×

NMB BANK
NIC ASIA

यो कम्पनीको आईपीओको मूल्य ७५० रुपैयाँ किन ?

फागुन २३, २०७७

NTC
Premier Steels

सर्वोत्तम सिमेन्ट लिमिटेडले केही दिनमा साधारण शेयर (आईपीओ) निस्काशन गर्दैछ ।

Muktinath Bank

यसका लागि कम्पनीको अंकित मूल्य  ७ सय ५० राखिने बताएको छ । तर यसलाई बोर्डले अनुमति भने दिनु पर्ने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीले आईपीओको मूल्य ७ सय ५० रुपैयाँ पुर्‍याउनका लागि विभिन्न आधारहरू प्रस्तुत गरेको छ ।


Advertisment
Nabil box
Kumari

यी हुन् आधारहरू

Vianet communication

१) कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता ३ हजार मेट्रिक टन तथा वार्षिक २ करोड बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ । कम्पनीले कम चुक्ता पुँजीमा बढी उत्पादन हुँदा बढी प्रतिफल दिन सक्ने देखिन्छ  ।  

२) कम्पनीले आफ्नो व्यवसायिक उत्पादन शुरु गरेपछि नै नाफा कमाउँदै आएको र विगत ३ वर्षको ‍औसत मुनाफा ( कर पछिको ) वार्षिक रु. १०४ करोड भन्दा बढी भएको ।

३) विगत तीन वर्षको ‍औसत ईपीएस रु. ५२ रहेको र आगामी तीन वर्षको ‍औसत ईपीएस रु. ४५ भन्दा बढी प्रक्षेपित गरिएकाले ।

४) कम्पनीको रिजर्भ २०७७ माघ मसान्त सम्मको अन्यमा रु.२३१ करोड भन्दा वढी रहेको ।

५) हाल कम्पनीको सम्पती (फेयर मार्केट भ्यालु र रिप्लेस्मेन्ट भ्यालु) रु.२००० करोड रहेको ।

६) आगामी ३ वर्षसम्म आयकरमा ५०% छुट पाउने भएकाले बढी प्रतिफल दिनसक्ने ।

७) आईपीओबाट प्राप्त रकममध्ये ४०% ले ऋण भुक्तानी गरी शत प्रतिशत ऋण मुक्त हुने बाँकी रकमले उत्पादन क्षमता दोब्बर गर्ने योजना रहेकोले, यसबाट ४ बर्ष पछि बार्षिक प्रतिफल ७५% भन्दा बढि हुन जाने प्रक्षेपण गरीएको ।

८) आईपीओ जारी पश्चात पहिलो ३ महिना भित्रै १०% बोनस सेयर र २५% नगद लाभांश दिने निश्चित भएकोले सो वापत झण्डै रु १०० प्रति सेयर को आम्दानी तत्कालै हुने ।

९) शेयर धनीले तिरेको रु ६५० प्रिमियम को १५% ले हुन आउने प्रतिसेयर रु ९७/५० कम्पनीको रिजर्भमा रहने भएकोले सो वापत थप बोनस सेयर जारी हुने संभावना रहेको ।

१०) आईसीआरएबाट आईपीओ रेटिङ्ग बीबीबी प्लस पाएकोले कम्पनी लगानी कर्ताको लागि ‍औसत भन्दा बढी राम्रो रहेको । साथै आइसीआरए रेटिङ्ग अनुसार कम्पनीको चुनढुङ्गा तथा ढुवानी को लागत अन्य सिमेन्ट उद्योग
भन्दा कम रहेकोले कम्पनिले बढी प्रतिफल दिन सक्ने ।

११) संस्थागत लगानी कर्ताले रु ७५०/– मुल्य तोकेमा सर्वसाधारणले ७५० मा १०% घटाई अर्थात ७५०–७५=रु ६७५ मा पाउने भएकोले सर्वसाधारण लगानीकर्तालाई सहुलियत भएको ।

१२) कम्पनिले आफ्नो हाल सम्मको रिजर्भ बाट १०% बोनस सेयर र २५% नगद लाभांश दिने भएकोले ,सेयर खरिदको तीन महिना भित्रै लगभग रु १०० बराबरको प्रतिफल प्राप्त हुने । यसरी सर्वसाधारण लगानीकर्ताको सेयर मुल्य ६७५ - १००= रु ५७५ मात्र पर्न जाने ।

१३) २५ बर्ष भन्दा बढी सिमेन्ट उद्योग संचालन गरेको अनुभवी संचालकहरुबाट संचालित उद्योग भएकोले, संचालन लागत न्यून रहेकोले ।

१४) डेनमार्कबाट आयातित अत्याधुनिक भीआरएम प्रविधिबाट सिमेन्ट उत्पादन गर्दा विद्युतमा ३०% वचत हुने तथा कोइला खपतमा २०% सम्म वचत हुने भएकाले लागत कम भई वढी प्रतिफल दिने ।

१५) कम्पनीसँग ९० वर्ष पुग्ने चुनढुङ्गा खानी रहेकोले उत्पादन क्षमता बढाउदै लैजान सजिलो रहेको ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x