×

NMB BANK
NIC ASIA

बिन्ध्यबासिनी विरुद्ध कलाकारहरू एकजुट, दर्जनौं कलाकारले गरे उजुरी

बिन्ध्यबासिनीका संचालक भन्छन् :‘बेरोजगारहरूको झुण्डको नाटक’

पुस २४, २०७७

NTC
Premier Steels

बिन्ध्यबासिनी म्यूजिक प्रा.लि. र गायक प्रमोद खरेलको विवादले नयाँ मोड लिएको छ । 

Muktinath Bank

बिन्ध्यवासिनीले गायक खरेलविरुद्ध प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि खरेलले पनि आफ्नोतर्फबाट प्रेस विज्ञप्ती जारी गर्दै बिन्ध्यबासिनीले गरेको चरम शोषणबिरुद्ध उजुरी दिएका छन् ।


Advertisment
Nabil box
Kumari

आजै विभिन्न कलाकारहरूको सामूहिक हस्ताक्षरसहित विन्ध्यबासिनीले कलाकारको मानहानी गरेको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दर्ता गरिएको छ ।

Vianet communication

उक्त उजुरी पत्रमा ५७ जना कलाकारको हस्ताक्षर छ । उनीहरूले पनि गायक खरेलको पक्षमा रहँदै आफ्नो एल्वम् फिर्ता पाउन माग राखेका छन् । 

उनीहरूको उजुरीपत्रमा उक्त कम्पनीले आर्थिक शोषण गरेको र कलाकारहरूको अपमान गरेको जनाइएको छ ।

कलाकारहरूले विन्ध्यवासिनी म्युजिकका प्रमुख सुवास रेग्मीले सामाजिक सञ्जाल लगायत विभिन्न ठाउँमा कलाकारहरूको इज्जतमाथी दाग लगाउने गरी गाली गलौज तथा मानहानी गरेको बताएका छन् । 

कलाकारहरूले आफ्नो लगानीका सिर्जनाको प्रतिलिपि अधिकार आफैंमा फिर्ता गर्न अभियान समेत चलाएका छन् । 

उजुरीमा कलाकारले आफ्नो सिर्जना फिर्ता माग्दा सद्भावपूर्ण अभिव्यक्तिको सट्टा गालीगलौज गरेको भन्दै कारवाहीको माग गरेका छन् ।

सुवास रेग्मी भन्छन्, ‘यो के रमिता गरेको ?’

लोकान्तरसँग यस विषयमा कुरा गर्दै संचालक सुवास रेग्मीले ५७ जना कलाकारलाई बेरोजगारहरूको झुण्डको संज्ञा दिएका छन् । 

उनले भने, ‘यो टिममा स्टुडियोमा काम नपाएर बेरोजगार भएको झुण्डहरू छन् । ३७ जना त मैले नामै सुनेको रहेनछु । एक/दुईजना बच्चा पनि छुटेका छन् । गुल्मीको भाइरल गायक बाबु सचिन, सानी फुच्ची गायिका कमला पनि छुटेकी रहिछन् । अरु केहि बाबु, नानीहरू पनि छुटेको छ । अरुलाई पनि समेटेको भए हुने ।’

संचालक रेग्मीले उक्त हस्ताक्षर के प्रयोजनका लागि हो भन्ने समेत स्पष्ट नभएको बताए । ‘देशमा कानुन छ, संविधान छ । कानूनले जे भन्छ त्यो गर्न तयार छु,’ उनी थप्छन्, ‘मागेर पाइदैन । लड्न पाइयो । लडेर लिए हुन्छ ।’ 

विन्ध्यवासिनी आएर सम्झौता गर्नुको साटो रमिता देखाएको भन्दै रेग्मीले फेरी थपे, ‘कुनै बेला पैसा भएन हजुर म माथि लगानी गरिदिनुस् न भन्दै आउँदा मैले लगानी गरिदिने अहिले २–४ वटा गीत चलेपछि गीत फिर्ता माग्ने ? सहमति जे भएको त्यो त्यो अनुसार लडे हुन्छ ।’ 

उनले माइतीघरमा आन्दोलन गरेपनि, बानेश्वरमा आन्दोलन गरेपनि अथवा प्रहरीमा उजुरी दिएपनि कलाकारहरूको यो कदमले उनीहरू आफैलाई ‘डाउन’ गरेको जिकिर गरे । 

‘अर्काको सम्पत्ति मागेर पाइदैन दुःख गर्नुपर्छ’, लोकान्तरसँगको फोनवार्तामा रेग्मीले भने, ‘बिचरा प्रमोदले पनि दुःख पाउने भयो । २–४ लाख जाने भयो उसको पनि ।’

रेग्मीले विवाद छलफलबाट सल्टाउन सकिने भएपनि कलाकारहरूले गलत बाटो रोजेको बताए । 

प्रमोद खरेल भन्छन्, ‘मानसिक रुपमै कमजोर भएँ’

आदरणीय अग्रज, प्रिय साथीहरू, शुभचिन्तक, दाजुभाइ दिदीबहिनीहरू । विगत केहि महिनाबाट सामाजिक सन्जालमा एक म्यूजिक संचालकको एकाउन्टबाट मेरो बारेमा आएका स्टाटस र अन्टसन्ट टिकाटिप्पणीबारे गम्भीर ध्यानाकर्षण भएको छ ।  यी कुराहरू सार्वजनिक गर्न पटक्कै मन थिएन । तर, बाध्य भएर लेख्दैछु । 

मेरो सांगीतिक यात्रामा आदरणीय अग्रज, शुभचिन्तक, साथीभाइ , संगीत उद्यमी, आदरणीय स्रष्टा ( आधुनिक, लोक , पप , रक तथा चलचित्र )हरूको तथा संचारकर्मी र पत्रकार साथीभाइहरूको साथ र माया छ । र सम्पूर्ण उहाँहरू प्रति मेरो उत्ति नै सम्मान रहेको छ । मेरो सांगीतीक यात्रामा मेरो मिहिनेत साधनासँगै तमाम आदरणीय श्रोता तथा शुभचिन्तक को साथ आशिर्वाद र माया को उत्तिकै महत्वपूर्ण योगदान छ । रेकर्डिङ यात्रा शुरु गरेको १० वर्षपछि २ गीतिसंग्रह र झण्डै ५० चलचित्र  गायन पछि मेरो तेस्रो गीति संग्रह प्रणय २०६७ सालमा प्रकाशन भयो, जसमा समावेश ‘म बिना कसैकसैलाई ( गीतकार ( शीतल गिरि संगीतकार (महेश खडका, याद गर्न पनि ( गीतकार (राजेन्द्र थापा संगीतकार (महेश खड्का) लगायतका हजुरहरूले मन पराउनु भएका सृजना समावेश छन् ।

यो गीतिसंग्रह मैले सम्बन्धित गीतकार र संगीतकारज्युहरूको स्वीकृति मा निर्माण गरेको थिएँ । जसलाई मैले पहिले सहकार्य गरेको धौलागिरि क्यासेटबाट प्रकाशन हुनै लाग्दा आदरणीय महेश खड्का दाइ लगायत केहि साथीहरूको सल्लाह र सुझाबलाइ मध्यनजर गर्दै मैले बिन्ध्यबासिनी म्यूजिकलाई एल्बम प्रकाशन तथा बिक्री वितरणका निम्ती ५ बर्ष को लिखित सम्झौता गरि दिएको हुँ । त्यस क्रममा मैले रु १ लाख १० हजार लिएको हुँ, पहिलो भिडियोको लागि लाग्ने मध्ये रु १ लाख कम्पनीले दिने गरी सम्झौता गरेको हुँ ।

 र कम्पनीले २ लाख बराबर को प्रमोशन गरिदिने सम्झौता गरेको हुँ । दिएको प्रमोशन को २ लाख समेत जोडेर आउने रु ४ लाख १० हजार कम्पनीले मैले पाउने रोयल्टी/आम्दानीबाट असुल गरेर कम्पनी सुरक्षित भएपछि मात्र  म आम्दानी को हिस्सेदार बन्ने सहमती भएको हो । अर्थात् कम्पनी ले आफुले गरेको खर्च उठाइसक्ने त्यो पनि मेरो आम्दानीबाट । तसर्थ एल्बमको निर्माता म हुँ कम्पनी हैन । बाँकी खर्च, विमोचन खर्च लगायत मैले गरेको हुँ । कम्पनी ले बनाउने भनिएको दोस्रो भिडियो (याद गर्न पनि) नबनाएपछि पछि म स्वयमले बनाएर उल्टै कम्पनी लाइ नै बुझाएको हुँ । 

करारमा एल्बमको सम्पूर्ण अधिकार म मा निहित रहेको कुरा कम्पनीले नै सहीछाप गरेको करार मा स्पस्ट उल्लेख छ । र करार अवधी ५ बर्ष को मात्र छ । वार्ता संवाद छलफल बाट कस्ता कस्ता जटिल समस्या हरू पनि सुल्झिन्छन् तर करार अनुसार सम्झौता समय सकिएपछि मैले बिभिन्न चरणमा गरेर एल्बम फिर्ता माग्दा कम्पनी का संचालक सुवास रेग्मी ज्यू बाट संवाद का ढोकाहरू एकतर्फी बन्द गर्दै फेसबूक स्टाटस मार्फत मलाई अत्यन्त अशोभनीय, तल्लो स्तरका मानहानि हुने शव्दहरू प्रयोग गरी गालीगलौज, दुव्र्यवहार पुर्ण व्यवहार भैरहेको छ । म मात्र हैन समग्र संगीत क्षेत्र लाइ नै बदनाम र अपमान हुने शव्दहरू फेसबुकमा लेख्ने कार्य भैआएको छ ।

अहिलेसम्म एउटा पनि विवादमा नमुछिएको मलाइ उहाँका स्टाटसले मानसिक रुपमै कमजोर बनाउने प्रयास भयो । घरायसी स्वास्थ्य अवस्थाबाट पार पाउन खोज्दै गर्दा भएको यो फेसबुक आक्रमण  म अत्यन्त दुखित र पिडित भएको छु । अहिलेसम्म कम्पनी ले मलाइ कुनै हिसाब किताब बुझाएको पनि छैन । मैले लिखित रुपमै मागेपछि कार्यालयमा बोलाएको थियो । तर फेसबुक मा अपमानजनक आपत्ति जनक अभिव्यक्ति दिदै गरेपछि उक्त कार्यालय जान वातावरण नै बनेन र मैले इमेल मार्फत हिसाब मागे । तर मेरो इमेल नै सार्वजनिक गर्दै धज्जी उडाउँदै स्टाटस आइरहे ।

यसै बीच एल्बम मागेकै कारण उहाँले हुदै नभएको कानून मा टेकेर मैले मेरा गीत स्टेजमा गायो भन्दै १ करोडको क्षतिपूर्ति सहित उजुरी हालेर समाचार बनाउँदै मलाई हतोत्साहित बनाउने प्रयास गर्नुभयो । जुन समग्र नेपाली गायक गायिका कै घोर अपमान को विषय हो । 

यसै क्रममा प्रस्तोताको अग्रणी संस्था प्रस्तोता समाज नेपालको सुझाव, अग्रज अनुज र सहकर्मी साथी हरू को साथ र उपस्थिति सँगै मैले निज सुवास रेग्मी विरुद्ध मानहानि तथा मेरो ( एक स्रस्टा, निर्माता र प्रस्तोताको) अधिकार हनन करार उल्लंघन र प्रतिलिपि अधिकार उल्लंघन विरुद्ध न्यायलयसमक्ष छुट्टाछुट्टै उजुरी दिएको छु ।

हेर्नुहोस् कलाकारहरूको हस्ताक्षर :

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x