×

NMB BANK
NIC ASIA

कोका—कोला र सान्टा क्लज

पुस ६, २०७७

NTC
Premier Steels

विगत केही दशकदेखि डिसेम्बर महिनामा सेतो दाह्री भएको व्यक्ति, रातो कोट लगाएर कोलरमा सेतो फर र स्लिभ, काँधमा झोला बोक्ने दृश्य विशेष गरी नेपालमा प्रचलित छ । तिनीहरू लगभग प्रत्येक वर्षको यस समयमा सबै ठाउँमा देखिन्छन् ।

Muktinath Bank

मलहरू, सुपर स्टोरहरू र न्यूरोडको सडकहरूमा यो दृश्य प्रशस्तै देख्न सकिन्छ । रातो र सेतो पोशाकमा गीतहरू गाउँदै, पैदल यात्रीहरूलाई हात हल्लाउदै सबैलाई क्रिसमसको शुभकामना दिने यी प्रफुल्ल मानिसलाई देख्दा सधैं राम्रो लाग्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् १९३१ भन्दा अघि, सान्टा क्लजको हामीलाई अहिले थाहा भएको र मन पराउने भन्दा भिन्न रुप थियो । त्यसबेला, सान्टालाई एक अग्लो दुब्लो मानिसदेखि लिएर डरलाग्दो देखिने योगिनीसम्म चित्रण गरिएको थियो । एक सिभिल वार कार्टुनिस्ट थोमस नास्टले १८६२ मा सान्टा क्लज हार्परस् विकल्लीमा संघलाई समर्थन गर्ने एउटा सानो योगिनी जस्तो चित्र कोरे । त्यसपछि नास्टले ३० वर्षसम्म सान्टाको कोटको कलर खैरोबाट रातोमसम्म परिवर्तन गर्दै बनाउन जारी राखे जुनलाई आज सान्टा भनेर चिनिन्छ ।


Advertisment
Nabil box
Kumari

८१ वर्ष पहिले, एक व्यक्तिको कल्पनाशक्ति र कलात्मक स्पर्शको लागि धन्यवाद जसले समकालीन दर्शनमा सेतो दाह्री सहित प्रफुल्ल मुद्रा भएको भद्र पुरुषको रूपमा सान्टा क्लजलाई जन्म दिए । छुट्टीका लागी कोका—कोलाको विज्ञापनको एक लामो श्रृंखला चलाइसकेका स्वीडीस्—अमेरिकी कलाकार ह्याडन सन्डब्लोमद्वारा बनाईएको, सान्टा क्लजको आजको पोषित संस्करणले तुरुन्तै संसारभर छुट्टीको मौसमको प्रतीकको रूपमा मान्यता पाएको छ ।
सान्टाको कोका—कोला संस्करण पहिलो पटक १९३१ मा सार्वजनिक गरिएको थियो जसलाई स्विीडीस्—अमेरिकी कलाकार ह्याडन सन्डब्लोमले सिर्जना गरेका थिए जुन प्रिन्ट विज्ञापनको श्रृंखलामा —द स्याटर्डे इभिनिंग पोष्ट, लेडीज होम जर्नल, नेशनल जियोग्राफिक र अन्य अमेरिकी प्रकाशनहरू देखा परेको थियो ।

Vianet communication

मनमोहक छविहरूले सर्वसाधारणहरुलाई आकर्षित गर्यो, जसले प्रायःतुरुन्तै मायालु व्यक्तित्वलाई क्रिसमसको स्थायी प्रतीकको रूपमा अपनायो । त्यसपछिका केही दशकहरूमा, ठूलो ब्रासको बेल्टको बकलको साथ रातो र सेतो सूटमा मानिस जुन सेन्ट निकोलसको कलाकारका चित्रणहरु— “फादर क्रिसमस” चित्रदर्शी रूपमा देखा पर्‍यो ।

सन् १९३१ देखि १९६४ सम्म, कोका—कोलाको विज्ञापनले सान्टाले खेलौना पठाउँदै (र उनीहरूसँग खेल्दै!), पत्र पढेर कोकको मज्जा लिन रोकिएको, उनलाई अभिवादन गर्न आएका केटाकेटीहरूसँग भेट्दै, र धेरै घरहरुमा रेफ्रिजरेटरहरूमा छापा मारेको देखियो । 

अर्को रमाईलो तथ्य के हो भने, कोका—कोलाको सान्टा एक बिक्रेतामा आधारित थियो । सन्डब्लोमले शुरुवातमा प्रफुल्ल, कहि रिंगकल्ड विशेषता भएको मिलन्सार सेवानिवृत्त सेल्सम्यान लु प्रिन्टिसलाई हेरेर सान्टाको हसिलो अनुहारको मोडलिंग गर्यो । जब प्रिन्टिसको मृत्यु भयो, सन्डब्लोमले आफूलाई मोडलको रुपमा प्रयोग गरेर ऐनामा हेर्दा चित्र बनाए । अन्तमा, उनले सेन्ट निकको छवि सिर्जना गर्न फोटोग्राफरहरूमा भर पर्न थाले ।
कोका—कोला सान्टा छविलाई मानिसहरू यत्ति धेरै मन पराए कि उनीहरूले हरेक विवरणलाई एकदम ध्यान दिएर हेर्न थाले र केही परिवर्तन भएपछि तिनीहरूले कोका— कोला कम्पनीलाई चिठी पठाउन थाले । एक पटक जब सान्टाको बेल्ट पछाडि थियो र अर्को जब सान्टा क्लज विवाहको औंठी बिना देखा परे, प्रशंसकहरूलाई क्लाउजको श्रीमतीलाई के भयो भनेर सोध्न बाध्य तुल्यायो ।

सान्टा क्लजले सन् १९४२ “स्प्राईट ब्वाई” नामक नयाँ साथी पायो, जुन कोका—कोलाको विज्ञापनमा १९४० र १९५० को दशकमा सान्टा क्लजसंग देखिएको एक पात्र थियो । सन्डब्लोमले नै सृजना गरेको स्प्राईट ब्वाईको नाम चाहीँ उनी स्प्राइट वा योगिनी भएको यर्थाथबाट रहन गएको हो ।(यो १९६०को दशकसम्म कोका—कोलाले लोकप्रिय पेय पदार्थ स्प्राइर्ट सार्वजनिक नगरेसम्म थिएन ।) 

सन्डब्लोमले १९६४ मा सान्टा क्लजको अन्तिम संस्करण सिर्जना गरे, तर धेरै दशकहरू सम्म कोका—कोलाको विज्ञापनले सन्डब्लोमको मूल कार्यहरूमा आधारित सान्टाको छविहरू चित्रित गर्‍यो । यी चित्रहरू कम्पनीको अभिलेख विभागको कला संग्रहमा सबैभन्दा मूल्यवान चीजहरू हुन् र यो पेरिसको लुभ्रे, टोरन्टोको रोयल ओंटारियो संग्रहालय, शिकागोको विज्ञान र उद्योग संग्रहालय, टोकियोको द इसटान डिपार्टमेन्ट र स्टकहोमको एनके डिपार्टमेन्ट स्टोर जस्ता प्रख्यात स्थानहरूमा विश्वभरि प्रदर्शन भइरहेको छ । धेरै मूल चित्रहरु कोका—कोलाको विश्व अटलान्टा, गामा प्रदर्शनमा देख्न सकिन्छ ।

सन् २००१ मा, सन्डब्लोमको १९६३ को चित्रकलाको कलाकृति कोका—कोलाको सान्टा अभिनीत एनिमेटेड टिभी विज्ञापन लागि आधार थियो । उक्त विज्ञापन एकेडेमी पुरस्कार विजेता एनिमेटर अलेक्सान्ड्रो पेट्रोभद्वारा सिर्जना गरिएको थियो ।

कोका—कोलाले निश्चित रूपमा सान्टा क्लजको किवदन्ती सिर्जना गरेन । तर, कोका—कोलाको विज्ञापनले आज हामीलाई चिनेको प्रफुल्ल पात्रलाई निर्माण गर्न ठूलो भूमिका निर्वाह गरेको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x