×

NMB BANK
NIC ASIA

बाँके र बर्दियामा बाँड्न रासायनिक मलले भरियो गोदाम

फागुन २४, २०७७

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

अन्नको भण्डारका रूपमा रहेका बाँके र बर्दियाका किसानले यस वर्ष पनि धान र गहुँको मौसममा रासायिक मल नपाए पनि अहिले मलले गोदाम भरिएको छ ।
 
धानखेतीका लागि असार साउन र गहँु तथा तोरीखेतीका लागि कात्तिक महिनामा किसानलाई रासायनिक मल आवश्यक पर्छ ।

Muktinath Bank

यस वर्ष धान र गहुँको मौसममा मलको हाहाकार नै भयो । मागकोे करीब ५० प्रतिशत मात्रै मल किसानले बडो मुिस्कलले पाए । मौसमका बेला कृषि सामग्री कम्पनीका गोदाम खाली हुन्थे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यही खाली गोदाम हेरेर किसान निराश भएर फर्कन्थे तर हिजोआज कृषि सामाग्री कम्पनी कर्मचारी मात्रै नभएर कार्यालयमा पुगेका किसान निक्कै उत्साहित र मख्ख छन् । 
 
प्रायः सधैं खाली हुने गोदाम रासायनिक मलले भरिएका छन् । आफ्नो गोदाम भरिएपछि कृषि सामग्री कम्पनीले भाडामा गोदाम लिएर मल राखेको छ । अहिले गोदाममा करीब १ हजार ३०० टन रासायनिक मल मौज्दात छ ।
 
रासायनिक मल पर्याप्त भएपछि कम्पनीले सहकारी संस्थालाई मागेजति दिइरहेको कान्ति पोखरी सहकारी संस्थाका व्यवस्थापक रमजान अलि इद्रिसीले बताए ।  पछिल्ला दिनमा किसानले पशुपालन गर्न छाड्दै गएका कारण कम्पोष्ट मलको प्रयोग घट्दै गएकाले रासायनिक मलप्रतिको निर्भरता बढ्दै गएको छ ।
 
रासायनिक मलको अभावका कारण कृषिउपजको उत्पादनसमेत प्रभावित हुँदै आएको छ । अहिले किसानलाई हिँउदे मकैका लागि मल आवश्यक छ । धान गहुँको मौसममा मलको हाहाकार भए पनि पछिल्ला दिनमा युरिया र डिएपी मल पर्याप्तमात्रामा आइरहेकाले कम्पनीले कृषि सहकारीले मागेअनुसार नै मल वितरण गरिरहेको कृषि सामग्री कम्पनी नेपालगञ्जका प्रबन्धक रमेश पौडेलले बताए । 
 
अहिले आएको मल आगामी वर्षको धानको याममा वितरण गर्ने तयारी कम्पनीको छ । बाँकेका ३६ हजार ५०० हेक्टरमा धानखेती हुन्छ । बाँकेमा धानखेतीका लागि तीन हजार ५०० मेट्रिकटन युरिया, १ हजार ५०० मेट्रिकटन डिएपी र ५० मेट्रिकटन पोटास मल आवश्यक पर्छ ।


Advertisment
Nabil box
Kumari

बाँकेमा करीब १८ हजार हेक्टरमा गहँुखेती हुन्छ । गहुँखेतीका लागि २ हजार ५०० मेट्रिकटन युरिया १ हजार ५०० मेट्रिकटन डीएपी र ५० टन पोटास मल आवश्यक पर्छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x