हिमपहिरोमा पुरिएर १२ जना बेपत्ता (भिडियो)

रुसको एक स्की रिजोर्टमा अचानक हिमपहिरो आएपछि हिउँमुनि १२ जना पुरिएको र अहिलेसम्म फेला नपरेको एक रोमाञ्चक भिडियो सार्वजनिक भएको छ । 

भिडियोमा उत्तर ककेसस क्षेत्रको डोम्बे रिजोर्टमा कृत्रिम हिमपहिरो आएको क्षण कब्जा भएको छ । त्यतिखेर एक व्यक्तिले बालकलाई सुरक्षित क्षेत्रतिर पुर्‍याउन लागेका थिए । 


Advertisement

हिउँमा पुरिएका टुरिस्टहरूलाई १७० भन्दा बढी उद्धारकहरूले खोजी गरिरहेका छन् । 

माउन्ट मुस्सा–अचितारामा रहेको लोकप्रिय रिजोर्टका दुईवटा ट्रेलर पनि हिउँमा पुरिएका छन् । 


Advertisement

क्याफे र स्की लिफ्ट पनि पुरिएका छन् । 

कम्तीमा ६ जनालाई हिउँमुनिबाट उद्धार गरिएको उद्धार टोलीका एक सदस्यले बताए । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्