×

NMB BANK
NIC ASIA

देश बनाउने उद्देश्य नबोकेका तत्वहरु पार्टी छाडेर गए : प्रधानमन्त्री ओली

फागुन १, २०७७

NTC
Premier Steels

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने उद्देश्य नबोकेका तत्वहरु पार्टी छाडेर गएको बताएका छन् ।

Muktinath Bank

उनले पुष्पकमल दाहाल र माधव कुमार नेपाललाई उदेश्य नबोकेको, प्रधानमन्त्री र अध्यक्ष पदका लागि पार्टीमा समस्या पैदा गर्ने तत्व भएको आरोप लगाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा ओली समूहले आज बुटवलमा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने –‘उदेश्य नबोकेका तत्वहरु पार्टी छाडेर गए, बाहिरिए, अहिले आत्तिएर सडकमा हिँडेका छन् ।’


Advertisment
Nabil box
Kumari

'संसद विघटन भनेको प्रतिगमन हो रे, चुनावमा जानु प्रतिगमन रे,'​ उनले भने  । उनले चुनावबाट नै मुलुकले निकास पाउने बताउँदै साँठगाँठमा देशलाई अस्थिरतामा लैजान खोजिएको बताए ।

Vianet communication

‘एकैचोटी प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भन्ने कुरा आयो, तपाईलाई प्रधानमन्त्री किन भन्दा प्रधानमन्त्री हुन मन लाग्यो,’ ओलीले थपे–‘अर्काेले अध्यक्ष चाहियो ? किन भन्दा अध्यक्ष हुन मन लाग्यो रे महाधिवेशनबाट अध्यक्ष हुनुस् भन्दा पनि हाकाहाकी चाहियो भनेपछि समस्या आयो ।’

प्रधानमन्त्री ओलीले संसदबाट नक्सा पारित गरेपछि (उहाँहरु –दाहाल–नेपाल) हट्नुपरेको उनले बताए ।

‘काम गर्न नदिने, तीन वर्षदेखि संवैधानिक आयोगहरू बन्न सकेनन्, उहाँहरु हटेपछि आयोग बन्यो’ उनले भने । उनले दाहाल र नेपालले पार्टी छोडेपछि  गतिशिल भएको बताए । ‘पहिला पार्टीभित्रै बसेर गाली गर्ने, मुख छाड्ने काम गरेका थिए, टेलिभिजन, रेडियोमा गएर मनपरी बोल्थेँ, आज बाहिर बोलेका छन् त्यति फरक हो’ उनले भने । उनले दाहाल र नेपाल बाहिरिए पछि महान शुद्धीकरण भएको समेत बताए ।  ‘विचार बोकेको पार्टी बनेको छ, निराश हुनुपर्दैन, पार्टीमा बसेर बदनाम गर्नेहरु गएका छन्,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले दाहाल नेपालको काठमाडौंमा भएको सभामा प्रचण्डले सभा हेर्न भनेको तर्फ इंगित गर्दै उनले बुटवलको सभा हेर्न चुनौती दिए । उनले भने,'सभा भनेको कस्तो हुन्छ, लुम्बिनी प्रदेशको सभा हेर्नुहोस्’ ।' उनले नागरिकहरुको जनसमर्थन आफूलाई भएको समेत बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x