गरीबीको असर : बच्चा जन्मिएपछि बिहे !

सामान्यतया विवाह गरिसकेपछि बच्चा जन्मिन्छन् । तर गरीबीका कारण वैवाहिक कार्यक्रम गर्न नसकेका जोडीहरूले बच्चा जन्मिएपछि सामूहिक बिहे गरेका छन् ।

भारतको झारखण्डस्थित खूँटीमा बिहे नगरी सँगै बसिरहेका १०५ जोडीको विवाह गरिएको छ । गरीबीका कारण यसअघि यी जोडीहरूले गाउँमा भोज खुवाउन सकेका थिएनन् तर कतिपयका बालबच्चा जन्मिसकेका थिए ।


Advertisement

विवाह कार्यक्रम नगरी बालबच्चा जन्मिएपछि गाउँलेले यस्ता जोडीलाई तिरस्कार गर्ने भएकाले निमित संस्थाको पहलमा सामूहिक विवाह कार्यक्रम गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विवाह कार्यक्रममा झारखण्डका राज्यपाल द्रोपदी मुर्मू र केन्द्रीय सचिव एनएन सिन्हा सहभागी भएर विवाहलाई सामाजिक मान्यता दिएका छन् । विवाह कार्यक्रममा स्थानीय प्रशासन र प्रहरीका अधिकारी समेत सहभागी थिए । 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्