मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
पुस २६ गतेको राष्ट्रिय सभा बैठकमा सदस्य प्रमिला कुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरिन् –
'२०१५ सालको संविधानलाई ०१७ सालमा राजा महेन्द्रले कू गरे । २०६१ सालमा ज्ञानेन्द्रले लोकतन्त्रको घाँटी निमोठे । ठ्याक्कै त्यही रोडम्यापअनुसार अहिलेका उपलब्धि मासिने गरी गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतामाथि तरबार झुन्ड्याउनुभएको छ, जसको प्रतिकार सडक र सदनबाट भइरहेको छ । हामी राष्ट्रिय सभाबाट पनि प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्न चाहन्छौं, यसमा तपाईं के भन्न चाहनुहुन्छ ?'
उनले गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनलाई २०६१ सालको माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले चालेको कदमसँग तुलना गरेकी हुन् ।
राष्ट्रिय सभा सदस्य प्रमिलाको प्रश्नको जवाफ दिन ओलीले धेरै शब्द खर्च गरेनन् ।
ओलीले भने – 'असंवैधानिक विघटनको घोर विरोध र भर्त्सना गर्छु भनेर दलले बोल्न लगाएको छ माननीयहरूलाई । आफ्नै बोली पनि खास नभएको हुनाले दलको अडान राख्नुभयो, धन्यवाद छ । त्यसले कस्तो हल्ला फिँजाइदै रहेछ, कस्तो प्रचार गरिँदै रहेछ भन्ने कुरा थाहा हुन्छ । प्रधानमन्त्रीलाई थाहा भयो, मलाई लाभ नै हुन्छ ।’
ओलीले विगतमा संविधानसम्मत् ढंगले नै 'कू' गर्ने गरिएको तर्क गरे ।
'हामीले विगतका घटनाहरूबाट पाठ सिक्नुपर्छ,' ओलीले यसो भनेर जवाफ दिइरहँदा सांसद कुँवरमा देखिएको भय मिश्रित आक्रोश शान्त भएन ।
ओलीको कदमलाई लोकतन्त्रकै अपहरण गरेका तत्कालीन राजा ज्ञानेन्द्रको कदमसँग तुलना गर्ने प्रमिला एक्ली पात्र भने होइनन् ।
सत्ताको नेतृत्व गरिरहेको नेकपाकै एउटा पक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालको नेतृत्वमा आन्दोलनका लागि सडकको सहारा लिइरहेको छ ।
नेकपाको प्रचण्ड-नेपाल पक्षका नेताहरूको धारणा एउटै छ– 'ओलीले 'कू' गरे । प्रतिगमनको मतियार बने । जनयुद्ध र जनआन्दोलनमार्फत प्राप्त भएका राजनीतिक उपलब्धिहरूलाई सिध्याउन खोजे ।'
प्रधानमन्त्री ओलीको दाबी भने फरक छ ।
उनले संसदीय व्यवस्थाले प्रधानमन्त्रीलाई दिएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेको तर्क गर्ने गरेका छन् ।
प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा परेका १३ रिटमा संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।
विषय वस्तुमै फर्कौं । राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले संकेत गर्न खोजेको माघ १९ संयोगले आज परेको छ ।
लोकतन्त्रको पुनःस्थापनापछि सबैजसो सञ्चारमाध्यमहरूले ज्ञानेन्द्रको तत्कालीन कदमबारे केही न केही संस्मरणात्मक सामग्रीहरू पाठकसामु पेश गर्ने गरेका छन् ।
संयोगवश अहिले अर्को प्रसंग थपिएको छ, त्यो हो पुस ५ गतेको प्रतिनिधि सभा विघटनको घटना ।
कति तुलनायोग्य छन् दुवै घटना?
नेकपाको प्रचण्ड-नेपाल पक्ष, प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र केपी ओलीका आलोचकहरूले 'कू' गरेको भन्दै राजनीतिक आलोचना गरेको भए पनि माघ १९ र पुस ५ गतेका घटनाक्रम तुलनायोग्य भने देखिएका छैनन् । त्यतिबेला जस्तो अहिले न संविधानका धाराहरू निलम्बन भएका छन्, न त जनताको मौलिक हक खोसिएको छ । न संकटकाल नै लागेको छ ।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठले लोकान्तरसँग भने– 'राजाले पञ्चायती शासनको अभ्यास गर्न खोजेका थिए । तर अहिले त्यो अवस्था होइन । त्यतिबेला राजनीतिक दलका नेताहरू धमाधम पक्राउ परेका थिए । अहिले छैनन् । कुरा के हो भने, अहिलेको परिस्थिति त्यसतर्फ मोडिन पनि सक्छ, नमोडिन पनि सक्छ । त्यसैले दुवै घटना एउटै हुन् भन्न मिल्दैन ।'
तर प्रधानमन्त्रीको नियतमा प्रश्न भने उठेको श्रेष्ठले बताए । 'प्रधानमन्त्री ओलीमा संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमा खासै लगाव छैन भनेर उनैले स्वीकारेका छन् । संसद् विघटनपछि कहिले पशुपति पुगेका छन् भने कहिले राममन्दिरका कुराहरू गरिरहेका छन् । ओलीले ज्ञानेन्द्रको बाटो हिँड्ने तयारी गरिरहेका छन् कि सम्म भन्न मिल्छ । तर माघ १९ र पुस ५ को तुलना गर्न मिल्दैन ।'
प्रचण्ड-नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले ओली ज्ञानेन्द्रपथमा लम्किएको आरोप लगाएका छन् ।
आइतवार माइतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा बोल्दै पाण्डेले प्रश्न गरे, 'ओलीको कदमले दक्षिणपन्थीहरू फुरफुर गर्न थालेका छन् । २३ गतेको सभामा राजावादीहरू ओलीको सभामा आउने भनिरहेका छन् । पञ्चायतको बेलामा कम्युनिस्टलाई आक्रमण गर्ने भद्रकुमारी घलेहरू ओलीको समर्थनमा लाग्नुको अर्थ के हो ?'
ओलीमाथि निर्वाचित तानाशाहको आरोप !
हाल प्रचण्ड-नेपाल खेमामा रहेका पूर्व एमाले नेता युवराज ज्ञवालीले पुस ५ र माघ १९ का घटनाक्रमहरू मिल्दोजुल्दो रहेको बताएका छन् ।
प्रधानमन्त्री निर्वाचित भएदेखि नै ओलीले सबै शक्तिहरू बिस्तारै आफूमा केन्द्रित गर्दै गएको आरोप उनले लगाए ।
'संसारमा तीनथरि तानाशाह हुन्छन्,' उनले भने, 'पहिलो वंशाणुगत तानाशाह, दोस्रो सैनिक तानाशाह र तेस्रो निर्वाचित तानाशाह । ज्ञानेन्द्र वंशाणुगत तानाशाह हुन् भने ओली निर्वाचित तानाशाह हुन् । त्यो बाहेक पुस ५ र माघ १९ मा खासै केही फरक छैन ।'
उनले नवौं महाधिवेशनबाट केपी ओली अध्यक्ष हुँदा नै आफूहरूले कम्युनिस्ट आन्दोलनमा खतरा पैदा भएको अनुमान गरेको दाबीसमेत गरे ।
'ओलीमा मार्क्सवादी दृष्टिकोण छैन । कम्युनिस्ट आन्दोलन मास्सिए पनि मास्सियोस् भन्ने उनको धारणा हो । त्यही देखिएको छ, नेपालको कम्युनिस्ट आन्दोलनलाई वर्षौंपछि धकेलिदिएका छन् ओलीले,' उनले भने ।
ज्ञवाली नेकपाका वैचारिक नेता मानिन्छन् ।
अवस्था फरक तर शैली उही
ज्ञवालीको जस्तै धारणा राजनीतिक विश्लेषक प्रा. डा. कृष्ण पोखरेलको पनि छ ।
उनले माघ १९ गते ज्ञानेन्द्रले संवैधानिक व्यवस्थालाई भत्काएको र पुस ५ गते ओलीले पनि संवैधानिक व्यवस्थालाई भत्काउने प्रयास गरेको आरोप लगाए ।
'दुवै मितिमा कहीँ न कहीँ तादम्यता देखिन्छ,' उनले भने, 'यद्यपि अदालतले ओलीको कदम स्वीकारिसकेको छैन । तर ओलीले अदालतमा जवाफ दिँदा भनेका थिए – प्रधानमन्त्रीले संसद् भंग गर्न पाउँदैन भनेर कहाँ लेखेको छ ? यो प्रश्न गलत छ । उनले भन्नुपर्थ्यो- संविधानमा यी–यी धारामा बहुमतको प्रधानमन्त्रीले संसद् भंग गर्न पाउने अधिकार छ । ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछिको अवस्था अहिले नरहेपनि शैली उस्तै देखिन्छ ।'
ओलीले जनादेश लिने नाममा केही महिना सत्ता लम्ब्याउन खोजेको प्राध्यापक पोखरेलको आरोप छ ।
'सचिवालयमा बहुमत थिएन, स्थायी कमिटी र केन्द्रीय कमिटीमा पनि बहुमत थिएन । जब ओलीलाई लाग्यो कि संसदीय दलमा पनि बहुमत छैन, तब उनले संसद् नै भंग गरिदिएर आफ्नो सत्ताको आयु लम्ब्याउने प्रयास गरे । उनले अघिल्लो दिनसम्म पनि संसद् विघटन गर्ने आफ्नो मनसाय नभएको बताउने गरेका थिए ।'
ओलीको अडान – संविधान कार्यान्वयनकै लागि प्रतिनिधि सभाको विघटन
गत पुस १९ गते ओलीले सर्वोच्च अदालतलाई दिएको लिखित जवाफमा भनिएको छ, 'मैले प्रतिनिधि सभा विघटनको सिफारिश कुनै वैयक्तिक लाभका लागि गरेको होइन, देश र जनताको हितअगाडि पद र परिवार कहिल्यै मेरा प्राथमिकताका विषय बनेनन् ।'
उनले लोकतन्त्रप्रति आफ्नो अटल प्रतिबद्धता रहेको समेत दाबी गरेका छन् । 'जनअधिकारका लागि आधा शताब्दीभन्दा बढी लडाइँ लडेको छु, मैले कुनै अवाञ्छित स्वार्थका लागि काम गर्नुपर्ने अवस्था थिएन र छैन,' उनको जवाफमा भनिएको छ, 'पटक–पटक मृत्युलाई जितेर म यो अवस्थामा आइपुगेको छु र मुलुक र जनताबाहेक कोही कसैलाई खुसी गराउनुपर्ने बाध्यता मेरो छैन ।'
सर्वोच्चलाई दिएको लिखित जवाफमा मात्र होइन, त्यसपछिका सार्वजनिक वक्तव्यहरूमा पनि ओलीले आफूलाई लोकतन्त्रको पर्यायका रूपमा चित्रित गर्ने गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्ना निकटस्थहरूलाई आफू संविधानको रक्षा र कार्यान्वयनको कुरामा प्रतिबद्ध रहेको बताउने गरेको राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले बताए ।
माघ १९ र पुस ५ को तुलना गर्न मिल्ने हो ? भन्ने लोकान्तरको प्रश्नमा भट्टराईले भने – 'प्रधानमन्त्री ओलीले संविधानको रक्षा र कार्यान्वयनको कुरामा आफू सधैँ प्रतिबद्ध रहेको बताउने गर्नुभएको छ । कम्युनिस्ट आन्दोलनलाई संस्थागत गर्ने भूमिका खेलिरहेको उहाँको दाबी हुन्छ । त्यसैले ओलीमाथि लगाइने यस्ता आरोपको कुनै तुक छैन ।'
भट्टराईले विश्व सम्पदा सूचीमा रहेको नेपालको सांस्कृतिक गौरवको क्षेत्र पशुपतिमा जाँदैमा प्रश्न उठाउन जायज नहुने तर्क गरे ।
'संविधान कार्यान्वयनमै जोड दिइरहनुभएको प्रधानमन्त्रीका सम्बन्धमा यस्ता बहस र छलफल चलाउनु पनि बेकार हो,' उनले भने ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...