×

NIC ASIA

नेपाली सेनाले नियमित अभ्यास अन्तर्गत सोमवार राति चक्रपथ र माघ २१ गते बिहान काठमाडौंदेखि धुलिखेलसम्म सेनाको बख्तरबन्द गाडीहरू बाहिर निकाल्दैछ ।

देशमा राजनीतिक अन्योल भएको समयमा सेनाले निकाल्न लागेको बख्तरबन्दले के सन्देश दिन खोजेको  हो भन्ने खालको चर्चा हुन थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली सेनाले सामाजिक सञ्जाल ट्विटरमा नियमित अभ्यासको योजना अनुसार बख्तरबन्द निकालिएको जनाएको छ ।


Advertisment
Rupse Holidays
Nabil box

‘नेपाली सेनाको नियमित अभ्यास अनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको । त्यसैगरी ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने योजना रहेको जानकारी गराउँँँँदछौं,’ सेनाले सामाजिक सञ्जाल ट्विटरमा लेखेको छ ।

Vianet communication

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलका अनुसार यस्ता खालमा अध्यासहरू अघिल्लो वर्षमा पनि हुने गरेको थियो । सार्वजनिक रूपमा जानकारी नदिँदा नकारात्मक टिप्पणी हुने गरेकाले यसपालि जानकारी दिएको प्रवक्ता पौडेलले बताए ।

‘सेनाले व्यारेकभित्र गरेको अभ्यासलाई अझ निखार्नको लागि सडकमा पनि अभ्यास गर्नेछ,’ सहायक रथी पौडेलले लोकान्तरसँग भने, ‘हामीले राति वा बिहानको समयमा सवारी जाम नहुने हिसाबले गर्न लागेका छौं ।’

सोमवारै नेपाली सेना बख्तरबन्द बाहिर निकाल्दा सामाजिक सञ्जालहरूमा भने १६ वर्ष अगाडि तत्कालीन राजा ज्ञानेन्द्रले गरेको राजनीतिक ‘कु’ गरेको दिन भन्दै अनेकन टिप्पणीहरू गरेका छन् ।

तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९ गतेकै दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम भएको भन्दै आफ्नो अध्यक्षतामा मन्त्रिपरिषद् गठनको घोषणा गरेका थिए । देशमा राजनीतिक अस्थिरता भएको समयमा सेनाले बख्तरबन्द निकाल्न थालेपछि नागरिकमा चासो देखिएको छ ।

समय उपयुक्त भएन : डीआईजी ठकुरी

देशको राजनीतिक अवस्थाले गर्दा समय, घटना, परिस्थिति र मितिले गर्दा उपयुक्त समय नभएकाले नकारात्मक सन्देश जानु स्वाभाविक भएको नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले बताए । 

‘सेनाले अभ्यास भनेको छ तर समय, परिस्थिति र मिति भने उपयुक्त समय भएन,’ डीआईजी मल्लले लोकान्तरसँग भने, ‘समय परिस्थितिले गर्दा जाने सन्देश पनि फरक जान्छ ।’

नेपालमा भएको राजनीतिक अस्थिरता, भारतमा भएको कृषि कानून विरुद्धको आन्दोलन र सोमवारै म्यान्मारमा सैनिक ‘कु’ भएको समयमा सेनाले गर्न लागेको अभ्यासले अर्कै सन्देश गएको पूर्व डीआईजी ठकुरीले बताए ।

निकाल्नुपर्ने परिस्थिति देखिँदैन : पूर्व रक्षा सचिव

देशको राजनीति धेरै अन्योल नभएको अवस्थामा बख्तरबन्द गाडीहरू बाहिर निकाल्ने परिस्थिति नरहेको पूर्व रक्षा सचिव आत्माराम पाण्डेले बताए । ‘यो परिस्थिति सेनाले अहिले बख्तरबन्द निकाल्ने होइन । यस्तो समयमा अर्कै सन्देश जान्छ,’ पूर्व रक्षा सचिव पाण्डेले लोकान्तरसँग भने, ‘तर यसलाई संयोग मान्नुपर्छ ।’ 

हेर्ने आँखामा फरक : पूर्व रथी बालानन्द शर्मा

देशको रक्षाका लागि खटिने नेपाली सेनाले आवश्यक परेको खण्डमा सुरक्षा दिनको लागि आफूहरूसँग भएको सामान र हातहतियार दुरुस्त राख्नुपर्ने भएकाले बख्तरबन्दहरू खिया नलागोस् भनेर बाहिर निकालेको नेपाली सेनाका पूर्व रथी बालानन्द शर्माले बताए । 

‘धेरै लामो समयसम्म सवारी र हातहतियारहरू राखिराख्दा बिग्रन सक्छन्, त्यसलाई दुरुस्त राख्न पनि चलाउनुपर्छ, त्यसकै लागि बाहिर निकालिएको हुनसक्छ,’ पूर्व रथी शर्माले लोकान्तरसँग भने, ‘समय त फरक पर्ला तर हेर्ने आँखामा भर पर्छ ।’

देशको राजनीतिक अवस्था र अन्य परिस्थितिले पनि भोलि सेनाको आवश्यकता नपर्ला भन्न सकिँदैन र सरकारले घोषणा गरेको निर्वाचन पनि नजिकै आएको अवस्थामा सामानहरूलाई दुरुस्त राख्नको लागि तयारी भएको रूपमा लिनुपर्ने पूर्व रथी शर्माले लोकान्तरलाई बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x