×

NMB BANK
NIC ASIA

रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘राजनीतिसँगै राजकाज’

चैत २८, २०७७

NTC
Premier Steels

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक, ‘राजनीतिसँगै राजकाज’ लोकार्पण गरिएको छ ।
नयाँ बानेश्वरस्थित काठमाडौं ब्याङ्क्वेटमा शनिबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्थशास्त्री स्वर्णिम वाग्ले र लेखक मिश्रसँग पत्रकार समा थापाले ‘राजकाज संवाद’समेत गरिन् । सोही अवसरमा वक्ताहरूले पुस्तक लोकार्पण गरेका हुन् ।
मिश्रको यो पुस्तक नेपालको दूरदृष्टिपूर्ण रूपान्तरण तथा राजनीतिक नेतृत्वमा चासो हुने सबैले पढ्नैपर्ने किसिमको रहेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् यूएनडीपी मुख्यालय, न्युयोर्कमा वरिष्ठ सल्लाहकार रहेका अर्थशास्त्री डा. वाग्लेले बताए । ‘नेपालका लागि उदार कल्याणकारी राज्य, गतिशील निजी क्षेत्र र समतामूलक समृद्धिबीचको अकाट्य सम्बन्धको गहकिलो अर्थ–राजनीतिक दस्तावेज पनि हो, यो पुस्तक,’ उनले भने । यसले समाजलाई समृद्धिको बाटोमा अघि बढ्न मार्गनिर्देश गर्ने उनको भनाइ छ ।
संवादका अवसरमा पूर्वप्रधानमन्त्री भट्टराईले पुस्तकले उठाएको कल्याणकारी लोकतन्त्रको अवधारणा नेपाल जस्ता मुलुकका लागि उपयोगी रहेको बताए । साथै लोकतन्त्र प्राप्तिका लागि संघर्ष एवम् योगदान गरेकाहरूले दिगो नेतृत्व गरेर नेपाललाई समृद्धिको बाटोमा अघि लैजान सकिने उनको भनाइ छ । ‘नेपालको विकास गर्न एकदुई विद्वान्ले यसो गरौं र उसो गरौं भनेर दिएको सुझावभन्दा पनि यहाँको वास्तविक धरातल बुझेर, यहीँका मानिसलाई सहभागी गराएर, लोकतन्त्रदेखि गणतन्त्रसम्मको आन्दोलनमा सहभागी सबै वर्ग, क्षेत्र अनि जातजातिका व्यक्तिको सहभागिता आवश्यक छ,’ उनले भने, ‘यसो हुन सक्यो भने मात्र देशको सर्वाङ्गीण विकास हुन सक्छ ।’
कार्यक्रममा लेखक मिश्रले नेपालमा राजनीति गर्ने धेरै रहे पनि राजकाजका सन्दर्भमा सबै चुकेको धारणा राखे । नेपालका नेताहरूमा दूरदृष्टि र विकासचेत नभएसम्म यहाँको विकास नहुने उनले बताए । ‘हामीले राजनीति धेरै ग¥यौं । तर राजकाजमा सधैं चुक्यौं,’ उनले भने, ‘अहिलेको नेतृत्व इमानदार, क्षमतावान् र दूरदृष्टिपूर्ण विचार राख्ने नभएसम्म देशको विकास हुन सक्दैन ।’ आफूले यिनै विषयमा जोड दिएर पुस्तक लेखेको उनको भनाइ छ ।
‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई मूल निबन्ध बनाई त्यसैको सेरोफेरोमा शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्र, सुशासन, नेतृत्व, राजनीति, राजकाज र समाजका विविध आयाममाथि विश्लेषण गरिएका ३८ ओटा स्तम्भ–निबन्धहरूको सङ्ग्रह हो, ‘राजनीतिसँगै राजकाज’ ।
फाइनप्रिन्टले प्रकाशन गरेको लागेको पुस्तकबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व (रोयल्टी) लेखक मिश्रले विवेकशील साझा पार्टीलाई प्रदान गर्ने बताएका छन् ।

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x