मलेसियामा मृत्यु भएका श्रमिकका परिवारलाई आजीवन रकम

मलेसियामा रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारले दैनिक तलबको ६० प्रतिशतसम्म आजीवन रकम पाउने बाटो खुलेको छ ।

नेपाल र मलेसियाबीच सामाजिक सुरक्षा सहजीकरणमा हस्ताक्षर भएपछि यो सुविधा पाउने बाटो खुलेको हो । वैदेशिक रोजगार बोर्डका तर्फबाट कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ र मलेसियाको सामाजिक सुरक्षा संस्था (सोस्को) का प्रमुख कार्यकारी अधिकृत मोहम्मद अज्मान विन दातो अजिज मोहम्मदबीच हस्ताक्षर भएको हो ।


Advertisement

नेपाली श्रमिकका लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिहरूको प्रवर्द्धर्नसम्बन्धी सहकार्यको समझदारीपत्र श्रेष्ठले हस्ताक्षर गरी मलेसिया पठाएका थिए । त्यसमा मोहम्मदले फागुन १४ गते हस्ताक्षर गरेका हुन् । कान्तिपुरमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्