×

NMB BANK
NIC ASIA

अगाडि बढ्यो सन्थाल बस्ती निर्माण योजना, आज प्रधानमन्त्रीले शिलान्यास गर्दै

फागुन १८, २०७७

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

सरकारले अल्पसङ्ख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत मोरङको उर्लाबारीमा सन्थाल बस्ती निर्माण योजना अगाडि बढाएको छ ।

Muktinath Bank

उर्लाबारी नगरपालिका–९ स्थित नदी किनारमा रहेको सन्थाल बस्ती निर्माणको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार गर्ने कार्यक्रम तय भएको सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको त्यस बस्ती निर्माणका लागि मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको प्रवक्ता दवाडीले जानकारी दिनुभयो । सो बस्ती निर्माणको डीपीआर तयार गर्न मन्त्रालयले मङ्सिरमा एक प्राविधिक टोली उर्लाबारी पठाएको थियो ।


Advertisment
Nabil box
Kumari

सहरी विकासमन्त्री प्रभु साहले लोपोन्मुख र सीमान्तकृत सूचीमा रहेका सन्थालको उत्थानलाई प्राथमिकतामा राखेको बताए ।

Vianet communication

तत्कालीन सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र सचिव डा. रमेशप्रसाद सिंहसहितको टोलीले मङ्सिर ९ गते उर्लाबारीस्थित सन्थाल बस्तीको अवस्थाबारे स्थलगत अवलोकन गरेपछि सो एकीकृत बस्ती निर्माण प्रक्रिया अगाडि बढाइएको थियो ।

समग्र बस्तीका लागि आवश्यक पर्ने सामाजिक तथा आर्थिक पूर्वाधारअन्तर्गत विद्यालय, स्वास्थ्य चौकी, सडक, खानेपानी, विजुलीबत्ती, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतको संरचना निर्माण गर्ने गरी सो बस्तीको डीपीआर निर्माण गरिएको प्रवक्ता दवाडीले बताए ।

प्रवक्ता दवाडीका अनुसार सन्थालका लागि सात बिघा क्षेत्रफलमा १३२ घर निर्माणसहितको बस्ती विकास भइरहेको छ । प्रतिपरिवार ३५ वर्गमिटर क्षेत्रफलमा दुईवटा कोठा, एउटा भान्सा कोठा, एउटा चर्पी र स्नानघरसहितको घर निर्माण गरी वितरण गरिने सहसचिव तथा प्रवक्ता दवाडीले जानकारी दिए।

उनले भने, “समग्रमा प्रतिघरपरिवार ८० वर्गमिटर जग्गा पर्न आउँछ । कुल १८ करोड रुपियाँको लागतमा सो बस्ती निर्माण भइरहेको छ । अबको १८ महिनामा घर निर्माण सम्पन्न भई बढीमा दुई वर्षभित्र घर वितरण भइसक्छ ।”

सो ठाउँमा सन्थाल समुदायको कुल १३२ घरपरिवारको बसोबास छ । राष्ट्रिय जनगनणा–२०६८ अनुसार मुलुकभर सन्थालको कुल जनसङ्ख्या करिब ५२ हजार छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x