×

NMB BANK
NIC ASIA

कोरोना महामारीबीच पोखरामा सडक महोत्सव : थामिएनन् दर्शक, अपेक्षाभन्दा बढी भीड

पुस १७, २०७७

NTC
Premier Steels

कोरोना महामारीको बेवास्ता गर्दै हजारौं मानिस पोखरा सडक महोत्सवमा रमाएका छन् ।

Muktinath Bank

अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा आयोजित २२औं पोखरा सडक महोत्सवमा न्यु इयर इभ मनाउन पोखरासहित विभिन्न ठाउँबाट गएराति लेकसाइडमा आन्तरिक पर्यटकको घुइँचो लागेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतमा जस्तो आतिसबाजी यसपालि नभए पनि उनीहरूले आपसमा शुभकामना साटासाट गर्दै मध्यरातमा फेवाताल किनारबाट नयाँ वर्षको भव्य स्वागत गरे । 


Advertisment
Nabil box
Kumari

गत वर्षदेखि शुरू कोभिड– १९ को प्रभाव १० महिनायता पनि कायमै रहेका बेला आयोजित महोत्सवमा मानिसको ठेलमठेल भीड देखिन्थ्यो ।

Vianet communication

अधिकांशले मास्क लगाएका भए पनि भीडमा कोभिड–१९ संक्रमण हुन नदिन पर्याप्त सावधानी देखिँदैन थियो । फेवाताल किनारको शहीद चोकदेखि हल्लनचोक हुँदै डिहिकोपाटनसम्म मानिसको लर्को थियो । 

ठाउँ–ठाउँमा आयोजित सांगीतिक कार्यक्रममा मानिसहरू झुम्मिएका देखिन्थे । करीब ३ किमी क्षेत्रफलमा भएको महोत्सव नेपालमै सबैभन्दा ठूलो क्षेत्रफलमा आयोजना हुने महोत्सव हो । 

आयोजक रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखराका अध्यक्ष लक्ष्मण बरालले आफूहरूले सोचेभन्दा बढी दर्शक आएको बताए ।

उनले भने, ‘विषम परिस्थितिका कारण यति धेरै सडक नै भरिने गरी दर्शक आउनुहुन्छ होला भन्ने लागेको थिएन, तर सोचेभन्दा बढी आउनुभयो । रेष्टुरेन्ट तथा होटलहरू करीब ७०/८० प्रतिशत भरिभराउ थिए ।’
उनका अनुसार करीब ३०/४० हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् । 

मानिसको अत्यधिक भीडले कोरोना भाइरसको संक्रमण पनि उत्तिकै बढायो होला नि भन्ने जिज्ञासामा दर्शक स्वयं सचेत भइसकेको अवस्थामा उनीहरूलाई मास्क र स्यानिटाइजर प्रयोग गर्न भनिएको तथा सडकका ठाउँठाउँमा कोभिड–१९ विरुद्ध सचेतनामूलक बोर्ड राखिएकाले संक्रमण खासै नफैलिएको दाबी अध्यक्ष बरालले गरे ।   

विगतमा जस्तो महोत्सवले निरन्तरता नपाउने आशंकाबीच जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सचेतना अपनाउँदै महोत्सव गर्न अनुमति दिएपछि आयोजक  उत्साहित भएका थिए । 

विगतमा ५ दिनसम्म हुने गरेको महोत्सव छोट्ट्याएर ३ दिनसम्म मात्र सञ्चालन गरिएको हो । मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले बुधबार औपचारिक रूपमा उद्घाटन गरेको सडक महोत्सव शुक्रवारसम्म चल्नेछ । 

सडकमै नाचौं, सडकमै खाऔं, सडकमै रमाऔं नाराका साथ आन्तरिक एवं बाह्य पर्यटन प्रबर्द्धनका लागि रेवानले हरेक वर्ष यो महोत्सव आयोजना गर्दै आएको छ ।

महोत्सवमा खानाका विभिन्न परिकार सडक किनारमा कुर्सी टेबुल उतारेरै ग्राहकलाई पस्किने गरिन्छ भने विभिन्न सांगीतिक कार्यक्रम हुने गर्दछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x