×

NMB BANK
NIC ASIA

परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाने, कालापानी, लिपुलेक क्षेत्रको विषयमा छलफल हुने

पुस २५, २०७७

NTC
Premier Steels

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाने भएका छ ।

Muktinath Bank

भ्रमणका सम्बन्धमा औपचारिक मिति तय भइनसकेको भए पनि भ्रमणका लागि तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । “कार्यसूची तय गर्ने विषयमा काम गरिरहेको, सबै कुरा मिलेपछि भ्रमणमा जाने औपचारिक मिति तय हुनेछ,’’ मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा शुक्रवार आयोजित एक सार्वजनिक सम्बोधनमा परराष्ट्रमन्त्रीको भारत भ्रमण जनवरी १४ अर्थात् माघ १ गते हुने बताएका छन् । परराष्ट्रमन्त्रीको आसन्न भारत भ्रमणले सुदूरपश्चिम क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने प्रधानमन्त्रीको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

प्राप्त जानकारीअनुसार भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिनेछन् । दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्ने सो बैठकमा उनले भारतका उच्च नेतृत्वसँग समेत भेटवार्ता गर्नेछन् ।

Vianet communication

आयोगको बैठकमा दुई देशबीच सहकार्य भएका विविध परियोजना र अन्य अलमलमा परेका समस्याका विषयमा छलफल हुने सम्भावना औँल्याइएको छ । बैठकले परियोजनामा प्राप्त सफलता र गाँठो परेका विषय फुकाउने कार्यदिशा तय गर्नेछ । यस पटकको बैठकमा नेपाल–भारतबीच थाँती रहेका तथा सीमा समस्याका विषयमा समेत छलफल गर्ने तयारी गरिएको छ ।

मन्त्री ज्ञवालीले नै विभिन्न सार्वजनिक कार्यक्रममा त्यस विषयमा संयुक्त आयोगको बैठकमा कुरा उठाइने टिप्पणी गरेका थिए । जसअनुसार तत्काल समाधान गर्नुपर्ने देखिएको कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको विषयमा समेत बैठकमा कुरा हुनेछ ।

साथै भारतले उत्पादन गरेको कोभिड–१९ खोप नेपाल ल्याउनसमेत उनले आवश्यक पहल गर्नेछन्। सन् २०२० नोभेम्बरमा नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव हर्षवद्र्धन शृङ्गलामार्फत भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशङ्करले मन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्ता पठाएका थिए ।

सन् २०१९ मा संयुक्त आयोगको पाँचौँ बैठक नेपालमा बसेको थियो । यस पटकको बैठकमा गत बैठकमा समेत थाँती रहेको प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन बुझाउने विषयमा समेत थप छलफल हुने जनाइएको छ । भारतको लगानी रहेका विभिन्न जलविद्युत् आयोजना, जलस्रोत र यस क्षेत्रका समस्याबारे बैठकमा छलफल हुने औँल्याइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x