×

NMB BANK
NIC ASIA

कोरोना खोपसँगै पर्यटन उद्योग आशावादी

माघ ८, २०७७

NTC
Premier Steels

कोरोना कहरका कारण सबैभन्दा प्रभावित पर्यटन उद्योगमा कोरोना खोप बिहीबार नेपाल भित्रिने समाचारले ठूलो राहत दिएको छ ।

Muktinath Bank

नेपालका प्रमुख पर्यटकीय बजार भारत तथा चीन दुवै मुलुक कोरोनाका कारण लकडाउनमा परेपछि नेपालले पनि गत वर्षको चैत ११ गतेदेखि लकडाउन गरेको थियो । नेपालले अन्तर्राष्ट्रिय सीमा तथा अन्तर्राष्ट्रिय हवाइ सेवा बन्द गरेपछि स्थल तथा हवाई यातायातको प्रयोग गरी नेपाल आउने पर्यटकको संख्या ठप्प नै भयो । कोरोना अगाडि २० लाख पर्यटकलाई स्वागत गर्न आतुर मुलुकमा भएको अचानकको बन्दले नेपाली पर्यटन उद्योग नराम्ररी थला प-यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधबार भारत सरकारले नेपाललाई कोरोना विरुद्ध प्रयोग हुने १० लाख डोज खोप अनुदानमा दिने निर्णयपछि भने नेपाली पर्यटन क्षेत्रमा एकप्रकारको आशा जागेको छ । होटेल संघ नेपालकी अध्यक्ष सिर्जना राणाका अनुसार पनि कोभिड–१९ को खोप नेपालमा आएसँगै यसले पर्यटन पुनरुत्थानमा ठूलो मदत पुग्नेछ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी भारतले नेपाललाई कोरोना विरुद्दको १० लाख डोज अनुदानको खोप बिहीबार नेपाल आइपुग्ने जानकारी दिएका छन् ।


Advertisment
Nabil box
Kumari

मन्त्री त्रिपाठीले पहिलो चरणमा कोरोनाविरुद्धको खोप फ्रन्टलाइनमा खट्ने सरसफाईकर्मी, चिकित्सक, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न व्यक्ति, सुरक्षाकर्मी लगायतलाई दिइने बताए । खोपका लागि आवश्यक कानुनी, प्रशासनिक, आर्थिक तथा प्राविधिक सबै तयारी पूरा भइसकेको पनि उनले जानकारी दिए । मन्त्री त्रिपाठीका अनुसार यति खोपमात्रै पर्याप्त नभएकोले बाँकी खोप पनि नेपाल भिœयाउन खरिद प्रक्रिया अगाडि बढाउने सरकारको तयारी छ ।

Vianet communication

यसअघि भारतमा यसै साताबाट खोप लगाउने काम राष्ट्रिय अभियानकै रूपमा अगाडि बढाइएको छ । जसबाट भारतीय पर्यटक अब नेपाल आउन सहज हुने विश्वास छ । राणाका अनुसार पनि मूलतः छिमेकी राष्ट्रहरूबाटै पर्यटक भिœयाउनका लागि सरकारले सहजता प्रदान गर्दै पर्यटन पुनरुत्थानमा आफूलाई केन्द्रित गर्नुपर्छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीका अनुसार पनि कोभिड–१९ को खोप छिमेकी राष्ट्र भारतलगायत अन्य देशमा सुरु भएसँगै नेपालमा पर्यटक आगमन बढ्दै जानेछ । “आन्तरिक र स्थलमार्गबाट आउने पर्यटकहरूबाटै पर्यटन क्षेत्रको पुनरुत्थान गर्नुपर्छ,” उनी भन्छन्, “धार्मिक पर्यटकहरूको लागि नेपालको मुख्य बजार मानिने भारतबाट आउनेहरूको संख्या पशुपति, लुम्बिनी, मुक्तिनाथ लगायतका क्षेत्रमा बढ्नेछ ।”
सन् २०२० मा नेपाल भ्रमण वर्षमार्फत २० लाख पर्यटक भिœयाउन आतुर नेपालको आशामा कोरोनाले तुषरापात गरेपछि जम्मा २ लाख ३० हजार ८५ पर्यटकले मात्रै नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

त्यसमध्ये पनि सन् २०२० मा कोरोना कहरका कारण नेपालको प्रमुख पर्यटकीय गन्तव्य भारतबाट ४० हजार ३३६ र चीनबाट १९ हजार २५७ पर्यटक नेपाल आएको तथ्यांक छ । तर, सन् २०१९ मा भारतबाट २ लाख ५४ हजार १५० तथा चीनबाट १ लाख ६९ हजार ५४५ पर्यटक नेपाल आएको पनि बोर्डले जनाएको छ । कारोबार दैनिकमा दीपेन्द्र थापा र गोपाल संग्रौलाले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x