राजनीतिक गतिरोध लम्बिनुमा ओलीलाई मात्र आरोप लगाएर पुग्दैन– दीपकुमार उपाध्याय [अन्तर्वार्ता]

'अर्ली-इलेक्सनबाहेक अर्को निकास देखिँदैन'

सुशील पन्त
सुशील पन्त

लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् । 

प्रतिनिधि सभा पुनःस्थापना भएको दुई महिना बितिसक्दा समेत मुलुकले राजनीतिक निकास पाउन सकेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कुरा गरे पनि त्यसमा खासै प्रगति भएको छैन । 


Advertisement

नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय राजनीतिक गतिरोध लम्बिनुमा प्रधानमन्त्री ओलीको मात्र दोष नरहेको बताउँछन् ।

लोकान्तर डट्कमसँगको अन्तर्वार्ताको क्रममा नेता उपाध्यायले वैकल्पिक सरकार दिन नसक्नुमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि दोष रहेको बताएका हुन् । 

परिस्थिति परिपक्व नभई कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको निर्णय किन गर्‍यो ? मधेशकेन्द्रित दल जसपालाई कांग्रेसले किन विश्वासमा लिन सकेन ? अहिले देखिएको राजनीतिक गतिरोधको निकास के हुनसक्छ ? चर्चामा रहेको अर्ली इलेक्सनका परिवेश तयार भएको छ ? यी लगायत समसामयिक विषयमा कांग्रेस नेता एवं भारतका लागि नेपाली पूर्व राजदूत उपाध्यायसँग गरिएको कुराकानी हेर्नुहोस्, भिडियोमा :

सुशील पन्त
सुशील पन्त

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्