३० असार २०८३, मंगलबार

वीरगन्ज तरकारी तथा फलफूल बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

वीरगन्ज तरकारी तथा फलफूल बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

माछापुच्छ्रे बैंकले वीरगन्ज तरकारी तथा फलफूल  बजारमा  क्युआर कोड सेवा संचालनमा ल्याएको छ । एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका निर्देशक डा.राजन कृष्ण पन्त र विरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले संयुक्त रुपमा क्यूआर कोड सेवाको सुरुवात गरेका हुन् ।  

उक्त क्युआर कोड सेवा सुरु भएसँगै वीरगंज तरकारी तथा फलफुल बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु. आर. कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।  


 

salt training

कमेन्ट गर्नुहोस्