पद गए पनि अब माओवादीमा फर्किन्नः सांसद न्यौपाने

माओवादी केन्द्रबाट निर्वाचित भएर केपी ओली समूहमा लागेका प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने ‘माधव’ ले आफू अब माओवादी केन्द्रमा नफर्किने बताएका छन् ।

उनले आफू वैचारिक रूपमै (ओली समूह)मा लागेको भन्दै अब सांसद पद गए पनि माओवादीमा नजाने स्पष्ट पारे । 


Advertisement

‘म पद जोगाउन गुट चेन्ज गरेको होइन’ न्यौपानेले लोकान्तरसँग भने, ‘हिजो यहीँ मुखले प्रचण्ड नेपाल समूहको कदम गलत छ भनेर भाषण गर्दै हिडने फेरि, पद जोगाउनका लागि उनै तिर फर्किने ? यो हुन सक्दैन । पद गए पनि म अब माओवादीमा फर्किन्न । पद पाउनको लागि अर्को निर्वाचन पनि आउछ ।’

न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्