×

NMB BANK
NIC ASIA

सेनाको राष्ट्रिय च्याम्पियन छवि थप उजागर

चैत २६, २०७७

NTC
Premier Steels

त्रिभुवन आर्मी फुटबल क्लबले एक पटक फेरि सङ्गठनको साखसँगै मुलुकको इज्जत बढाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको एएफसी कप–२०२१ खेलमा सेनाले श्रीलङ्का पुलिस स्पोर्ट्स क्लबलाई १ का विरुद्ध ५ गोलले पराजित गरेको छ ।

Muktinath Bank

सेनालाई विजय तुल्याउन  नवयुग श्रेष्ठले २ दुई तथा सन्तोष तामाङ, टङ्कबहादुर बस्नेत र सुदिल राईको एक– एक गोलको योगदान रह्यो । उक्त विजयसँगै सेनाको टीम दोस्रो चरणमा प्रवेश गरेको छ । नेपालको लगातार दबाबका बावजुद श्रीलङ्का पुलिस स्पोर्ट्सका इभान्सले  खेलको २८ औँ मिनेटमा गोल गर्दै श्रीलङ्का पुलिसलाई शुरुआती अग्रता दिलाए पनि त्यो उसका लागि क्षणिक खुशी  रहन पुग्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 सेनाका सन्तोष तामाङले ४१ औँ मिनेटमा गरेको गोलले निकै वाहीवाही पायो । त्यसको दुई मिनेटमै अर्थात खेलको ४३ औँ मिनेटमा नवयुग श्रेष्ठको गोलले नेपालाई सहजै अग्रता दिलायो ।


Advertisment
Nabil box
Kumari

    खेलको ५० औँ मिनेटमा टङ्क बस्नेतले गरेको गोलले नेपाललाई सशक्त फुटबल खेलाडी उत्पादन गरिरहेको मुलुकका रूपमा परिचित गरायो । एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि सेनाको टिम पहिलो पटक प्रतियोगितामा सहभागी भएको हो । प्रतियोगिताको ८३ औँ मिनेटमा सुदिल राईले गरेको गोलले नेपाललाई ४–१ को अग्रता दिलायो । इन्जुरी समयमा नवयुगको दोस्रो गोलसँगै सेनाले ५–१ को फराकिलो अन्तरको जित हात पार्न सफल भयो ।

Vianet communication

     एशियन फुटबल कन्फेडेरेसन (एएफसी) को कार्यक्रमअनुसार त्रिभुवन आर्मी फुटबल क्लबको आयोजनामा उक्त एएफसी कप–२०२१ भएको हो । दर्शकको  बाक्लो उपस्थिति रहेको उक्त खेलले विभागीय टोलीका रूपमा रहेको सेनाको खेलकुद क्षेत्रको च्याम्पियनको छविलाई थप उजागर गरेको छ । नेपालले दोस्रो चरणमा भारतको बेङ्गलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त प्रतियोगिता वैशाख १ गते हुँदैछ ।

    विजय प्राप्त गरेपछि त्रिभुवन आर्मी क्लबका मुख्य प्रशिक्षक नवीन न्यौपानेले  दोस्रो चरण प्रवेश गर्ने टिमको पहिलो लक्ष्य पूरा भएको प्रतिक्रिया दिए । पछिल्ला वर्षमा खेलकुद क्षेत्रमा सेनाले उल्लेखनीय सफलता हासिल गरिरहेको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेना राष्ट्रिय च्याम्पियन बनेको थियो । दक्षिण एशियाली केलकुद (साग) मा १७९ सैनिक खेलाडीका सहभागी भएको सेनाले नेपालको खेलकुदको छविलाई विश्व समुदायमा उजागर गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x