कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार बिहान ७ बजे नै आएर सिन्धुलीका सन्त लामा तामाङ कागजपत्र मिलाउन व्यस्त देखिन्थे । प्रहरीलाई कागजपत्र देखाउँदै शव बुझ्ने ठाउँ कुन हो भनेर सोध्दै थिए ।
मलिन अनुसारमा रहेका तामाङलाई प्रहरीले लाइनमा लगायो ।
उनी लाइनमा लाग्नुको कारण थियो, आफ्ना भान्जा (मिलन लामा तामाङ) को मलेसियामा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएपछि शनिवार शव काठमाडौं पुग्दैथियो ।
शनिवार नेपाल एयरलाइन्सले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विमान चार्टर्ड गरेर १९ जनाको शव काठमाडौं ल्याउँदै थियो, जसका उनका भान्जाको शव पनि थियो । ९ वर्ष अघिदेखि वैदेशिक रोजगारी रहेका उनका भान्जा मिलन भर्खर २९ वर्ष पुगेका थिए ।
‘लाउलाउ–खाउखाउ उमेरमा छोडेर गए,’ सन्त लामा तामाङले भने, ‘अघिल्लो रात १२ बजेसम्म कुराकानी भएको थियो रे बुवासँग, बिहानै ८ बजेतिर मर्यो भन्ने खबर आयो ।’
१५ दिनअघि मात्रै २ वर्षीय छोरा र ५ वर्षीया छोरी छाडेर मिलनकी पत्नी अर्कैसँग ‘पोइल’ गएपछि परिवार दुःखमा थियो । उसले छोडेर गए पनि आफूसँग छोराछोरी भएकाले चिन्ता नगर्न बुवाआमालाई मिलनले फोनमार्फत् भनेका थिए ।
‘भान्जाले दिदी भिनाजुलाई त्यो गएर के भो र ? छोराछोरी छन्, कमाउने म छु चिन्ता नगर्नुहोला भनेका रहेछन्,’ सन्त लामाले लोकान्तरसँग भने, ‘पत्नी र परिवारलाई खुशी राख्न विदेशिएका भान्जा अहिले आफू नै रहेनन् ।’
मिलनले ९ वर्ष मलेसिया बस्दा तराई (बर्दिवास आसपास) मा जग्गा समेत किनेका थिए । आफू नेपाल आएपछि बुवाआमालाई तराईमा राख्ने योजनामा थिए उनी तर सबै कुरा उनीसँग सखाप भयो ।
सन्त लामाका अनुसार मिलनले पत्नी अर्कैसँग ‘पोइल’ गएपछि चिन्ता भएको गुनासो बुवाआमासँग गर्ने गरेका थिए । ‘कोरोना भाइरसको संक्रमण नभएको भए भान्जा चैतमै नेपाल आइपुग्थे । सबै कुरा ठीक हुन्थ्यो । कोरोनाले सबै कुरा बिगार्यो,’ सन्तले दुःखेको पोखे, ‘आफ्नै ‘जोइ’ गएपछि भान्जाले तनाव लिएका थिए । चिन्ताले गर्दा उनलाई यस्तो भयो । शव ल्याउन पहिला मलेसियामा भएको एजेन्टले ४ लाख रुपैयाँ चाहिन्छ भनेको थियो । पछि खै के गरेर मिलाएछन् त्यहाँका मान्छेले ?’ शनिवारै शव बुझेर सिन्धुली घरतिर लगिएको छ ।
०००
रौतहटका विरेन्द्र राउत २०७२ सालमा घरमा समस्या भएपछि १ लाख ५० हजार रुपैयाँ खर्च गरेर मलेसियामा कमाउनको लागि गएका थिए । ३ छोरा, भाइ, बुवाआमा र पत्नीलाई सुख दिन र साहुको ऋण तिर्नको लागि विदेश गएका थिए उनी ।
उनले विदेशमा बसेका साहुको ऋण तिरे । छोराहरूलाई राम्रो स्कूलमा पढाउने योजना बनाएका थिए । तर उनको योजना सपनामै रह्यो ।
२ महिनाअघि राति १२ बजेसम्म पत्नीसँग कुराकानी गरिरहेका थिए । कोरोना कहर सकिएपछि आफू फर्किने र सानो पसल गरेर परिवारसँगै बस्ने योजना समेत उनले पत्नीलाई बताएका थिए । तर बिहान ४ बजेसम्म उनको योजना योजनामै रह्यो ।
‘मृत्यु हुँदाको दिन राति अबेरसम्म पत्नीसँग कुराकानी गरिरहेका थिए रे तर बिहानै ४ बजे मृत्यु भयो भन्ने खबर आयो,’ उनका साढुभाइ हरिराम कुर्मीले लोकान्तरसँग भने, ‘अघिल्लो रातसम्म कुराकानी भएको थियो, एक्कासी कसरी मृत्यु भयो हामीले अहिलेसम्म पनि पत्याउन सकेका छैनौं ।’
कुर्मीका अनुसार मद्यपान र धुम्रपानका कारणले मृत्यु भएको मेडिकल रिपोर्टमा देखाएको छ तर उनीहरूलाई अहिलेसम्म पनि विश्वास छैन । वीरेन्द्रले रक्सी खान्छन् भन्ने परिवारलाई थाहा नभएको कुर्मीले लोकान्तरलाई बताए ।
मृतक राउत एकपटक बिदामा घर आएर गएका थिए । उनका १५, १२ र १० वर्षमा छोराहरू छन् । उनको एकल कमाइले छोरा र भाइलाई पढाएका थिए, घर खर्च चलाएका थिए । हेल्पसन कम्पनीमा काम गर्दै आएका राउतको मृत्युसँगै परिवारमा आर्थिक अभाव देखिएको छ ।
पैसा नभएका कारणले बाहिरबाट केही पैसा उठाएर शव लिन आएको साढुभाइ कुर्मीले बताए । ‘अब कमाउने कोही छैन । अवस्था कमजोर छ । हामीले सहयोग गरेर शव लैजाँदै छौं,’ हरिरामले लोकान्तरसँग भने ।
अधिकांश हृदयघातले मृत्यु
मलेसियाबाट शनिवार नेपाल एयरलाइन्समार्फत ल्याइएका शवमध्ये अधिकांश हृदयघात कारण मृत्यु भएकाहरू छन् । शनिवार ल्याइएका १९ वटा शवमध्ये धेरैजसो हृदयघातका कारण मृत्यु भएकाहरू रहेका नेपाल एयरलाइन्सका कर्मचारीले जनाएका छन् ।
‘३ जना आत्महत्या र अरु अन्य कारण मृत्यु भएकाहरू छन्,’ एयरलाइन्सका एक कर्मचारीले लोकान्तरसँग भने, ‘धेरैजसो हर्टअट्याक भएको देखिन्छ ।’
एकैठाउँमा २ थरि दृश्य
शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ थरि दृश्य देखिए । एउटा दृश्यमा परिवारसँग बिछोड भएर विदेश जाँदा पनि सुन्दर भविष्यको कल्पना र अनुसारमा मुस्कान थियो भने अर्काे दृश्य विदेशबाट आएको आफन्तको शव बुझ्नेहरूको मलिन अनुहार देखिन्थ्यो ।
शनिवार नेपाल एयरलाइन्सले तीर्थराम लोनिया, सुन्दर राई, कालु तामाङ, लिलाबहादुर खड्का, अजय भण्डारी, लक्ष्मीकुमार माझी, विष्णुकुमार चौधरी, भीमबहादुर मगर, सूर्यबहादुर तामाङ, अजय तामाङ, मिलन लामा तामाङ, प्रदीप शाह, धनबहादुर विश्वकर्मा, नेत्रप्रसाद भट्टराई, वीरेन्द्र राउत कुर्मी, ओजिर खान पैठान, मोहम्द मिस्तार, रामकुमार मुधीयारी र वीरबहादुर तामाङको शव ल्याएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...