जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले बिपी राजमार्गअन्तर्गत पाँच खण्डको पुनःनिर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरेको छ ।
जाइकाको आर्थिक सहयोगमा निर्माण भएको राजमार्गमा विभिन्न खण्डमा भूकम्पले क्षति पु¥याएकाले जाइकाले पुनःनिर्माण गरेको थियो ।
जाइकाले भर्चुअल कार्यक्रममार्पmत आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई उक्त सडक हस्तान्तरण गरेको हो ।
राजधानीलाई पूर्वी तराईसँग जोड्ने १६० किलोमिटर लम्बाइको बिपी राजमार्ग जाइकाले सन् १९९६ मा निर्माण शुरु गरेको थियो । सन् २०१५ मार्चमा सम्पन्न गरी सडक नेपाललाई हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरेको दुई महिना नबित्दै विसं २०७२ मा गएको भूकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो । भूकम्पपछिको पुनःनिर्माण पनि जापानले नै जिम्मा लिएको थियो ।
लोकान्तर संवाददाता