×

NMB BANK
NIC ASIA

अचम्मको गाउँ : आफ्नै घरमा बच्चा जन्मिए दृष्टिविहीन, अन्यत्र जन्माए सकुशलै !

माघ १३, २०७७

NTC
Premier Steels

गोरखाको आर्खेत बजारबाट साढे ३ घण्टा उकालो बाटो छिचोलेर स्वाँरा गाउँ पुगिन्छ । गाउँको सौन्दर्य देखेर जो–कोही आगन्तुक छिनमै थकाइ बिर्सिन्छन् ।

Muktinath Bank

तर आफ्नो गाउँको सुन्दरता नियाल्न स्थानीय क्षितिज आलेसँग आँखाको दृष्टि छैन । भलिभाँती बयान गरिदिन उनकी पत्नी स्वीकृतिसँग पनि आँखाको दृष्टि छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूको ३ वर्षकी छोरी छन् । डाक्टरले नाबालिकाको आँखाको ज्योति पनि कम छ भनेका छन् । त्यसैले क्षितिजलाई सुन्दर गाउँ पनि फिक्का लाग्दो रहेछ ।


Advertisment
Nabil box
Kumari

यही गाउँका केशर आले दम्पतीका १७ वर्षका छोरा रामकुमार र १४ वर्षकी छोरी प्रतीक्षा दृष्टिविहीन छन् । त्यही भएर केशर दम्पती पनि गाउँको चमकलाई बिरंगी देख्छन् ।

Vianet communication

होमबहादुर आलेका २ छोरा मनबहादुर र डिलबहादुर अनि छोरी विष्णु दृष्टिविहीन छन् । अर्का स्थानीय सार्की आलेका छोराहरू टीकाराम र छविलाल अनि छोरी झकमाया (खुशी) आँखा देख्दैनन् ।

आरूघाट गाउँपालिका–३ स्वाँरा गाउँमा १३ जना दृष्टिविहीन छन् । १२ जना त आले परिवारका हुन् । १ जना थापा परिवारका छन् । यहाँ १२७ घरधुरी मगर समुदायको बसोबास छ ।

‘खै हाम्रो गाउँमा किन यस्तो भयो ? थाहा पाउनै सकिएन,’ स्थानीय शिक्षक केशर आले भन्छन्, ‘पोहोर हाम्रो गाउँमा आँखा शिविर सञ्चालन भएको थियो । डाक्टरहरूले वंशाणुगत समस्या हो भन्नुभयो ।’

तर सबैभन्दा जेठा दृष्टिविहीन नै ३६ वर्षका क्षितिज हुन् । त्यसैले डाक्टरले भनेको कुरामा पूरै विश्वास गर्न गाउँलेले सकेका छैनन् ।

होमबहादुरले पत्नीलाई पछिल्लो पटक सुत्केरी गराउन माइत पठाए । पछिल्लो सन्तानको आँखा दृष्टियुक्त छ । ३ सन्तान लगालग जन्मजात दृष्टिविहीन जन्मेपछि सार्कीले पनि पत्नीलाई सुत्केरी गराउन काठमाडौं लगे । नभन्दै परिवारका नयाँ सदस्यको आँखा सकुशलै रह्यो ।

त्यो देखेपछि शंका पैदा भयो र पछिल्लो पटक सुत्केरी गराउन पत्नीलाई माइत पठाएको स्थानीय केशर आले बताउँछन् । मामाघरमा जन्मेकी कान्छी छोरी प्रतिमाको आँखा सकुशल रहेको उनको भनाइ छ ।

अर्का शिक्षक क्षितिजले पनि पत्नीलाई सुत्केरी गराउन पोखरा पठाए । दम्पती दृष्टिविहीन भए पनि छोरी भने दृष्टियुक्त जन्मिइन् । ‘अरूले सुन्दा त अन्धविश्वास जस्तो पनि लाग्ला । तर यहाँ यस्तै भयो,’ उनी भन्छन्, ‘हामी पनि विश्वास गर्ने कि नगर्ने ?’

उनका अनुसार सन्तान जन्मजात दृष्टिविहीन हुन थालेपछि कतिपयले सुत्केरी हुनुअघि देवीदेवता भाकल गर्ने गरेका छन् । ‘छोराछोरी जन्मजात दृष्टिविहीन नहोऊन् भनेर कोही मन्दिरमा पूजाआजा गर्छन्, कोही चर्चमा प्रार्थना गर्छन्,’ उनी भन्छन्, ‘संयोगले हो कि के हो, त्यसरी जन्मेका बच्चा सकुशल छन् ।’

स्थानीय जलकुमारी माविमा अतिरिक्त सेवासुविधा सहितको दृष्टिविहीन विशेष कक्षा सञ्चालन गरिएको छ । सेवासुविधा भने सधैं अपुग हुने गरेको विद्यार्थीको गुनासो छ ।

‘न बेलामा ब्रेल आउँछ न त अरू सामग्री नै,’ विद्यार्थी राजी विश्वकर्मा भन्छिन्, ‘अनि हाम्रो नाममा कर्मालय फाउन्डेसनबाट आएको मासिक ५०० रुपैयाँ पनि हेडसरले दिनुभएको छैन । यो कारणले दिन सक्दिनँ भन्नुभएको भए हामी चित्त बुझाउँथ्यौं । दिन्छु मात्र भन्नुहुन्छ तर दिनुभएको छैन ।’

छात्रावासको वातावरण पनि दृष्टिविहीनमैत्री नभएको विद्यार्थीको गुनासो छ । ‘हाम्रो होस्टेलको आँगनमा सधैं गाउँका मान्छे आउनुहुन्छ । तास खेल्नुहुन्छ । रक्सी खानुहुन्छ । हामीलाई एकदम ठीक लाग्दैन,’ एक दृष्टिविहीन विद्यार्थी भन्छन्, ‘यहाँ नआउनू भन्न पनि हामीलाई गाह्रो लाग्छ । व्यवस्थापन समिति, हेडसरहरूले यो वातावरण मिलाइदिनुपर्ने हो ।’

विद्यार्थीको गुनासो जायज रहेको प्रधानाध्यापक टेकबहादुर दाहाल स्वीकार्छन् । ‘५०० रुपैयाँ पकेट खर्च दिने भन्ने संस्थाको उद्देश्य रहेछ । त्यो रकम नदिने हाम्रो मनस्थिति  होइन,’ उनी भन्छन्, ‘विद्यालयको व्ययभार टार्न त्यतातिर खर्च भइरहेको छ । ठीक छ, अब यो वर्षबाट दिऊँ भन्ने सहमति भएको छ ।’ 

छात्रावासको वातावरण पनि विद्यार्थीको गुनासो अनुसारकै रहेको उनको स्वीकारोक्ति छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x