोर हुनुपर्ने अवस्था आएको छ ।’
प्रचण्डले प्रयोग गरेको ‘कठोर’ शब्दको अर्थ हो ओलीलाई कुनै पनि हालतमा ‘स्टेप डाउन’ गराउने । ‘सकेसम्म दुवै पदबाट ओलीलाई हटाउने हो,’ नेता नेपालनिकट एक स्थायी कमिटी सदस्यको भनाइ छ, ‘गल्ती महसूस गर्ने, आत्मालोचना गर्ने, कार्यशैली सच्याउने र नेताहरूलाई अपमान गर्न छोड्ने शर्तमा एउटा पद जोगिन सक्छ । तर रियलाइजेसन नै नगर्ने हो भने ओलीले दुवै पदबाट हात धुनुपर्ने स्थिति आउन सक्छ ।’
पछिल्लो समय नेपालपक्षीय नेताहरूमा प्रचण्डमाथिको भरोसा बढ्दै गएको छ । ‘प्रचण्डले ओलीसँग एकल रूपमा सहमति गर्ने सम्भावना छँदै छैन,’ स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले लोकान्तरसँग भने, ‘जे गर्छ अब कमिटीको सामूहिक विवेकले गर्छ । कुनै १–२ जना शीर्ष नेताहरू मिल्दैमा नेकपाको विवाद समाधान हुँदैन ।’
ज्ञवालीले ओली बैठकमा सहभागी हुनु सकारात्मक रहेको टिप्पणी गरे । उनले पुस १ गतेदेखि स्थायी कमिटी बैठकमा जोडदार रूपमा आवाज उठ्ने बताए ।
‘अहिलेसम्म सहमतिको प्रयासका लागि पटक–पटक बैठक स्थगित गरिएको हो,’ उनले भने, ‘तर अब त्यस्तो हुँदैन । पुस १ गतेदेखि बस्ने बैठकमा पार्टीको आन्तरिक संकट समाधानका बारेमा जमेर बहस हुन्छ । कमिटीले जे निष्कर्ष निकाल्छ, त्यसलाई स्थायी कमिटी बैठकमा लैजाने हो ।’
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...