कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
अमेरिकाको विश्वव्यापी शक्ति चीनलाई घेराउ गर्ने रणनीतिमा निर्भर छ । घेराउ अर्थात् कन्टेनमेन्ट भनेको आक्रामकता, शत्रुता र भिडन्तको पर्यायवाची हो । र यस्तो रणनीति विफल भएरै छोड्छ ।
वाशिङटनका केही योजनाकारहरूले चीनविरुद्ध शीतयुद्धको नीति अपनाएमा अमेरिकाले सोभियत संघविरुद्ध प्राप्त गरेको जस्तो विजय हासिल हुने सोच राखेको देखिन्छ ।
एटलान्टिक काउन्सिल नामक प्रभावशाली थिंकट्यांकद्वारा हालै प्रकाशित एक लेखमा चीनको घेराउ गर्नुपर्ने तर्क पेश गरिएको छ । त्यसबाट चीन लत्रिने र बेइजिङमा सत्तापरिवर्तन हुने उसको जिकिर छ । उसको लक्ष्य अमेरिकालाई प्रतिस्पर्धीरहित विश्वव्यापी प्रभुत्व भएको एकल शक्तिका रूपमा उभ्याउने हो ।
यस्तो किसिमको शीतयुद्ध रणनीति वर्तमान विश्वमा लागू गर्नु व्यर्थ छ । अमेरिकीहरूले सोभियत संघलाई त्यतिखेर घेराउ गर्न सकेका थिए किनकि विश्वमा द्विध्रुवीय विभाजन थियो । बाँकी विश्वसँग सोभियत संघको आर्थिक सम्बन्ध थिएन ।
अहिलेको विश्व परिदृश्य बिल्कुल फरक छ । अहिले द्विध्रुवीय नभई बहुध्रुवीय विश्व छ । विश्व अर्थतन्त्र पहिलेको भन्दा बढी एकीकृत छ र चीन संसारकै निर्यात, आयात, लगानी तथा बजारको महत्त्वपूर्ण स्रोत हो ।
ट्रम्प प्रशासनले तीन वर्षअघि चीनविरुद्ध व्यापारयुद्ध शुरू गरी चीनलाई लत्राउन कोशिश गरेको थियो । तर त्यो नीति विफल भयो । ट्रम्पले उल्टो अमेरिकी उत्पादक र ग्राहकहरूलाई क्षति गरे ।
यसबाट पनि बाँकी विश्व झैं अमेरिकी अर्थतन्त्र चीनमा निर्भर रहेको स्पष्ट हुन्छ । ट्रम्पको व्यापारयुद्ध अनुहारको रिस गरेर नाक काटे झैं हो । त्यो घमण्ड तथा बुद्धिहीनताको उदाहरण थियो ।
बाइडन प्रशासन पनि चीनलाई घेराउ गर्न उत्तिकै लागिपरेको छ । अमेरिकामा राष्ट्रपतिहरू आउँछन् जान्छन् तर स्थायी सत्ताका योजनाकार तथा साम्राज्यवादी नीति कायम रहन्छ ।
बाइडनले ट्रम्पको व्यापारयुद्धको भाषा तथा नीति परित्याग गरेको भए पनि वाशिङटन चीनलाई क्षति पुर्याउने र कमजोर बनाउने लक्ष्यमा लागिपरेको अनि बेइजिङमा आफूअनुकूलको सरकार बनाउन पनि तत्पर रहेको एटलान्टिक काउन्सिलको लेखले स्पष्ट पार्छ ।
अमेरिकाको कर्पोरेट पूँजीवाद विश्वव्यापी प्रभुत्वमा निर्भर रहन्छ । अमेरिकी पूँजीका लागि साझेदारी, सहकार्य र बहुपक्षीयता घाँडो कुरा हुन् । त्यसैले अमेरिकी योजनाकारहरूले चीन वा अन्य कुनै शत्रुलाई परास्त गर्नैपर्ने हुन्छ ।
तर बहुध्रुवीय विश्वको वास्तविकता तथा एकीकृत विश्व अर्थतन्त्रले अमेरिकाको शीतयुद्ध रणनीतिलाई असान्दर्भिक बनाएको छ ।
ट्रम्पको अमेरिका पहिले नीतिविपरीत बाइडन र डेमोक्रेटहरूले पश्चिमी साझेदारहरूप्रति नरम दृष्टिकोण अपनाउने गरेका छन् । बाइडन साझेदारहरूसँग सम्पर्कमा रहने तथा पराआन्ध्रीय (ट्रान्सएटलान्टिक) साझेदारीलाई पुनरत्थान गर्ने कुरा झिकिरहेका छन् ।
तर यो वाशिङटनले पश्चिमी साझेदारहरूलाई चीनविरुद्धको खेमामा ल्याउन गरेको प्रयास हो । यसले अमेरिकी लक्ष्य हासिल गर्न सहज बनाउने यसको आकलन हो ।
जी७को शिखर सम्मेलन तथा म्युनिख सुरक्षा सम्मेलनमा बाइडनले चीन र रुसलाई शत्रु मुलुकका रूपमा प्रस्तुत गरे अनि यिनीहरू पश्चिमी साझेदारीका लागि जोखिम भएको बताए ।
तर पश्चिमी साझेदारहरू चीन र रुसलाई एक्ल्याउने नीतिलाई अंगीकार गर्ने स्थितिमा नहुनु बाइडन र स्याथी सरकारको समस्या हो ।
चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले यस विषयमा टिप्पणी गरेको छ ः चिनियाँ अर्थतन्त्रको जीवन्ततालाई कसैले रोक्न सक्दैन । विश्वका लागि अमेरिकी बजारबाट टाढिनुको तुलनामा चिनियाँ बजारबाट टाढिनु अकल्पनीय कुरा बन्दै गएको छ ।
चीन अहिले अमेरिकालाई पछि पार्दै युरोपेली संघको सबभन्दा ठूलो व्यापारिक साझेदार बन्न पुगेको छ । जर्मनीको निर्यातमुखी अर्थतन्त्रका लागि चीन महत्त्वपूर्ण बजार हो र जर्मनी युरोपेली संघको वस्तुगत नेता हो । जर्मनी र युरोपलाई सस्तो तथा सुरक्षित ऊर्जा आपूर्तिका लागि रुस पनि आवश्यक मुलुक हो ।
सोभियत संघका विरुद्ध विश्वलाई ध्रुवीकृत गरे जस्तो वाशिङटनको प्रयास सफल हुने सम्भावना छैन । यो व्यर्थको प्रयास हो । चीन र रुसले भन्ने गरेको बहुध्रुवीय विश्व वास्तविकता हो । अर्थात्, मुलुकहरूबीचको साझेदारी तथा सहकार्य नै अहिलेका लागि अघि बढ्ने सही बाटो हो ।
अमेरिकी शक्ति भीमकाय डाइनोसर जस्तो हो । बदलिएको राजनीतिक तथा आर्थिक वातावरणमा यो असान्दर्भिक छ । यसको कार्यविधिको मिति गुज्रिसकेको छ र यो अब लागू हुँदैन ।
लोपोन्मुख अमेरिकी शक्तिले आफ्नो सान्दर्भिकता प्रस्तुत गर्नका लागि सैन्य भिडन्त गर्न सक्ने जोखिम उत्तिकै छ । तर सौभाग्यवश चीन र रुस शक्तिशाली सैन्य शक्ति हुन् र यिनीमाथि आक्रमण गर्ने सोच अमेरिकाले नपालेको हुनुपर्छ । (यस्तो अवस्थाको सोच आउनु नै आफैंमा निन्दनीय छ तर अमेरिकी शक्तिको घातक प्रकृति यसैबाट झल्किन्छ ।)
अमेरिकाले चीन (र रुस) विरुद्ध शक्तिप्रदर्शन गर्नु बेकार हो र युद्ध सोच्न पनि सकिन्न भने अमेरिकाको भविष्य के त ?
अमेरिकालाई आन्तरिक रूपमा धराशायी नबनाउने हो (पतनको प्रक्रिया शुरू भइसकेको छ) भने अमेरिकी समाज र यसको पूँजीवादी अर्थतन्त्रमा आमूल परिवर्तन ल्याएर यसलाई थप लोकतान्त्रिक, समतामूलक र कम सैन्यीकृत अर्थतन्त्र बनाउनु जरूरी छ । यो चुनौतीलाई सम्बोधन गर्न अमेरिकी जनता तयार छन् त ?
स्पुतनिक न्युजमा प्रकाशित फिनियन कनिङघमको आलेखको नेपाली अनुवाद लोकान्तरका लागि विन्देश दहालले गरेका हुन् ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...