×

NIC ASIA

अवैध औषधिपसलमा अनुगमन हुँदै गर्दा जनकपुरमा ‘भुइँचालो’

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
जनकपुरधाम, ११ जेठ – सञ्चालन अनुमति नलिइ लामो समयदेखि सञ्चालनमा ल्याइएका औषधि पसलहरु कारबाहीमा पर्न थालेका छन् । जनकपुरमा अवैधानिक तरिकाले बर्षौं देखि औषधि पसलहरु संचालनमा रहेको भएपनि सम्बन्धित निकायले कारवाही नगरेका कारण अवैध पसलहरुको संख्या बढ्दै गएको थियो ।

औषधि व्यवस्था विभाग विरगञ्ज शाखा कार्यालयबाट फार्मेसी अधिकृत विजय शाह सहित डा.चन्देश्वर यादव, डा. सलिम, दिपेन्द्र साह, समन्तु दास, शिवशंकर ठाकुर सहित ७ सदस्यीय अनुगमन टोलीले धनुषामा अनुगमन गरी कारवाहीको प्रक्रिया अगाडी वढाएको छ ।

गत जेठ २ गतेबाट औषधि पसलहरुमा अनुगमन थालेको उक्त टोलीले जनकपुरमा संचालित ७ वटा औषधि पसलहरुलाई सिलबन्दी गरिदिएको छ । अनुगमन टोली जनकपुरमा आएर अनुगमन थालेकै दिन देखि जनकपुरका अधिकांश अवैध औषधि पसलेहरुले आआफ्नो औषधि पसलहरु बन्द गरेर भागेका छन् । जसकारणले गर्दा अनुगमनमा समेत समस्या उत्पन्न भएको अनुगमन टोलीका इन्चार्ज शाह बताउँछन् ।

जनकपुरको वकिल टोल स्थित कृष्णा मेडिकल हल, अस्पताल रोड स्थित सरिता फार्मेसी, अस्पताल रोडमै विना नामको औषधि पसल, माँ भगवती मेडिकल सेन्टर, मनिष मेडिकल हल, जनकपुरको पुल चौक स्थित गायत्री मेडिकल हल र जनसेवा मेडिकल हलमा अनुगमन टोलीले ताला लगाई सिलबन्दी गरेको छ ।

कृष्णा मेडिकल हलमा प्रतिबन्धित औषधि पाईनुका साथै दर्ता नभएको टोलीले जनाएको छ । सरिता फार्मेसी पनि औषधि व्यवस्था विभागबाट दर्ता नगराई संचालनमा रहेको तथा औषधिहरुको खरिद विक्री तथा वितरणको बिल समेत नभएको भेटिएको छ ।

अस्पताल रोडमा नाम नै नभएको एउटा पसल जसमा अजय यादव भन्ने प्रतिनिधि रहेको औषधि पसलमा दर्ता नभएको तथा कुनै पनि किसिमको कागजात अनुगमनका क्रममा देखाउन नसकेको पाइयो ।

माँ भगवती मेडिकल सेन्टरमा पनि दर्ता अनुमति नरहेको भेटिएको छ । मनिष मेडिकल हलमा अनुगमन गर्दा पसल दर्ता नभएको, केही प्रतिबन्धित औषधिहरु समेत फेला परेको पाइएको छ । शम्भु साहले संचालन गरेको जनसेवा स्वास्तिक क्लिनिकमा त के पाइयो भने पसल दर्ता नगरी संचालनमा थियो भने अर्को तर्फ औषधि पसलमा किराना सामग्रीहरु समेत विक्रि गरेको भेटिएको छ ।

किराना पसल हो कि औषधि पसल छुट्याउनै गाह्रो परेको उक्त पसलमा पनि अनुगमन टोलीले सिलबन्दी गरेको छ । गायत्री मेडिकल हल र जनसेवा मेडिकल हलमा समेत दर्ता प्रमाण पत्र नभएको र प्रतिबन्धित औषधिहरु फेला परेको कारण आठवटै औषधि पसलहरुमा सिलबन्दी गरी कारवाही प्रक्रिया अगाडी वढाइएको फार्मेसी अधिकृत शाहले बताएका छन् ।

अनुगमन टोलीले जनकपुर १६ स्थित श्रीनारायण दास तत्माले संचालन गरेको राम गोविन्द्र मेडिकल हलमा अनुगमन गर्दा जानकी मेडिकल कलेज भित्र रहेको फार्मेसी ठाउँ सारी नगरी संचालन गरेको, नार्कोटिक र साईक्रोटोफिक औषधिहरुको विक्री वितरण गरेको भएपनि त्यसको उचित रेकर्ड नराखेको पाइयो ।

धनुषाको लक्ष्मीपुर गाविस ५ कुम्हरौरामा शिवचन्द्र झाले संचालन गरेको कृष्णा मेडिकल हलमा के देखियो भने एलोपेथिक, आयूर्वेदिकको दर्ता गराएपनि भेटेरिनरीको औषधिहरु पनि संगसँगै राखिएको थियो ।

उक्त पसलमा नार्कोटिक र साईक्रोटोफिक औषधिहरुको विक्री वितरण गरेर रेकर्ड नराखिएको, एबोर्सन किटको रेकर्ड नराखिनुका साथै भ्याक्सिनहरु समेत उचित तापक्रममा संचय नगरेको भेटिएको अनुगमन समितिले जनाएको छ ।

लक्ष्मीपुर बगेवा ७ मा कृष्ण चन्द्र झाले संचालन गरेको केयर मेडिसिनमा व्यवसायी राजेश कुमार झा अनुपस्थित रहेको पाइयो । एकै ठाउँमा भेटनरी, आयूर्वेदिक र एलोपेथिक औषधिहरु संचय गरी बेचेको र दर्ता गरिएको प्रमाण पत्र नविकरण नभएको पाइएको थियो ।

त्यसैगरी लक्ष्मीनिया ७ स्थित डा. जितेन्द्र यादवले संचालन गरेको देव पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टरमा दर्ता नभएको औषधि पसल रहेको र प्रतिनिधिद्वारा पसल संचालन गरेको पाइयो ।

लक्ष्मीनिया ८ मा जगदीश मिश्रले संचालन गरेको मिश्रा मेडिकल फार्मेसी समेत दर्ता नभएको र औषधि विक्री वितरण गरेको पाइयो । जनकपुर ६ मा रामविनय पंडितले संचालन गरेको अमित मेडिकल हल पनि दर्ता नभएको पसलको रुपमा पाइनुका साथै नार्कोटिक एण्ड साइकोटोपिक औषधिहरु विक्री वितरण गरेपनि त्यसको अभिलेख नराखेको भेटिएको छ ।

धनुषाको घोडघास ७ स्थित गंगा प्रसाद मण्डलले संचालन गरेको प्रिन्सी फार्मेसी जनकपुर ४ मा अनुगमन गर्दा म्याद नाघेको केही औषधिको उचित भण्डारण नगरिनुका साथै नार्कोटिक एण्ड साइकोटोपिक औषधिहरु विक्री वितरण गरेपनि त्यसको अभिलेख नराखेको पाइयो । यसका अतिरिक्त उक्त पसलमा प्राइस कन्ट्रोलमा परेको एरिस्टोसिलिन क्याप्सुल संचय गरेको पाइयो । थोक पसलको रुपमा दर्ता प्रमाण पत्र लिएको भएपनि खुद्रा कारोबार गरेको पाइयो ।

महोत्तरी रघुनाथपुर ८ का रामजप्पु यादवले जनकपुर १६ मा संचालन गरेको जनकपुर मेडिकल स्टोरमा औषधि विक्री वितरणको बिल नियमित नदिएको र रेफ्रिजिरेटरमा उचित तापक्रम नभएको पाइएको थियो ।
जनकपुर ६ का वृजमोहन प्रसाद साहले संचालन गरेको हनुमान मेडिकल हलमा लागु तथा मनोट्रिपल औषधिहरु राखेको भएपनि अभिलेख संचालन नगरेको, औषधि विक्री गर्दा ग्राहकलाई विक्री बिल नदिने गरेको पाइएको थियो ।
त्यसैगरी जनकपुर १० का अशोक चौधरीले संचालन गरेको चौधरी मेडिकल हल विना दर्ता कै संचालनमा रहेको पाइयो । लागु तथा मनोट्रिपल औषधिहरु राखेको भएपनि अभिलेख संचालन नगरेको, फुड सप्लीमेन्ट समेत पसलमै संचय गरेर राखेको पाइयो ।

जनकपुर ४ रामनाथ प्रसाद साहले संचालन गरेको माँ सितला मेडिसिनमा पनि औषधि विक्री वितरण गर्दा ग्राहकलाई नियमित बिल नदिएको, सरसफाई गरी तथा स्थानमा औषधि राखि व्यवस्थापन नगरेको पाइएको समितिले जनाएको छ ।

धनुषा गिद्धा ३ का जितनारायण महतोद्वारा जनकपुर ७ अस्पताल रोडमा संचालित भवानी फार्मेसीमा अनुगमन टोलीले अनुगमन गर्दा व्यवसायी अनुपस्थित भएको अवस्थामा औषधि विक्री वितरण गरेको पाइएको थियो । नार्कोटिक औषधिहरुको अभिलेख नराखिएको तथा दर्ता प्रमाण पत्रको नविकरण समेत नभएको पाइएको थियो । त्यसैगरी धनुषा मानसिंह पट्टी ४ का सरुण कुमार यादवले जनकपुर ९ मा संचालन गरेको सुमित फार्मेसीमा समेत व्यवसायी अनुपस्थित रहेको पाइएको छ ।

औषधि पसल व्यवस्थित नदेखिएको, एउटै कोठामा औषधि पसल र ल्याव समेत संचालन गरेको पनि समितिले जनाएको छ । धनुषा विन्धीका उमाशंकर शाहले संचालन गरेको उमा मेडिकल हलमा अनुगमन गर्दा म्याद नाघेका औषधिहरु फेला परेको थियो ।

दर्ता नभएको उक्त पसलले प्रतिबन्धित औषधिहरु संचय गर्नुका साथै रेफ्रिजिरेटरको अवस्था राम्रो नभएको पाइएको थियो । रेफ्रिजिरटरमा जुस, पानी, औषधि सबै एकैसाथ राखेको पाइएको थियो ।

लक्ष्मीपुर बगेवा ५ मा उमेश यादवद्वारा संचालित आरएम मेडिसिन फार्मेसी पसल दर्ता नभएको पाइयो । पसलमा म्याद नाघेको औषधिहरु संचय गरिनुका साथै पसलमा औषधि विक्री गर्न राखिएको प्रतिनिधिलाई औषधि सम्बन्धि केही पनि ज्ञान नभएको पाइएको छ ।

लागु औषधिको बिल नभएको पनि भेटिएको छ । लक्ष्मीपुर बगेवा ९ का रामचन्द्र यादवद्वारा जनकपुर २५ मा संचालित नरेन्द्र मेडिकल हलमा अनुगमन टोलीले अनुगमन गर्दा एलोपेथिक पसलको रुपमा दर्ता अनुमति प्रमाण पत्र रहेको भएपनि उक्त पसलमा भेटनरीको औषधिहरु पनि सँगै राखेर संचय गरी विक्री वितरण गरेको पाइएको छ । यसका अतिरिक्त उक्त पसलले ग्राहकहरुलाई औषधि विक्री वितरण गर्दा विक्री बिल समेत नदिने गरेको पाइयो ।
श्याम सर्जिकलमा अनुगमन गर्दा केही मात्रामा विना बिलकै रियल डिन नामका औषधिहरु पाइयो । मुख्य कुरा के थियो भने ती औषधिहरुको मुल्य दर मार्करले मेटिएको पाइएको थियो ।
जानकी आँखा अस्पताल रोडमा चश्मा पसलहरुमा समेत औषधि राखेर विक्री वितरण गरेको पाइएको थियो । राम मन्दिरको पछाडी रहेका आयूर्वेदिक पसलहरुमा औषधिहरु बाहेक पतंजलीका खाद्य बस्तुहरु विस्कुट, पिठो, साबुन, सेम्पु लगायतका सामग्रीहरु विक्री वितरण गरेको पाइएको थियो ।

स्वस्तिक ओम आयूर्वेदिक फार्मेसी स्वस्तिक प्रसाद पोखरेलको नाउँमा आयूर्वेदिक औषधि पसल संचालन गर्ने दर्ता प्रमाण पत्र रहेकोमा एलोपेथिक औषधिहरु समेत बेच्ने गरेको पाइयो ।

अनुगमन गर्दा नेपालमा प्रतिबन्धित रहेको सेट्रिजिन ट्यावलेट, पोरस जिवन, जेनेभ्रा १०० एमजी, पोलोबेट जिएम लगायतका औषधिहरु कतिपय औषधि पसलमा र्याकमा डिसप्लेमा राखेर विक्री गरेको पाइयो ।

यसका अतिरिक्त अधिकांश औषधि पसलहरुमा सरसफाईको अभाव, खानेकुराहरु पनि औषधि पसल र रेफ्रिजिरेटरमा पाइनुका साथै कुनै पनि औषधि पसलहरुमा डस्टविन समेत नपाइएको अनुगमन टोलीका सदस्य डा यादवले बताएका छन् ।

कस्तो कारवाही हुने ?

औषधि ऐनमा व्यवस्था भए अनुसार औषधिको विक्री वितरण गर्ने व्यक्तिले आफ्नो नाम र पसल वा फर्म औषधि व्यवस्था विभागमा तोकिए बमोजिम दर्ता गराई तोकिएको दस्तुर तिरी प्रमाण पत्र लिनु पर्छ ।

प्रमाण पत्र लिएको व्यक्तिले मात्र दर्ता भएको औषधि विक्री वितरण गर्नुपर्छ । सुरुमा पाएको दर्ता प्रमाण पत्रको अवधि २ बर्षसम्म मात्र रहन्छ । म्याद नाघेको ३५ दिन भित्र प्रमाण पत्रको तोकिएको दस्तुर तिरी प्रत्येक बर्षको लागि नविकरण गराउनुपर्ने कानुनी बाध्यता रहेको छ । नविकरण नगराएको प्रमाण पत्र स्वतः रद्द हुने नियममा उल्लेख गरिएको छ ।

विभिन्न समुह वा उपसमुहमा विभाजन गरिएका औषधि चिकित्सकको प्रेस्कृप्सन विना कसैले औषधि विक्री वितरण गर्नु हुँदैन । त्यस्तो औषधि चिकित्सकको पे्रस्कृप्सन बमोजिम विक्री वितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायी आफैले विक्री वितरण गर्नुपर्ने हुन्छ ।

व्यवसायी बाहेक अरुले त्यस्तो औषधि विक्री वितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायकको वा व्यवसायीको उपस्थिती अनिवार्य हुनुपर्दछ । तर, कानुनमा ती प्रावधानहरु हुँदा हुँदै जनकपुरमा दर्ता नभएका औषधि पसलेहरुले औषधि विक्री वितरण गर्दै आएका थिए ।

अहिले सिलबन्दी गरिएका पसलहरुलाई औषधि ऐन बमोजिम पसल बन्द गरिएको र दर्ता प्रमाण पत्र लिए औषधि पसल संचालन गर्न सकिने अन्यथा ती सबै औषधिहरु जफत गरिने अनुगमन टोलीका इन्चार्ज शाहले बताएका छन् ।

यसका अतिरिक्त आफैले पसल बन्द गरेर भागेका पसलेहरुको समेत सूची बनाई ऐन बमोजिम कारवाही प्रक्रिया अगाडी वढाउने शाहले बताएका छन् ।

अनुगमनको साइड इफेक्ट

अनुगमनका कारण अधिकांश अवैध औषधि पसलहरु बन्द भएपछि अत्यावश्यक औषधिहरुको बजारमा अभाव देखिएको छ । खास गरेर औषधि व्यवस्था विभागमा दर्ता नभएको औषधिहरु पनि त्यस्ता पसलहरुमा खुलेयाम विक्री वितरण भइरहेको थियो ।

तर, अहिले ती पसलहरु बन्द भएपछि अत्यावश्यक लाईफ सेभिङ् ड्रग्सहरुको अभाव भएपछि रोगीहरु मर्कामा पर्न थालेका छन् । जस्तै इपिलेप्सी रोगीका लागि आवश्यक पर्ने औषधिहरु गार्डिनल एम्पुल, एस्टेमेटिल एम्पुल, एट्रोपेन औषधिहरु अहिले उपलब्ध हुन सकिरहेको छैन ।

ती औषधिहरु नेपालमा प्रतिबन्धित रहेपनि भारतबाट किनेर ल्याइएका वा तस्करी गरी ल्याइएका ती औषधिहरु व्ल्याकमा जनकपुरमा विक्री हुने गथर््यो । २५ रुपैयाँ भारतीय मुल्यमा पाइने त्यस्ता औषधि जनकपुरमा ५ सय देखि १ हजार रुपैयाँ सम्ममा विक्री हुने गर्दथ्यो ।

जीवन रक्षाका लागि ती औषधिहरु आवश्यक रहेका कारण रोगीहरु महँगो मुल्यमा किन्न बाध्य रहेपनि अहिले ती औषधिहरु उपलब्ध नहुँदा रोगीहरु अलपत्र परेका छन् ।

जनकपुर आसपासका मानिसहरु प्रायः भारतमा गएर उपचार गराउँछन् । भारतमा उपचार गर्ने चिकित्सकले भारतीय कम्पनीका औषधिहरु लेख्ने गर्छन् । ती रोगी फर्केपछि आफ्नो डोज अनुसार औषधि जनकपुरको औषधि पसलहरुमा किन्न जाने कारण औषधि व्यवसायीहरुले ग्राहकहरुको अनुरोधमा नेपालमा दर्ता नभएका औषधिहरु ल्याई महँगो मुल्यमा बेचिरहेका हुन्छन् । ग्राहकहरु पनि आफ्नो सहजताका लागि चर्को मुल्य तिर्न पनि सहमत भएका हुन्छन् ।

जनकपुर अञ्चल औषधि व्यवसायी संघका अनुसार धनुषामा १ सय ९५, महोत्तरीमा १ सय, सिन्धुली र सर्लाहीमा १ सय ७३ गरी करिब ५ सय जति औषधि पसलहरु औषधि व्यवस्था विभागबाट औषधि पसल संचालन गर्न दर्ता प्रमाण पत्र लिएको अभिलेख रहेको छ ।

संघका महासचिव प्रमोद अग्रवालका अनुसार जनकपुर अञ्चलमा करिब १५ सय देखि २ हजार सम्मको संख्यामा विना दर्ता औषधि पसलहरु अवैध रुपमा संचालित छन् । अनुगमन टोलीले अनुगमन गरी अवैध औषधि पसलहरुलाई कारवाहीको दायरामा ल्याउनु सराहनिय काम भएपनि अवैध पसलेहरुलाई दर्ता प्राप्तिका लागि अवसर समेत प्रदान गरी व्यवस्थित गरिनुपर्ने अग्रवाल बताउँछन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x