×

भारतमा कोरोनाको दोस्रो लहर : सरकारप्रति जनताको मोहभंग ?

बैशाख १३, २०७८

भारतले बेलायती साम्राज्यबाट स्वतन्त्रता पाएयताकै सबभन्दा ठूलो संकट अहिले खेप्नु परिरहेको छ । दिनहुँ हजारौं मानिस ज्यानमारा भाइरसबाट आक्रान्त भइरहेका छन् अनि अस्पतालका आकस्मिक कक्ष, घर तथा शवदाह गृहहरूमा मानिसको पीडाव्यथा छचल्किएको छ । 

अहिलेको राष्ट्रिय प्राथमिकता एउटै छ । कोरोनाको दोस्रो लहरलाई परास्त गर्नका लागि सबै आवश्यक स्वास्थ्य सेवा तथा स्रोत उपयोग गर्ने, संक्रमणको शृंखला तोड्ने, सकेसम्म छिटो सबैलाई खोप लगाउने र पीडामा रहेका सबै परिवारलाई राहत सुनिश्चित गर्ने । 


Advertisment

अरू कुरा हुँदै गर्छन् । तर यस्तो परिवर्तनकारी क्षणका राजनीतिक परिणाम त पक्कै आउनेछन् । 


Advertisment

प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताका कारण केन्द्र सरकारसँग अपार शक्ति छ । तर कोभिडको दोस्रो लहरले राजनीतिक परिवर्तन ल्याउन सक्छ । 

अहिलेको जस्तो संकट आउला भनी कुनै पनि सरकारले कल्पना गरेको थिएन । अहिले त दिनको ३ लाख ५० हजारसम्म केसहरू देखिएका छन् । अमेरिका जस्तो उम्दा स्रोत भएको, थप राम्रो वैज्ञानिक संरचना भएको र विकसित स्वास्थ्य प्रणाली भएको मुलुकमा पनि महामारीका विभिन्न लहर आए । त्यहाँ द्रुत गतिमा खोप लगाएर महामारीमाथि केही भए पनि नियन्त्रण गरिएको छ ।

यो सन्दर्भ महत्त्वपूर्ण भए पनि ऐतिहासिक प्रवृत्ति पनि हेरिनुपर्थ्यो । एक शताब्दीअघिको स्पेनी फ्लुमा पहिलोभन्दा दोस्रो लहर बढी खतरनाक थियो । त्यसमाथि अहिलेको भाइरस पूर्वानुमान गर्न नसकिने किसिमको छ । यसले गर्दा भारत थप सतर्क र कम आत्ममुग्ध हुनुपर्थ्यो ।

अहिलेको संकट तीनवटा राजनीतिक कारणले गर्दा पनि भिन्न छ । 

पहिलो, महामारी भारतको अभिजात वर्ग अर्थात् उच्चमध्यमवर्ग, मध्यमवर्ग र नवमध्यमवर्गको घरमा आइपुगेको छ । भारतीय जनता पार्टीले लुट्येन्स अभिजातलाई नगन्ने भए पनि दिल्लीको त्यो सानो समूहभन्दा बाहेक शहरी भारतमा ठूलो तप्काका भारतीयहरू राजनीति निर्धारण गर्न प्रमुख भूमिका खेल्छन् । 

अहिले मध्यमवर्गीय मानिसलाई ठूलो असर परेको छ । उनीहरू संकटका माझ बाँच्न बाध्य छन् र आधिकारिक दाबीसँग उनीहरूको अनुभव मेल खाँदैन । अरू कुरामा दोष थोपर्न पनि मिल्दैन यद्यपि भाजपाले त्यसको कोशिश गरिरहेको छ । 

दोस्रो, नागरिकहरूले आफ्नो पीडालाई आक्रोशका रूपमा अभिव्यक्त गरिरहेका छन् । राज्य सरकारका साथै केन्द्र सरकारलाई पनि उनीहरूले तारो बनाइरहेका छन् । पोहोर साल नागरिकहरूले सरकारलाई शंकाको लाभ दिएका थिए किनकि त्यो नयाँ रोग थियो अनि राज्यप्रति सहानुभूति थियो । र महामारीलाई रोक्न सक्ने कुनै तागत छैन भन्ने सोच थियो । 

नागरिकहरू लकडाउनमा बस्न तथा आर्थिक अवसरबाट वञ्चित हुन बाध्य हुँदा पनि सहेकै थिए । सरकारले थप राम्रो तयारी गर्ला भन्ने आशामा उनीहरूले यसो गरेका थिए । 

यो वर्ष जनताको सहानुभूति खासै छैन । सरकारले स्वास्थ्य संरचनामा प्रगति भएको भनी गरेको दाबीलाई शंकाको दृष्टिले हेरिएको छ । नागरिकहरूका लागि अहिले चरम अभावको युग हो भन्ने परेको छ । राज्य कमजोर रहेको अनुभव हुन थालेको छ । अक्सिजनको अभावमा छटपटाइरहेका मानिसलाई सुविधा दिन पनि नसक्ने राज्य भन्ने धारणा नागरिकले बनाउन थालेका छन् । 

पश्चिम बंगालमा चुनावी सभा र कुम्भमेलाका लागि अनुमति दिएर कोभिड संक्रमणमा वृद्धिको अवसर राज्यले दियो । अहिले सबैतिर एउटै प्रश्न छ– सरकारले यो लहरका लागि राम्रो तयारी गर्नका लागि एक वर्षको समय थियो त ?

यस संकटले भारत कमजोर भएको सन्देश पनि गयो । भारत एक उदीयमान शक्ति हो र संसारले उसलाई सम्मान गर्छ भन्ने धारणामा पनि आघात पुगेको छ । संकटबाट पार पाउन उसले जसरी भए पनि बाहिरको सहयोग आवश्यक रहेको देखिएपछि यस्तो सोच आउनु स्वाभाविक हो । 

तेस्रो, यस दोस्रो लहरले आर्थिक संकटलाई गहिरो बनाउनेछ । पोहोर साल लकडाउनबाट पुनरुत्थान हुँदा कर्पोरेट जगत त आफ्नै गोडामा उभिन सफल भएको थियो र बजारहरू पनि जागेका थिए । तर गरीबगुरुवाको पीडा कायम थियो र असमानता बढिरहेको थियो । यसपालि धनी र गरीब दुवैलाई गम्भीर असर पर्ने देखिएको छ । 

यसपालि अर्थतन्त्रमा ठूलो प्रगति हुने आशा तुहिएको छ, शहरबाट गाउँतर्फ मानिसहरू फर्किन थालेका छन्, कारखाना बन्द हुन थालेका छन्, माग स्वाट्टै घटेको छ, आपूर्ति शृंखलाहरू भग्न भएका छन् र आर्थिक संकक फर्केर आएको छ । आय घट्दा अनि खर्चमा वृद्धि हुँदा नागरिकहरूले सरकारलाई शंकाको लाभ दिइरहन्छन् भन्ने छैन । 

भाजपाले चुनाव हार्छ भन्ने यसको अर्थ हैन । पश्चिम बंगालमा भाजपाले जित्न सक्छ । अनि अबको तीन वर्षमा अहिलेको जस्तै गरी जनतामा सरकारप्रतिको आक्रोश कायम रहन्छ भन्ने पनि छैन । 

तर केन्द्र सरकारले काम गर्न सक्ने क्षमताका विषयमा नागरिकहरूमाझ गहिरो अविश्वास र आशंका जन्मिन थालेको छ । सरकारप्रतिको ममता हराउन थालेको छ । कोरोनाको दोस्रो लहरको राजनीतिक विरासत शायद यही हुनेछ ।
हिन्दुस्तान टाइम्समा प्रकाशित चाणक्यको विश्लेषण

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x