×

NMB BANK
NIC ASIA

७ अर्ब २ करोड लागतमा स्थापना हुँदै मयुरधाप औद्योगिक क्षेत्र

फागुन २१, २०७७

NTC
Premier Steels

सङ्घीय सरकारले बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको छ ।

Muktinath Bank

सङ्घीय सरकारले करिब रु सात अर्ब दुई करोड ३४ लाखको अनुमानित लागतमा  औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको हो  । सरकारले हेटौँडा उपमहानगरपालिका वडा १३ र १४ मा पर्ने औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको छ  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ औद्योगिक क्षेत्रको पूर्वमा मयुरधाप, पश्चिममा कालापानी, उत्तरमा रातोमाटे डाँडा र दक्षिण उत्तरपानी चुरे वन क्षेत्र पर्दछ । यो औद्योगिक क्षेत्र हेटौँडा बजारभन्दा तीन किलोमिटर पश्चिममा पर्छ ।


Advertisment
Nabil box
Kumari

सो औद्योगिक क्षेत्र स्थापनाका तत्कालका लागि सबै व्यवस्थापकीय काम हालको हेटौँडा औद्योगिक क्षेत्रअन्तर्गत व्यवस्थापन कार्यालयले जनाएको छ । नयाँ बन्ने औद्योगिक क्षेत्रमा एकीकृत सेवा पु¥याइने लक्ष्य लिइएको छ । एउटा उद्योगलाई आवश्यक पर्ने सबै खाले कर, उद्योग, भन्सारलगायत अन्य  आवश्यक कार्यालयको सेवा कार्यालयसमेत सोही औद्योगिक क्षेत्रभित्र स्थापना गर्ने परिकल्पनासहित मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको छ ।

Vianet communication

 पञ्च वर्षीय योजनाअनुसार पाँच वर्ष सबै पूर्वाधार निर्माण काम सम्पन्न गर्ने गरी मयुरधाप औद्योगिक क्षेत्र स्थापनाका योजना अघि बढाइएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख एवं औद्योगिक क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले जानकारी दिनुभयो । पहिलो चरणमा २०० बिघामा फैलिएको जग्गामा सरकारले औद्योगिक क्षेत्र बनाउन लागेको हो । विसं २०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयुरधापमा रहेको ३०० बिघा क्षेत्रफलको खाली जग्गामा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो ।

औद्योगिक क्षेत्रमा पुर्वाधार स्थापनापश्चात् सातदेखि १४ रोपनीको आकारमा ६२ औद्योगिक प्लटको औद्योगिक परिसरमा करीब पाँच दर्जन बढी उद्योग प्लान्ट राख्न सकिने गरी योजना तयार गरिएको छ । औद्योगिक क्षेत्रपरिसरमा ६२ औद्योगिक प्लट छुट्याइएको छ भने छुट्याइएको प्रत्येक प्लटमा सातदेखि १४ रोपनीसम्म जग्गालाई विभाजन गरिएको छ । 

सो औद्योगिक क्षेत्र स्थापनापश्चात् नयाँ उद्योगसँगै विशेष गरी काठमाडौँका विभिन्न घनाबस्तीमा रहेका विभिन्न उद्योग कलकारखानालाई स्थानान्तरण गर्ने उत्तम विकल्पकोसहितको औद्योगिक क्षेत्रको रुपमा विकास हुने अपेक्षा गरिएको हेटौँडा औद्योगिक क्षेत्रका व्यवस्थापक र कँडेलले जानकारी दिए ।

मयुरधाप औद्योगिक क्षेत्रभित्र विसं २०७५ कात्तिक ५ गतेदेखि परियोजना कार्यालय स्थापनासमेत गरिएको थियो । सो क्षेत्रमा मन्दिर, वन तथा बस्ती पर्ने भएपछि २०७३ वैशाख १२ गतेको मन्त्रिपरिषद् बैठकले क्षेत्रफल घटाएर मयुरधापको १३४.८६ हेक्टर (१९९.१२ बिघा) क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो ।

औद्योगिक क्षेत्र स्थापनाअन्तर्गत पूर्वाधार निर्माणका लागि गर्नुपर्ने वातावरणीय प्रभाव मूल्याकङ्नसम्बन्धी अध्ययन कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । चालु आर्थिक वर्ष ०७७/०७८ भित्रै मयुरधाप औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याकङ्नसम्बन्धी अध्ययन कार्य सम्पन्न गर्ने गरी काम अन्तिम चरणमा पु¥याइएको हो । वातावरणीय प्रभाव मूल्याकङ्नपश्चात् पूर्वाधार निर्माणको काम अघि बढाइने छ । उद्योग मन्त्रालयमार्फत अर्थ मन्त्रालयले पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्ने बताइएको छ । सोहीअनुसार प्राप्त हुने बजेटका आधारमा पूर्वाधार निर्माणको कार्यका लागि ठेक्का प्रक्रिया अघि बढाइने योजना रहेको हेटौँडा औद्योगिक क्षेत्रअन्तर्गत व्यवस्थापन कार्यालयका व्यवस्थापन कँडेलले बताए । 

मयुरधाप औद्योगिक क्षेत्र स्थापनापश्चात् विभिन्न उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करिब १० हजारले रोजगारीको अवसर प्राप्त गर्ने बताइएको छ । स्थापित उद्योग कलकारखानाबाट राज्यलाई कर सङ्कलनमा टेवा पुग्ने विश्वास लिइएको छ । औद्योगिक क्षेत्रमा स्थापना हुने विभिन्न उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करिब १० हजारले रोजगारीको अवसर प्राप्त गर्ने बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x