कात्तिक २६, २०८०
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
महिलाको दिमाग पुरुषको तुलनामा विशेषगरी ध्यान केन्द्रित गर्न, आवेश नियन्त्रण गर्न, भाव तथा तनावको क्षेत्रमा बढी सक्रिय हुने गर्छ । केही पहिले गरिएको एक अध्ययनअनुसार उक्त तथ्य पत्ता लागेको हो ।
अध्ययनमा ४६ हजार ३४ मस्तिष्कको इमेजिङ अध्ययन गरिएको थियो । जसमा महिलाको दिमाग पुरुषको तुलनामा केही क्षेत्रमा बढी सक्रिय भएको पाइयो ।
अमेरिकामा अमेन क्लिनिक्सका संस्थापक तथा लेखक डेनियल जी अमेनले लैङ्गिक आधारमा मस्तिष्कको सक्रियता पनि फरक पाइएको बताएका छन् । जर्नल अफ अल्जाइमर डिसीजमा प्रकाशित लेखमा उनले भनेका छन्, ‘हामीले पुरुष र महिलाबीचका यस्ता भिन्नता पहिचान गरेका छौं, जो अल्जाइमर रोग जस्ता मस्तिष्कसँग जोडिएका विकारलाई लिङ्गका आधारमा जान्न सकिन्छ ।’
अध्ययनबाट पत्ता लाग्यो कि महिलाहरुको दिमाग विशेष गरी आवेश नियन्त्रण, ध्यान, भावुकता, भाव तथा तनावको क्षेत्रमा पुरुषको तुलनामा अधिक सक्रिय हुन्छ । जबकि पुरुषको दिमाग मस्तिष्कका दृश्य तथा समन्वय केन्द्रमा अधिक सक्रिय रहेको पाइयो । स्पेक्ट (एकल फोटो उत्सर्जन गणना टोमोग्राफी)ले मस्तिष्कमा रक्त प्रवाहको मापन गर्न सक्छ ।
अध्ययनमा पाइएको भिन्नताहरु थाहा पाइराख्नु महत्वपूर्ण छ । किनकी मस्तिष्क विकारले पुरुष र महिलालाई अलग–अलग तरीकाले प्रभावित गर्छ ।
महिलामा उल्लेखनीय रुपमा अल्जाइमर रोग, अवसाद तथा तनाव विकारको दर बढी देखियो । जबकि पुरुषहरुमा एडीएचडीको अधिक दर र आचरण सम्बन्धी समस्या देखियो ।
महिलामा बढिरहेको प्रीफ्रन्टल कार्टेक्स रगतको प्रवाहका कारण उनीहरु सहानुभूति, अन्तज्र्ञान, आत्मनियन्त्रण, सहयोग तथा चिन्ताको क्षेत्रमा अधिक क्षमता प्रदर्शन गर्न सक्छन् ।
अध्ययनबाट यो पनि पत्ता लाग्यो कि महिलाको दिमागको प्रीफ्रन्टल कार्टेक्समा रक्त प्रवाह बढिरहेकाले अधिक चिन्ता, अवसाद, अनिद्रा र खानपानको असन्तुलन रहेको पाइयो ।
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...