लामा नङ पाल्ने नेपालीलाई विदेशबाट मासिक १५ हजार सहयोग, बैंकमा ४ लाख जम्मा

प्रतिकात्मक तस्वीर

दिनेशसिंह यादवले लामा नङ पालेर विश्वमै देश र मधेशको नाम उचो पार्ने धोको राखेका छन् । 

सो धोकोलाई साकार पार्न जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टीका उनी विगत १० वर्षदेखि नङ पाल्दै आइराखेका छन् ।


Advertisement

लामा नङ पाल्नेमा आफू नेपालमै पहिलो व्यक्ति भएको दाबी गर्ने उनको हातको औलाको नङ ७, ९ र १० इन्च गरी ४० इन्चको भइसकेको छ ।

विदेशमा काम गर्ने केही कनकपट्टीवासीले नङबारे प्रचारप्रसार गर्दा केही युएसए र जापानवासीले उनलाई नङको संरक्षणका लागि आर्थिक सहयोग पनि गरिरहेका छन् ।


Advertisement

देश, प्रदेश र स्थनीय सरकारबाट कुनै पनि सहयोग प्राप्त नभएको यादवलाई नङ पालेर विश्व रेकर्ड कायम गर्नका लागि यूएसए र जापानवासीले मासिक १५ हजार रुपैयाँ रकम सहयोग गरिरहेको छ ।

विदेशमा कार्य गर्ने गाउँवासीको प्रचारप्रसारका कारण ४ वर्षअघि दुवै देश नागरिकले आफूसँग जनकपुरमा भेट गरी आर्थिक रूपले सहयोग गर्ने क्रम शुरू गरेको उनी बताउँछन् ।

जाडोयाममा सिरक ओढ्ने क्रममा नङको रक्षामा समस्या हुने गरेको बताउँदै यादव भन्छन्, ‘देश र मधेशको नाम उच्च पार्न जस्तोसुकै समस्यासँग लड्न तयार छु ।’

स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत यादव विदेशी नागरिकले नङ संरक्षण र प्रवद्र्धनका लागि गरेको सहयोग रकमले नङको संरक्षण कार्यसँगै बचत पनि गरेका छन् ।

उनी भन्छन्, ‘नङ संरक्षणका लागि सहयोगीबाट प्राप्त रकममध्ये मासिक ५०० रुपैयाँ खर्च हुने गरेको र बाँकी रकम भविष्यलाई ध्यानमा राखी बैंक जम्मा गर्दा हाल ४ लाख रुपैयाँ पुगेको छ ।’

कमेन्ट गर्नुहोस्