×

NMB BANK
NIC ASIA

लकडाउनपछि भागेर विवाह गर्नेहरूको संख्या बढ्यो, रोकिएन बालविवाह

माघ २३, २०७७

NTC
सांकेतिक तस्वीर
Premier Steels

 कानुनअनुसार उमेर नपुगी विवाह गर्ने तथा गराउनेलाई कैद सजाय जरिवानाको व्यवस्था गरिए पनि बालविवाह रोकिएको छैन । कानुनले २० वर्ष उमेर नपुुगी गरिएको विवाहलाई वैधानिकता दिएको छैन ।

Muktinath Bank

बालबालिका खोजतलास केन्द्रका प्रमुख रुद्रकुमार गिरीको अनुभवमा फेसबुकमा चिनजान भएपछि केटा र केटी विवाहका लागि भाग्ने तथा अभिभावकले हराए भनेर उजुरी गर्ने क्रम कोरोना महामारीमा भएको बन्दाबन्दीपछि बढेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत कात्तिकमा भएको काठमाडौँकै घटना सुनाउँदै उनले भने, “काठमाडौँ पशुपति आसपासकै १४ वर्षीया जुम्लिया किशोरी एकै पटक हराएको उजुरी केन्द्रमा आयो । केन्द्रले खोजी गर्दा एउटी किशोरी फेसबुकबाट चिनजान भएका कञ्चनपुरका १६ वर्षका किशोरसँग विवाह गरेर कञ्चनपुर पुगेको पाइयो भने अर्की कालोपुलका १७ वर्षका किशोरसँग गएको पाइयो । उनीहरू सबैको विवाह गर्ने उमेर नभएकाले परिवारमा पुनर्मिलन गराउन सफल भयौँ । ”


Advertisment
Nabil box
Kumari

आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ को पुससम्मको नेपाल प्रहरीको तथ्याङ्क हेर्दा पनि उमेर नपुगी विवाह गर्नेको सङ्ख्या बढेको छ । चालू आर्थिक वर्षको पहिलो छ महिनामै प्रहरीमा ५० वटा बालविवाहका उजुरी दर्ता भएका छन् । नेपाल प्रहरीका अनुसार आ.व. २०७५/७६ मा ८४ वटा र २०७६/७७ मा ६५ वटा उजुरी दर्ता भएका छन् ।

Vianet communication

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले पछिल्लो तथ्याङ्कले बालविवाह कानुनी रूपमा निषेध गरिए पनि पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग गरेर बालविवाह गर्ने क्रम बढेको बताए । पछिल्लो समयमा मोबाइल र फेसबुकको प्रयोग गरेर हुने बालविवाहले समस्या थपिएकाले यस्ता गतिविधि रोक्न विद्यालयले विशेष सचेतनाका कार्यक्रम राख्नुपर्ने देखिएको उनको भनाइ छ ।

नेपालले दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रोशनी श्रेष्ठले बालविवाहका स्वरूप बदलिएकाले नेपालले बालविवाह नियन्त्रण गर्न लिएको लक्ष्य प्राप्त गर्न सजिलो नभएको बताए । गोरखापत्र दैनिकमा सीता शर्माले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x