×

NMB BANK
NIC ASIA

बुटवलको सभा ऐतिहासिक बनाउने ओली समूहको तयारी

माघ २९, २०७७

NTC
Premier Steels

नेकपा ओली समूहले आगामी फागुन १ गते बुटवलमा गर्ने जनसभा ऐतिहासिक बनाउने तयारी गरेको छ ।

Muktinath Bank

नेकपा प्रदेश प्रचार विभागले बुटवलमा हुने सभाले ऐतिहासिक महत्त्व राख्ने भन्दै १ गतेको सभा देशलाई नयाँ दिशानिर्देश गर्ने खालको हुने ओली समूहको दाबी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभामा २ लाख जनता सहभागी हुने नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए । बुटवलमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भन्नलाई २ लाख होइन । यर्थाथमै २ लाख जनता सहभागी हुनेछन् । १ लाख जनता रुपन्देहीका र १ लाख प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुनेछन् । बुटवलको सभा यथार्थमै ठूलो सभा हुनेछ ।’


Advertisment
Nabil box
Kumari

सभा शुरू हुनुपूर्व अस्पताल लाइनको खाली जग्गामा जम्मा भएर राजमार्ग चौराहा हुँदै बुटवल–७ को सिद्धेश्वरी माविको खेल मैदानमा सभा हुनेछ ।

Vianet communication

सभामा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायतका नेताले सम्बोधन गर्नेछन् । पूर्व जनमुक्ति सेना पनि सभामा सहभागी हुने पोखरेलले बताए । 

प्रचण्ड–नेपाल समूहले माघ १५ गते बुटवलमा ठूलो सभा गरेपछि त्यसलाई काउन्टर दिन ओली समूहले पनि बुटवलमै ठूलो सभा लागेको हो । बुटवलको सभाले प्रचण्ड–नेपाल समूह हौसिएको थियो । 

बुटवलको सभालाई ओली समूहले आफ्नो शक्ति प्रदर्शनको रूपमा लिएको छ । ‘हाम्रो आन्दोलन होइन । जनमत प्रकट गर्ने कुरा हो । हामी त्यसैका लागि सभा सम्मेलन गर्दै आइरहेका छौं,’ पोखरेलले भने ।

सानो ठाउँमा सभा भए पनि विभिन्न ठाउँमा ‘डिस्पेले’ राखेर धेरैभन्दा धेरै जनतालाई नेताहरुको भाषण सुन्ने व्यवस्था मिलाइएको छ । 

मुख्यमन्त्री पोखरेलले नयाँ निर्वाचनबाटै देशमा आइपरेको संकट हल हुने बताएका छन् । ‘जनमतमा जाने कुरा लोकतन्त्रको आधारभूत पक्ष हो,’ मुख्यमन्त्री पोखरेलले भने, ‘हामी जनतालाई न्यायाधीश बनाउन चाहन्छौं । ओलीलाई तानाशाही भन्नेलाई चुनावले फैसला गरेर देखाउँछ ।’

ओलीले अहिले गरेको अभ्यास बलियो प्रधानमन्त्रीको लागि भएको पोखरेलले दाबी गरे । ‘प्रधानमन्त्रीलाई असफल बनाउने खेल अन्त्य गर्न निर्वाचनमा जानु परेको हो,’ उनले भने ।

नेकपा विवादको कारण प्रतिनिधिसभा विघटन भएको पोखरेलले तर्क गरे । उनले विवादको परिणाम प्रतिनिधिसभा विघटन भएको बताए । 

‘हाम्रा सभा सम्मेलन ओलीले अहिले चालेको कदम गलत होइन भन्ने हामी सन्देश जनतामा पुर्‍याउन चाहन्छौं । राज्यलाई चुनौती आउँदा सरकार पक्ष पनि जनतामा जानुपर्ने अवस्था आउँछ । सरकारलाई घेराबन्दीमा पर्न खोजेपछि हामी जनतामाझ जान खोजेका हौं,’ पोखरेलले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x