'पारश' छाडेका माधव वाग्लेको नयाँ फिल्म ‘हिमानी’ मा निश्चल र स्वस्तिमा !

निर्माता माधव वाग्लेले केहि समय अघि अनमोल केसीको मुख्य भुमिका रहने भनिएकाे चलचित्र ‘पारश’बाट आउट भएका थिए ।

चलचित्र निर्देशनमा डेब्यू गर्ने तयारीसहित उनले गत वर्ष ‘पारस’ घोषणा गरेका थिए । तर, अनमोलका बा भुवन केसीले निर्देशनमा खासै चित्त नवुझाएपछि उनले आफै स्क्रिप्टको स्वामित्व लिए ।


Advertisement

स्रोतका अनुसार फाइनल स्क्रिप्ट फेरी चेन्ज गरिएपछि माधव वाग्ले ‘पारस’ बाट अलग भएका हुन् ।

उनले भुवन केसीलाई यो चलचित्रको स्वामित्व ३० लाखमा बेचेका हुन् ।


Advertisement

यो चलचित्रबाट आउट भएको केहि हप्ता नहुँदै उनी नयाँ चलचित्र निर्माणको तयारीमा लागेका छन् । पुष १० गते उनले चलचित्र विकास बोर्डमा ‘हिमानी’ नाममा नयाँ फिल्म दर्ता गरेका छन् । चलचित्रलाई माधव वाग्लेले निर्माण र निर्देशन गर्ने बताइएकाे छ ।
 
निर्माता वाग्लेले ‘हिमानी’ नाम आफ्नै प्रोडक्सन हाउस प्रिन्सेस मुभिजको ब्यानरमा दर्ता गरेका छन् । ९० लाखमा निर्माण हुने भनिएको यो चलचित्रमा कलाकार निश्चल बस्नेत, स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भुमिकामा हुने गरी बोर्डमा नाम उल्लेख गरिएकाे छ ।
 
बोर्डमा चलचित्र दर्ता गर्नका लागि मात्र निश्चल, स्वस्तिमा र अर्पणको नाम लेखिएको हो वा ‘हिमानी’ मा उनीहरुको अभिनय नै रहन्छ ? यस बारे यथार्थ बाहिर आएको छैन् । नजिकका विश्वासिला पात्र भएकाले उनले बोर्डमा उनीहरुको नाम उल्लेख गरेको हुन सक्ने अनुमान गरिएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्