×

NMB BANK
NIC ASIA

सचिव सरुवाको तयारी, गृह सचिवमा एकनारायण अर्यालको सम्भावना प्रबल

माघ १४, २०७७

NTC
Premier Steels

सरकारले गृहसहित केही मन्त्रालयमा सचिव सरुवाको गृहकार्य थालेको छ ।

Muktinath Bank

स्रोतका अनुसार गृहसचिव महेश्वर न्यौपानेलाई निर्वाचन आयोग पठाउने तयारी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृहसचिव न्यौपानेको सरुवा हुने भएपछि गृहमन्त्रालयमा सरुवा हुन सचिवहरूको दौड शुरू भएको छ ।


Advertisment
Nabil box
Kumari

मुख्यसचिव पछि गृहसचिवलाई निकै महत्त्वपूर्ण मानिन्छ ।

Vianet communication

स्रोतका अनुसार गृहसचिवका लागि एकनारायण अर्याल, सूर्य गौतम र यादव कोइराला दौडमा रहेका छन् । 

अर्याल संघीय मामिला तथा सामान्य प्रशासन, कोइराला स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गौतम खरिद अनुगमन कार्यालयका सचिव हुन् ।

प्रतिनिधि सभा विघटनपछि देशव्यापी आन्दोलन भइरहेको र चुनावको मिति समेत घोषणा भएको अवस्थामा गृहसचिवको भूमिका निकै महत्त्वपूर्ण हुन्छ ।

स्रोतको दाबीलाई मान्ने हो भने लामो समय गृह प्रशासनमा बिताएका एकनारायण अर्याल गृहसचिव बन्ने सम्भावना प्रबल छ ।

यसअघि काठमाडौं महानरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका अर्याललाई सरकारले एक वर्षअगाडि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको थियो ।  

निजामती सेवामा निर्भीक, इमान्दार र निर्णय क्षमताको सबालमा अग्रपंक्तिमा अर्यालको नाम आउँछ ।

अर्यालले काठमाडौं महानगरपालिकामा रहँदा अनावश्यक भत्ता, सुविधा र खर्च नियन्त्रण एवं कटौती गरेर राज्य कोषको रकम बचाएका थिए । 

अनलाइनबाट राजस्व संकलन, घरको नक्साको डिजिटालाइजेसन, विभागीय प्रमुखहरूसँग कार्यसम्पादन करारजस्ता प्रमुख काम उनले महागरपालिकामा रहँदा गरे । साथै, काठमाडौं महानगरपालिकाको आफ्नै भवन निर्माण प्रक्रिया पनि अर्यालले अन्तिम चरणमा पुर्‍याएका थिए ।

सचिव हुनुअघि अर्याल भारतको कोलकत्तामा नेपाली महावाणिज्यदूत थिए । 

महावाणिज्यदूत छँदा उनले शुरू गरेको इलेक्ट्रिक कार्गो ट्र्याकिङ सिस्टमको चौतर्फी प्रशंसा भएको थियो ।

कोभिड महामारीमा यो सिस्टम निकै प्रभावकारी रहेको अधिकारीहरू बताउँछन् । 

अर्याल गृह मन्त्रालय मातहत रहेर लामो समय सेवा गरेका व्यक्ति हुन् । उनले आफ्नो करियरको धेरै समय गृह प्रशासनमा बिताए । 

जहाँ–जहाँ सीडीओ भएर गए त्यहाँ अर्यालले केही न केही सुधार र सकरात्मक परिवर्तनका काम गरेका थिए । 

गृह प्रशासन बुझेको अनुभवी थोरै कर्मचारीमा अर्याल पर्छन् । 

२०७२ सालको भूकम्पका बेला उनी काठमाडौंको सीडीओ थिए । 

भूकम्पका बेला कालोबजारी गर्ने उच्च घरानाका व्यापारीको गोदाममा छापा मारेर लुकाएर राखेको खाद्य सामग्री जफत गर्नुका साथै व्यापारीमाथि मुद्दा चलाए ।

व्यापक दबाबका बावजुद कालोबजारीमा संलग्न उच्च घरानाका व्यापारीमाथि कारवाही अघि बढाएपछि अर्यालको प्रशंसा चुलिएको थियो । 

अर्याल अनियमितता नगर्ने, घूस र ढिलासुस्तीमा तल्लीन कर्मचारीमाथि शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, फाइल अड्काएर दुःख नदिने, निर्णय क्षमता भएका निर्भीक एवं इमान्दार प्रशासकका रूपमा परिचित छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x