×

नेपाल-भारत छैटौं संयुक्त आयोग बैठक : यी हुन् नेपालका १२ एजेन्डा

पुस २७, २०७७

नेपाल–भारत छैटौं परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग बैठकका लागि नेपालले यसै वर्ष लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभागलाई समेटेर जारी गरेको चुच्चे नक्सा र कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिकतामा राखेर एक दर्जन एजेन्डा तयार पारेको छ । 

परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाको नेतृत्वमा दुई मुलुकबीच माघ १ र २ गते नयाँदिल्लीमा हुन लागेको संयुक्त आयोग बैठकको एजेन्डा (विषयवस्तु) हरू तयार गरिएको हो । मन्त्रालय स्रोतबाट कान्तिपुरलाई प्राप्त सूचनाअनुसार द्विपक्षीय वार्ताका लागि करिब एक दर्जन विषय छनोट गरिएका छन् । त्यसमध्ये नेपालले जारी गरेको चुच्चे नक्सा प्राथमिकतामा छ । नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभागलाई समेटेर नक्सा जारी गरे पनि उक्त भूभाग अहिले भारतीय अधीनमै छ । उक्त भूभाग फिर्ता ल्याउनका लागि छलफलको मुख्य विषय चुच्चे नक्सालाई बनाउन लागिएको छ ।


Advertisment

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस पटकको बैठकमा मुख्य एजेन्डा नक्सा रहेको दाबी गरेका छन् । राष्ट्रिय सभालाई आइतबार सम्बोधन गर्ने क्रममा दुई मुलुकबीचको बैठकमा नक्साको विषयमा छलफल हुने दाबी गरे । ‘अबको तीन दिनपछि हाम्रो परराष्ट्रमन्त्री माननीय प्रदीप ज्ञवाली भारत भ्रमणमा जाँदै हुनुहुन्छ, उहाँले हामीले हाम्रो भूभागसमेत सामेल गरेर छापेको नक्सा अथवा नक्सामा छापिएकासहित विभिन्न विषयमा छलफल गर्नुहुनेछ,’ उनले भने, ‘हाम्रो भारतसँगको सम्बन्धलाई व्यावहारिक रूपमा सफलतापूर्वक अगाडि बढाउनका लागि योगदान गर्नुहुनेछ ।’


Advertisment

अर्को महत्त्वपूर्ण एजेन्डाका रूपमा कोरोना भाइरसविरुद्धको खोप रहेको छ । भारतका विदेश सचिवले हर्षवर्धन श्रृंगलाले मंसिरमा नेपाल भ्रमणको दौरान भारतमा उत्पादन हुने कोरोना भाइरसविरुद्धको भ्याक्सिन उपलब्ध गराउन नेपाललाई उच्च प्राथमिकतामा राखेको जनाएका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले यसपटकको बैठकमा खोपको विषयमा पनि नेपालको मुख्य चासो रहने कान्तिपुरसँग बताए । ‘कोरोना भाइरस संक्रमणविरुद्ध लड्नका लागि भारतले नेपाललाई सहयोग गरिरहेको छ, यसमा हामी भारतलाई धन्यवाद दिन्छौं, अब कोरोना भाइरसविरुद्धको खोपलाई लिएर पनि हामी भारतसँग छलफल गर्नेछौं,’ मन्त्री ज्ञवालीले भने ।

यस्तै काठमाडौंमा भएको पाँचौं संयुक्त बैठकमा मुख्य गरी उठाइएका नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन र नेपाल–भारतबीचको सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धिको बारेमा यसपटक पनि छलफल हुने मन्त्रालय स्रोतले बतायो । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठक २०७६ को भदौमा काठमाडौंमा बसेको थियो ।


नेपाल–भारतबीचका तमाम विषयलाई समेट्ने गरी ६ वर्षअघि दुवै मुलुकले प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) गठन गरेको थियो । ईपीजीले तीन वर्षअघि प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्रीलाई बुझाउने, त्यसपछि नेपालको प्रधानमन्त्रीलाई बुझाएपछि सार्वजनिक गर्ने भनेर ईपीजीले निर्णय गरेको थियो तर भारतले उक्त प्रतिवेदन हालसम्म लिन नमानेपछि अलपत्र परेर बसेको छ ।

‘यसपटक पनि यो विषयमा छलफल हुन्छ,’ मन्त्रालयका एक उच्च पदाधिकारीले भने । उनका अनुसार सन् १९५० मा दुई मुलुकबीच भएको शान्ति तथा मैत्री सन्धिको विषयमा पनि छलफल गर्ने एजेन्डा छ । नेपालले उक्त सन्धि असमान भएको भन्दै लामो समयदेखि पुनरावलोकनका लागि आवाज उठाउँदै आइरहेको छ । भारतले भने सन्धिलाई पुनरावलोकन गर्न मानिरहेको छैन ।

नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षबाट निर्माण भएका सडक, कल्भर्टलगायत भौतिक संरचनाका कारण नेपालका दक्षिण क्षेत्रमा हरेक वर्ष डुबान हुने गरेको छ । दुई मुलुकबीचको उक्त समस्या समाधानका लागि डुबान, बाढी नियन्त्रणका विषयमा पनि छलफल गर्ने परराष्ट्रको एजेन्डा छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बैठकका एजेन्डाहरूबारे गृहकार्य भइरहेको कान्तिपुरलाई बताइन् ।

यस्तै, दुई मुलुकबीचको आर्थिक सहयोग, द्विपक्षीय व्यापार, विभिन्न विकास परियोजना, रेल सञ्जाल, ऊर्जा, प्रविधि आदान–प्रदान र भूकम्पपछिको पुनर्निर्माणको विषयमा संयुक्त आयोगको बैठकमा छलफल गर्ने एजेन्डा मन्त्रालयले तयार गरेको छ । दुवै मुलुकको राजनीतिक तहमा उक्त संयन्त्र बनाउने सहमति भएपछि पहिलोपटक २०४४ सालमा स्थापना गरिएको थियो । उक्त आयोगले दुई मुलुकबीचका समस्यालाई समाधान गर्न र सम्बन्धलाई थप बलियो बनाउनका लागि बढाइएको हो ।

के–के छन् एजेन्डा ?

१. चुच्चे नक्सालगायत सीमा विवाद

२. कोरोना भाइरसको खोप

३. ईपीजी प्रतिवेदन

४. सन् १९५० को शान्ति तथा मैत्री सन्धि

५. आर्थिक सहयोग

६. द्विपक्षीय व्यापार

७. विभिन्न विकास परियोजनाहरु

८. रेल सञ्जाल

९. ऊर्जा

१०.डुबान र बाढी नियन्त्रण

११.प्रविधि आदान–प्रदान

१२.भूकम्पपछिको पुनर्निर्माण

कान्तिपुर दैनिकमा जगदीश्वर पाण्डेले खबर लेखेका छन् ।

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x